ईमान्दार असल लोग्ने को खोजीमा छु….. कोही छ ?

म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती, हाम्रा दुई छोराछोरी सानो सुखी परिवार । काठमाडौँमा एउटा पुस्तेनी घर थियो । हाम्रो भागमा तीन कोठा लाग्यो । हामीलाई बस्न तीन कोठा नै हामीलाई प्रर्याप्त थियो ।

घर भाडा तिर्नु नपर्नेभएकाले हामी दुई बूढाबूढीको कमाइले हामीलाई छेलोखेलो थियो । एक दिन श्रीमान्ले केके सुनेर आउनुभयो, अनायस नै राती इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त मेरा श्रीमान्ले सँधैँजसो केही न केही इजरायलका बारेमा नयाँ कुरा ल्याएर मलाई दिनहुँ जसो सुनाउने गर्न थाल्नुभयो । एक दिन मैले झर्को मान्दै भने, हामीलाई के काम इजरायलको गफ । न जाने गाउँको बाटै नसोध्नू ।

किन र तिमी पनि जाऊ न इजरायल ! अब त केटाकेटी पनि ठूला हुँदै गए, भोलि उनीहरूको उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ तन्किने होइन, बरु म यहाँ केटाकेटी स्याहारेर बस्छु, तिमी जाऊ इजरायल र हाम्रो पनि आर्थिक हैसियत अलि उकासौँ । किन नजाने गाउँको बाटै नसोध्नू भन्छ्यौ । हामीले कहिले आफ्नो घर बनाउने ।

भोली २०७७ साल फागुन २९ गते शनिवार हेर्नुहोस भोलीको राशिफल राशिअनुसार तपाईंको भाग्य पनि

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

आँटेको काम पुरा हुनेछैन् । परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।

वृष (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)

धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ । नोकरी,व्यवसाय र अध्ययनको मार्ग शुभ रहेको छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)

मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्नेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु वन्नेछन् ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)

स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । पढाइमा राम्रो सफलता मल्निेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेको छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार वढनाले दुराचारको भावना जाग्रित हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)

मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन्,नैराश्यता उत्पन्न हुने छ । अध्ययनमा रुचि घट्ने छ । शत्रुपक्ष वलवान हुनेछन ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)

उत्तम वस्त्र प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेकोछ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)

स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यकरुपमा वादविवाद तथा झगडा हुन सक्ने छ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउने छ । पापकर्ममा मन जानेछ । नोकरी तथा व्यापारमा समस्या आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)

धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । प्रेमिल दिन व्यतित हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)

साथिभाइसंग रमाइलो गरि दिन वित्नेछ । व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)

मेकाम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुनेछैन । मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।

अभिनेत्री मनिषाले भनेकी थिइन् सम्बन्धविच्छेदबारे– ‘मेरो भाग्यमा कुनै पुरुषको प्रेम छैन’

हरेक व्यक्तिले आफ्नो सुखी वैवाहिक जीवनको कल्पना गर्ने गर्छन् । विवाह अघि कसैलाई पनि थाहा हुँदैन कि उनीहरुको सम्बन्ध कति दिन, कति महिना वा कति वर्षसम्म चल्दैछ । दुई व्यक्ति जब सँगै हुन्छन् तब उनीहरुले आफ्नो जीवन रथलाई सही तरिकाले चलाउने कोसिस गर्ने गर्छन् । तर रथ जहिले पनि सन्तुलित तरिकाले चल्छ भन्ने ग्यारेन्टी हुँदैन ।

सुरुवातमा जो पार्टनर राम्रो लाग्छ, उसँग समस्याको सिलसिला त्यतिबेला सुरु हुन थाल्छ जब गृहस्थ जीवनका जिम्मेवारीले आफ्नो खुट्टा पसार्न थाल्छ । त्यतिबेला मानिसहरुलाई लाग्छ कि उनीहरु विवाहित जीवनका लागि बनेका होइनन् । ९० की दशककी बलिउडकी निकै चर्चित अभिनेत्री मनिषा कोइराला पनि ती मध्ये एक हुन् जसको वैवाहिक सम्बन्ध टुटेको छ । उनले आफ्नो मनको ढोकालाई यसरी बन्द गरिदिएकी छिन् कि उनी अहिले पनि एक्लो जीवन बाँचिरहेकी छिन् ।

मनिषा कोइरालाले सन् २०१० जून १९ मा नेपालका व्यापारी सम्राट दाहालसँग विवाह गरेकी थिइन् । उनीहरुको विवाह दुई वर्ष पनि टिक्न सकेन । विवाहको केही समयपछि नै मनिषा र उनका श्रीमान्को खटपट हुन थालेको थियो । विवाहको ६ महिनापछि नै मनिषाले सोसल नेटवर्किङ साइट फेसबुकमा उनको सबैभन्दा ठूलो दुश्मन उनका श्रीमान् भएको र आफू उनीसँग बस्न नचाहेको लेखेकी थिइन् । यतिमात्रै होइन, दुई वर्षको विवाहमा उनीहरुबीचको मतभेद यदि बढ्यो कि उनीहरुले तत्काल आफ्नो विवाह समाप्त गर्ने बारे निर्णय गरे ।

यद्यपि, आफ्नो टुटेको विवाहमा मनिषाले एक अन्तरवार्तामा सम्बन्धविच्छेदका लागि उनी आफू नै जिम्मेवार भएको बताएकी छिन् ।
‘मेरो भाग्यमा कुनै पुरुषको प्रेम छैन’

आफ्नो सम्बन्धविच्छेदबारे कुरा गर्दै मनिषाले भनेकी थिइन्, ‘मेरो विवाहको विषयमा भिन्न विचार थियो । म विवाह गर्न चाहन्थेँ र विवाहित जीवनमा रहँदा मलाई थाहा भयो कि म यसका लागि बनेकी होइन । यदि तपाईं एक खराब सम्बन्धमा हुनुहुन्छ भने तपाईं अलग्गिनु नै राम्रो हुन्छ । मेरो मनमा सम्राटप्रति कुनै तित्तता छैन । म हतारमा विवाह गरेकोमा आफैंलाई जिम्मेवार मान्छु । यो पूर्ण रुपमा मेरो गल्ती हो ।’

यतिमात्रै होइन, सन् २०१२ मा सम्बन्धविच्छेद पछि मनिषाको स्वास्थ्य लगातार खस्कन थालेको थियो । पछि उनलाई क्यान्सर भएको पत्ता लाग्यो । यद्यपि, उपचारपश्चात् मनिषा पूर्ण रुपमा ठिक भइसकेकी छिन् । तर विवाह टुटेपनि उनलाई यसले पूर्ण रुपमा छोड्न सकेको छैन । उनले एकपटक भनेकी थिइन्, ‘मेरो विवाह टुट्दा म पूर्ण रुपमा टुटेकी थिएँ । त्यसपछि मलाई क्यान्सर भएको थाहा भयो । प्रेम मेरो भाग्यमा छैन । कुनै गलत सम्बन्धमा हुनुको साटो यो तितो सत्यलाई स्विकार गरुँ ।’

‘म अब कुनै पनि व्यक्तिलाई आफूलाई दुःखी गर्नका लागि अनुमति दिने छैन ।’