मात्र 99 हजारमा 19 मोडेल को यमहा इस्कुटर

दाङ मा तु यमाहाको इस्कुटर बिक्रीमा छ मुल्य रु मात्र 99 हजार हो इन्सुरेन्स सबै को ब्यबस्था छ र बिदेश जानू पर्ने भएको ले तु बेच्न लाको र पास खर्च हजुरको लाग्ने छ र इस्कुटर 125 सि.सि को यकदम फेरेस छ राम्रो छ one हेन्ड हो र तु बेच्नु पर्ने भएको ले बेच्न लाको हो र यकदम सस्टा बाईक इस्कुटर कार किनु परेमा हामिलाई सम्झनुहोस हाम्रो रिकन्डिसन मा सबै सेवा उपलब्ध भएको जानकारी गाराईन्छ इस्कुटर मात्र 40 हजार देखि माथी तिरको पाईन्छ र गाडी पनि हामी सग उपलब्ध छ र बाईक हरु हेरि हेरि छ्न 40 हजार देखि लगेर पल्सर डुक Fz ra v3 जिक्सर जुन साहियनी हामी सग छन र इसकुटर ले राम्रो तेलको माईलेज दिन्छु । इस्कुटर राम्रो छ ढुक्क भएर किन्दा हुन्छ र चाहिएको ले sms गर्नुहोला inbox मा फोन उठाउने टाईम हुदैन या हाम्रो सेकेन्ड बाईक बिक्री बितरण मा आयर सोधनुहोस ।

मैले ‘महानायिका’ स्विकारेँ’ करिश्मा भन्छिन्–‘लैंगिक समानताका लागि

सन् २०१४ मा नायिका करिश्मा मानन्धरलाई नेपाल चलचित्र प्राविधिक संघले हङकङमा आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा ‘सदाबहार नायिका’को उपाधि दियो । करिश्मालाई ‘सदाबहार नायिका’को उपाधि दिनु भन्दा केही बर्ष अगाडि प्राविधिक संघले नै नायक राजेश हमाललाई ‘महानायक’को उपाधि दिएको थियो ।

उसो त, करिश्मालाई नेफ्टाले ‘सदाबहार नायिका’को उपाधि नदिदा पनि दर्शक तथा मिडियाले उनलाई ‘सदाबहार नायिका’ नै भन्दै आएका थिए । यसपछि, भने उनको नामको अगाडि यो ट्याग अझै विशेष तरिकाले प्रयोग गर्न थालिएको हो ।

उनै, करिश्मालाई केही दिन अगाडि काठमाण्डौमा आयोजना भएको कार्यक्रममा आर.के इन्टरटेन्मेन्ट नामक एक संस्थाले ‘महानायिका’को उपाधि दियो । करिश्माले दुबोको माला लगाएरै सम्मान ग्रहण गरिन् । यसपछि भने करिश्मालाई दिइएको यो उपाधिमाथि प्रश्न चिन्ह पनि उठ्न थालेको छ ।

के करिश्मालाई उपाधिको आवश्यकता छ ? के करिश्मा मानन्धर आफैमा ब्रान्ड होइनन् ? उनी आफूलाई ‘महानायिका वा सदाबहार नायिका’मध्ये के भन्न चाहन्छिन् ?

१. तपाइलाई सन् २०१४ मा चलचित्र प्राविधिक संघले ‘सदाबहार नायिका’को उपाधि दिएको थियो । फेरि, तपाइले केही दिन अगाडि मात्र ‘महानायिका’को उपाधि पनि ग्रहण गर्नु भयो ? अब तपाइलाई ‘महानायिका वा सदाबहार नायिका’ के भन्ने त ?

मैले यो बिषयमा बोल्न चाहेको थिइनँ । कुनै संघ संस्था भनेको केही जनताको समुह हो । केही समुहले मलाई केही देख्ला, अर्कोले अर्कै देख्ला । मैले ‘नाई’ भन्न मिल्दैन । प्राविधिक संघले मलाई दिएको ‘सदाबहार नायिका’को उपाधि पनि मैले ‘नाई’ भन्न मिल्थ्यो होला । तर, उनीहरुले मलाई यही नै देखे र दिए । उसो त, ‘सदाबहार’ भन्ने त केही पनि छैन । तर, पनि मैले लिएँ ।

अब, मलाई ‘महानायिका’को उपाधि दिइएको छ । यो पनि मैले स्विकार गरेँ । जतिबेला राजेश हमाललाई ‘महानायक’को उपाधि दिइएको थियो सोही समयमा कुनै एक जना नायिकालाई ‘महानायिका’को उपाधि दिनुपथ्र्यो । यसो हुँदा लैंगिक समानता देखिन्थ्यो ।

यत्रो बर्षपछि मलाई दिदा मैले किन स्विकार गरेँ भने, महिलाको ढिलै भएपनि समानता छ है । महिला समान सम्मानको हकदार छ भन्ने सन्देश दिनका लागि मैले ‘महानायिका’को उपाधि स्विकार गरेकी हुँ । यो कुनै एक समुहले दिएको हो । सबैले मान्नुपर्छ भन्ने पनि छैन । कसैले मलाई के देख्लान्, कसैले के देख्लान् । त्यो त सबैको आ–आफ्नो विचारको कुरा हो । मैले यही नै भन्नुपर्छ भन्न मिल्दैन ।

२. तपाई आफैले आफूलाई ‘महानायिका’ मान्नुहुन्छ कि हुँदैन ?
हरेक मान्छे आफ्नो जीवनको ‘महानायक–महानायिका’ हो नी । उसले आफ्नो समस्या आफैं समाधान गरिरहेको हुन्छ । आफ्नो क्षेत्रमा उसले शत–प्रतिशत दिइरहेको हुन्छ । तर, यहाँ एउटा कुरा के छ भने, कुनै दौड प्रतियोगीतामा एउटा मान्छे नम्बर १ हुदैंनथ्यो भने उक्त प्रतियोगीता हुनुको कुनै अर्थ हुँदैन । अगाडि पुग्ने नै १ नम्बरमा हुन्छ । यो सबैले मान्नुपर्छ । प्रधानमन्त्री र उहाँको ड्राइभरका धेरै फरक त छैन नी । दुबै जनाको रगत त रातो नै हो । तर, उहाँहरुमा भएको क्षमतामा फरक पार्छ ।

३. मिडियाले तपाइलाई ‘सदाबहार नायिका कि महानायिका’ लेखोस् भन्ने चाहनुहुन्छ ?
मलाई केही पनि लाग्दैन । ‘सदाबहार’ त केही पनि हुँदैन । तर, मैले स्विकार गरेँ । प्राविधिकहरुले दिएको सम्मान हो । तर, मानिसको जिउ त गल्ने कुरा हो । ‘सदाबहार’ भन्ने चिज केही पनि हुँदैन ।

४. कतिपयले, ‘करिश्मा मानन्धर’ आफैमा एउटा ब्रान्ड नाम हो । यसको अगाडि ट्याग किन भिराइराख्नुपर्छ र पनि भन्छन् नी ?
मलाई यसमा विवाद र बहस गर्नु नै छैन । महिलालाई राम्रो हुने प्रकारको सन्देश जाओस् भन्ने मात्र मेरो चाहना हो ।

भोलीको राशिफल फागुन ४ गते मंगलबार २०७७ साल हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

बि.सं.२०७७ साल फागुन ४ गते मंगलबार ई.सं. २०२१ फेब्रुअरी १६ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ शुक्ल पञ्चमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र , शुभ योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः४० बजे, सूर्यास्त साँझ ५ः५५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–

तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन्न। तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

जिम्मेबारीप्रति लापरबाही नगर्नु राम्रो हुन्छ, नत्र बन्नै लागेको काममा निराशा हुनसक्छ । पद र प्रतिष्ठा प्राप्तिका लागि गरिएको प्रयासमा ढिलो गरी सफलता मिल्नसक्छ । हाकिम वा मातापिताको सद्भाव र आशीर्वादले कुनै ठूलो काम बन्न सक्छ । सामाजिक सम्मान र साखका लागि केही प्रयास गरिनेछन । घरपरिवारमा सामान्यतया समय दिन सकिंदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । भनेको कुराले विपरीत अर्थ दिनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, त)–

गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन। कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ, आजको चिन्तनले थोरबहुत काम गर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । यद्यपि देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन। यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । उमङ्ग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । दैनिक कारोबारबाट फाइदा नै हुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ ।

हेर्नुहोस भोलीको राशिफल २०७७ साल माघ २५ गते आइतबार हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

बि.सं.२०७७ साल माघ २५ गते आइतबार ई. सं. २०२१ फेब्रुअरी ७ नेपाल सम्बत ११४१ पोहेलागा नवमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, तिथि माघ कृष्ण दशमी, चन्द्रमा वृश्चिक राशिमा ४ः३६ बजे सम्म त्यस पछी धनु राशिमा,ज्येष्ठा नक्षत्र, व्याघात योग, विष्टि करण ।जन्म लिने बच्चाको ४ः३६ बजे वृश्चिक राशि हुनेछ, त्यस पछि धनु राशि हुनेछ । महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३२ मिनेट देखि १० बजेर ५५ मिनेट सम्म छ ।

सूर्योदय बिहान ०६ः४६ बजे,
सूर्यास्त साँझ ५ः४९ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्दै जानेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला रअनिष्टहरू मत्थर हुन थाल्नेछन । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन् । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन । महत्त्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने साँझपख राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

उद्योगधन्दा र बन्दव्यापारमा भनेजस्तो सफलता त छैन, तर निराश भइहाल्नु पर्दैन । शत्रुपक्षको क्रियाकलापले भने चिन्ता बढाउन सक्छ, तर इष्टमित्र र सहयोगीहरूको साथ मिल्नेछ र अन्त्यमा ताकेको काममा सोचेजस्तै फाइदा लिन सकिने छ । व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा छैन । चञ्चलता र घमण्डले अप्ठ्यारामा पार्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–

बन्दव्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ । एकाबिहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन ।

नियन्त्रण गुमाएर ट्रक सडक बाहिर गएपछि…

धनगढीः कैलालीमा ठुलो दु’र्घटनाबाट जोगिएको ट्रकका कारण राजमार्ग अवरुद्ध भएको छ।भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको चुरे गाउँपालिकाको निङ्लाडीस्थित राजमार्गमा बिहीबार राति नियन्त्रण गुमाएर सडकबाट बाहिर गएको ना७ख १८८४ नम्बरको ट्रकका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट खानीडाँडाका प्रहरी हवलदार मोहनदेव भट्टले बिहीबार राति दु’र्घटनाबाट जोगिएको ट्रकलाई मेसिन प्रयोग गरि निकाल्ने र सामान अर्को ट्रकमा सार्ने काम भइरहेकाले राजमार्ग अवरुद्ध भएको बताए।

उनले एम्बुलेन्स, स्कारपियो, मोटरसाइकल लगायतका सवारीसाधन चलिरहेका पनि ठुला गाडी राजमार्गमै रोकिएको बताउँदै केहीबेरपछि सडक खुल्ने बताए। बिहीबार राति ११ बजेको समयमा धनगढीबाट सिमेन्ट बोकेर बाजुरातर्फ गइरहेको ट्रक विपरीत दिशाबाट आइरहेको गाडीलाई जोगाउन खोज्दा नियन्त्रण गुमाएर बाहिर गएको थियो।  ट्रकका अगाडिका दुई चक्का रोड बाहिर परेका छन्।

यस्तो भिडियो आयो राहुल र स्मिताको बियोगान्त प्रेमले लिएको यस्तो मोडले सारा नेपालीको मन रोएको बेला सामाजिक संजालमा

काठमाडौ । तनहुँमा भएको एउटा घटना अहिले सामाजिक सञ्जाल निकै चर्चामा छ । इन्डियन लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । सुरुमा मिठा कुरा गरे । सामाजिक सञ्जालमा भेटिएका नारायण यादव जसले आफ्नो घर जनकपुर वताएका थिए । घरमा कोही छैनन् आमाबुवाको निधन भइसक्यो, अविवाहित हुँ भनेर झुक्याए ।

तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी उनकी श्रीमतीको जिवनमा फेरी अर्को मोड आएको छ । उनी श्रीमानको घरवाट हराएको एक महिना पछि काठमाडौको होटलमा जनकपुरका नारायण यादवसंग भेटिइन् । उनीहरु त्यहाँ होटलमा एक महिना सम्म बसेका थिए । तर जब उनलाई खोज्दै उनकै आफन्तहरु होटलसम्म पुगे त्यसपछि उनले आफुलाई त्यसरी फकाएर काठमाडौको होटलमा बोलाउने नारायणको वास्तविकता पनि थाहा पाइन् ।

परिवारमा कोही छैनन भनेका उनको आमाबुवा पनि रहेछन् । उनी विवाहित समेत हुन भन्ने थाहा पाएपछि स्मीता छक्क परिन् । उनले आफुलाई बेच्नकै लागि यति ठूलो जालझेल गरेका थिए भन्ने पनि थाहा पाइन् । उनले नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएको बताएकी छन् । नारायणले बोलाएकै कारण आफु भेट्न काठमाडौ आएको बताइन् । भिडियो सार्वजनिक भएपछि राहुलसंग विवाह गर्छु भनेर कैयौं युवतीको फोन आएको कुरा युट्युवरले सुनाउँदा स्मीता निकै भावुक भएकी छन् ।

परिवारमा कोही छैनन भनेका उनको आमाबुवा पनि रहेछन् । उनी विवाहित समेत हुन भन्ने थाहा पाएपछि स्मीता छक्क परिन् । उनले आफुलाई बेच्नकै लागि यति ठूलो जालझेल गरेका थिए भन्ने पनि थाहा पाइन् । उनले नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएको बताएकी छन् । नारायणले बोलाएकै कारण आफु भेट्न काठमाडौ आएको बताइन् । भिडियो सार्वजनिक भएपछि राहुलसंग विवाह गर्छु भनेर कैयौं युवतीको फोन आएको कुरा युट्युवरले सुनाउँदा स्मीता निकै भावुक भएकी छन् ।

आफ्नो सानी छोरीलाई विद्यालय छोड्न भन्दै हिडेकी थिइन् । उनी त्यस पछि घर फर्किइनन् । उनी उतैवाट हराइन् । तर अहिले केही समय पछि उनको श्रीमती स्मीता जनकपुरको नारायण यादवसंग काठमाडौको गौशाला स्थित एक होटलमा करिब एक महिना देखि बस्दै आएको पत्ता लागेको छ । स्मीतालाई जनकपुरका नारायण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे । स्मीतालाई विश्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् । उनी हराएपछि स्मीताका श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमाडौको एक होटलमा नारायणसंग फेला पारे ।

तर जब स्मीतालाई उनका आफन्तले फेला पारे त्यसपछि स्मीताले नारायणको वास्तविकताका बारेमा थाहा पाइन् । नारायणले आफु अविवाहित भएको र परिवारमा कोही छैन भनेर झुटो बोलेका थिए । उनीहरुबीच ८ महिना देखि सामाजिक सञ्जालमा कुरा हुँदै गयो । तर त्यती विश्वासमा पारेर काठमाडौ बोलाएका नारायणले स्मीतालाई बेच्ने उद्देश्य राखेका थिए भन्ने कुरा जब उनले थाहा पाइन त्यस पछि उनी छाँगावाट खसेजस्तो भइन् ।अहिले उनी निकै पछुताएकी छन् । तर गल्ती भइसक्यो । उनले आफुले गल्ती स्वीकार गर्दै अन्तिम पटक आफ्ना श्रीमानसंग एउटै फ्रेममा आए ।

तर जव स्मीताले गल्ती स्वीकार गरिन् त्यती बेला सम्म उनको जिवनले अर्कै मोड लिइसकेको छ । अहिले दुवै जनाले सहमति मै सम्बन्ध विच्छेद गर्ने निर्णय गरे । जब अन्तिम पटक उनीहरु भेटिए त्यसबेला दुवैले आफुलाई सम्हाल्न सकेनन् । स्मीता बोल्नै सकिनन् भने राहुलको आँखा भरिएर आयो, गला अवरुद्ध भयो । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र छोरीलाई छोडेर हिडेकी स्मीता काठमाडौको होटलमा जनकपुरका नारायण यादवसंग भेटिएकी थिइन् । श्रीमानले आफुले कहिल्यै मोबाइल चेक नगर्ने बताएका छन् । मैले श्रीमतीलाई कहिल्यै संका गरिन बिश्वास गर्दा अहिले घर न घाटको भएको बताएका छन् ।

कृतिका पूर्व राजकुमार पारासकी छोरीले भनिन्, – ‘बैगुणी रहेछौ गणतन्त्र जनतालाई ठूलो सपना देखाउने, थाहा नपाई जनतालाई कङ्गाल बनाएर देश लुट्ने’

पूर्व राजकुमार र राजकुमारीकी कान्छी छोरी कृतिका शाहको जन्म अक्टोबर १६, २००३ मा नारायणहिटी दरबारमा भएको थियो ।
रुपिस इन्टरनेश्नल स्कुलमा पढेकी कृतिका अहिले उच्च शिक्षाको लागि थाइल्यान्डमा छिन् । १७ वर्ष पुगेकी चन्चल स्वभावकी कृतिका पछिल्लो समय टिकटक भिडियो बनाउन व्यस्त छिन् ।
पूर्णिका शाह र कृतिका शाह आफ्नी आमा हिमानी शाहका साथ थुप्रै टिकटक बनाउने गरेको पाइन्छ ।

दिदीबहिनीको सम्बन्ध पनि निकै राम्रो छ भन्ने कुरा उनीहरुको व्यवहारबाट प्रस्ट हुन्छ । यसै क्रममा देशमा पार्टीहरुबीच सत्ताको लागि खिचातानी र रस्साकस्सीको फोहोरी खेल, देशमा गणतन्त्र र संघियता आए पनि सामान्य नागरिकको जीवन र दैनिकीमा कुनै पनि उल्लेखनिय परिवर्तन हुन नसकेको अवस्थामा जनताहरु बहुदल र अहिलेका पार्टीहरुको व्यवहारप्रति निराश भएका छन् ।

यस्तै निराश झल्किने मन्तव्य पारसकी छोरी कृतिका शाहले “बैगुणी रहेछौ गणतन्त्र जनतालाई ठूलो सपना देखाउने, थाहा नपाई जनतालाई कङ्गाल बनाएर देश लुट्ने” भनी ट्वीटरमा स्ट्याटस राखेकी छिन् । हुन पनि अहिले नेताहरु जनताको बारेमा सोच्ने, जनतलाई के गर्दा सजिलो हुन्छ भन्ने कुरामा दिमाग खियाउनु भन्दा आपसी खिचातानी र पैसा कमाउनमा मग्न रहेको अवस्थामा कृतिकाको स्ट्याटस सान्दर्भिक देखिन्छ ।

ओलीको व्‍यंग्य प्रचण्ड–माधवलाई : ‘गरिबको तरकारी फ्याँकेर क्रान्ति देखाए’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको अर्को समूह प्रचण्ड–माधव पक्षले आज गरिबका तरकारी फ्याँकेर महान् आन्दोलन सफल पारेको टिप्पणी गरेका छन्।
नेकपाका अध्यक्षसमेत रहेका ओलीले किसानले दु:ख गरेर ल्याएको तरकारी सडकमा फ्याँकेर प्रचण्ड–माधवले क्रान्तिकारीपन देखाएको टिप्पणी गरे। बिहीबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव आफ्ना कार्यकर्ताले जलाएका गाडी हेर्न गाडीमै सडकमा पुगेको आरोप पनि लगाए।

‘उहाँहरूले आज बन्द गर्ने कोशिस त गर्नुभयो, तर बन्द खासै भएन। तर पनि जनतालाई अलिअलि दुःख दिनुभयो, ओलीले भने ‘गरिबको तरकारी फ्याँकेर महान् आन्दोलन सफल पार्दै हुनुहुछ।’
एउटी बूढी आमाले दु:ख कष्ट गरेर फलाएर डोकामा बोकेर ल्याएको टमाटर सडकभरी फालेर प्रचण्डले क्रान्तिकारीपन देखाएको ओलीको टिप्पणी छ। ‘अरूका गाडी जलाउनुभयो, आफू गाडीमा सवार भएर हेर्न जानुभयो, जनताका दु:ख हेर्न, ओलीले थपे ‘आफैँले बन्द गरेको गाडी नै त नचढौं बाइकसम्म त हुन्छ भनेर बाइक लिएर हिँडेछन्।’

बिहीबारको आन्दोलनतर्फ संकेत गर्दै ओलीले कार्यकर्ता सिद्धिएपछि प्रचण्ड–माधव आफैँ सडकमा पुगेको बताए। कार्यकर्ता सिद्धिएछन्, अनि आफैँ (हलभरी हासो) कार्यकर्ता यता छन् अनि कहाँबाट हुन् त त्यता, ओलीले मुस्कुराउँदै भने, ‘हामी यहाँ छौँ भनेर टाँस्यो अनि गाडी रोक भन्यो। ओलीले थपे, ‘को उभिएको रहेछ भनेर हेरेको त प्रचण्ड उभिइराख्या, उभिएका कहाँ, कस्तो ठाउँमा भने सातदोबाटोमा।’ माधव नेपाल, अर्को अर्को, कार्यकर्ता छैनन् सिद्धिएछन्।

कानुन मान्‍न आग्रह
प्रचण्ड माधव आक्रामक ढङ्गले प्रस्तुत हुँदै बाटोमा भेटिएका प्रहरी अधिकारी र सिडियोलाई हप्काइदप्काइ गरिरहेको आरोप लगाउँदै ओलीले कानुनको पालना गर्न आग्रहसमेत गरेका छन्।

विवाद र झगडा गर्नेहरू अहिले पार्टीबाट हटेको भन्दै ओलीले अब सल्लाह र सहमतिमा पार्टी र आन्दोलनलाई एकजुट बनाएर अघि बढाइने बताएका छन्। सम्बोधनका क्रममा ओलीले भने ‘मै हुँ भन्नेहरूले पार्टी छोड्दैमा यो आन्दोलन समाप्त हुँदैन, यो आन्दोलन अझै बजबुद, बलियो, सुद्धीकरण र सुदृढीकरण भएर जान्छ।‘