आमा र श्रीमती छिनछिनमा बे’होस बिदामा घर आउने र परिवारसँगै घुम्ने, रमाउने योजना अस्तायो

बिहीबार राति ११ बजेसम्म प्रेमबहादुर खत्री बुबा र श्रीमतीसँग भिडियो कलमा कुराकानी गर्दै थिए । चार वर्षदेखि अमेरिकामा रहेका भाइ लोकराज पनि कुराकानीमा जोडिएका थिए।

अन्त्यमा ‘अब मेरो ड्युटी सुरु हुन्छ, हजुरहरू सुत्नुहोस्, घर आउन धेरै दिन बाँकी छैन, घर आएर घुमौंला, रमाऔंला’ भन्दै उनी छुट्टिएका थिए । केही दिनपछि बिदामा घर आउने र परिवारसँगै घुम्ने, रमाउने योजना शुक्रबार बिहान उनीसँगै अस्तायो।

भारतको जम्मु–कश्मीरमा ड्युटीमा रहेका बेला शुक्रबार बिहान ५ बजेतिर कारमा आएका पाकिस्तानी सेनाले गो’ली हानी प्रेमको ह’त्या गरे । सुरुमा प्रेमलाई गो’ली लागेको भनेर श्रीमती भगवतीलाई फोन आयो । पछि बुबा लालबहादुरले फोन गर्दा मृ’त्यु भइसकेको जानकारी पाए । त्यसपछि हतारहतार भारत गएका लालबहादुर शनिबार राति छोराको श’व लिई तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित घर फर्किएका हुन्

छोरा प्रेमको शव जम्मु–कश्मीरबाट विमानमा लखनऊ ल्याएपछि त्यहाँबाट गाडीमा रातारात घर ल्याइएको लालबहादुरले बताए । भारतीय सेनामा १३ वर्ष बिताएका ३० वर्षीय प्रेमको केही वर्षपछि जागिरबाट अवकाश लिएर परिवारसँगै बस्ने योजना थियो । उनको घरमा मोटरसाइकल मात्रै छिर्ने गेट थियो, नेपाल फर्केपछि उनले गाडी किन्ने योजना सुनाएकाले धमाधम ठूलो गेट निर्माण भइरहेको छ । तर यी कुनै पनि सपना पूरा नहुँदै उनको मृत्यु भयो।

‘भाग्यमा यति नै लेखेर आएको रहेछ । जागिर सकिन धेरै वर्ष बाँकी थिएन,’ भारतीय सेनाका अवकाश प्राप्त सुवेदार बुबा लालबहादुरले भने, ‘भाग्यले साथ नदिएपछि कसको के लाग्यो र ? अब जागिर सकिएपछि घरमा आएर काम गर्ने उसका धेरै योजनाहरू थिए, सबै सकिए।’

जीवनको महत्त्वपूर्ण समय बाँकी रहँदै भएको उनको निधनले सबैलाई दुःखी बनाएको छिमेकी तुलसी केसीले बताए । ‘बुबाआमा, श्रीमती, छोराछोरी मात्र होइन, आफन्त र छिमेकीहरूलाई पनि सम्हाल्न कठिन भएको छ,’ उनले भने, ‘आमा र श्रीमती छिनछिनमा बे’होस भइरहेका छन् । डाक्टर ल्याएर उपचार गरिरहनुपरेको छ।’

प्रेमको आइतबार शीतलपुर घाटमा अन्त्येष्टि गरिएको छ । उनका ७ वर्षीया छोरी र ५ वर्षीय छोरा छन्।

दिनको दुई पटकसम्म छिरेको ‘ट्रयाक रेकर्ड’ महिनैपिच्छे भारतीय दुतावास धाउँछन् बाबुराम

नेपाली राजनीतिमा प्रधानमन्त्री भइसकेका डा. बाबुराम भट्टराईलाई भारतपरस्त नेताको आरोप लाग्दै आएको छ । उनका सहयोद्धा पुष्पकमल दाहाललेसमेत पार्टीको औपचारिक दस्तावेजमै भारतपरस्त नेताको आरोप लगाएका थिए । उनलाई पूर्वमाओवादीभित्रमात्र होइन, अन्य दलहरूले समेत यस्तो आरोप लगाउँदै आएका छन् ।

भारतीय दुतावाससँग जोडिएर पछिल्लो चार महिनामा देखिएको भट्टराईको गतिविधीले पनि यस्तो आरोपलाई बल पुर्याएको छ । प्रधानमन्त्री भइसकेको नेता, प्रमुख दलको मुख्य नेता बारम्बार अनाधिकृत रुपमा भारतीय दुतावास प्रवेशको घटनाले डा. बाबुराम भट्टराईमाथि गम्भीर प्रश्न उठाएको हो ।

नेपालवाच डट कमले पूर्वप्रधानमन्त्री भट्टराईको चार महिनाको भारतीय दुतावास आवत–जावतको ट्रयाक रेकर्ड फेला पारेको छ । ट्रयाक रेकर्ड अनुसार दुतावाससँग उनको सम्वन्ध अस्वभाविक बाक्लो छ । भदौ ९ गतेदेखि मंसीर १३ गतेसम्म मात्र बाबुराम भट्टराई ५ पटक भारतीय दुतावास लैनचौर पुगेका छन् ।
यसमध्ये कार्तिक महिनामा भने उनको गतिविधि शुन्य छ । यस अवधिमा भट्टराई कोरोना संक्रमण भएर घरमा आराम गरिरहेका थिए ।

कुन दिन, कति बजे, कति समय बसे बाबुराम भारतीय दुतावास ?

पछिल्लो समय मंसीर ५ गते शुक्रबार भट्टराई बा १८ च २८९८ नम्बरको गाडी चढेर साँझ ६ बजे भारतीय दुतावास लैनचौर छिरेका थिए ।

उनी ४० मिनेट पश्चात अर्थात ६ – ४० बजे दुतावासबाट बाहिरिए । यस्तै भदौ ९ गते राती ८ बजे, भदौ १३ गते विहान ९ बजे, भदौ २१ गते राती ७ बजे पनि भट्टराई भारतीय दुतावास पुगेका थिए । ट्रयाक रेकर्ड अनुसार भट्टराई एकै दिन दुई पटकसम्म दुतावास गएका छन् ।

गत असोज २ गते उनी दुई पटक दुतावास छिरेका थिए । असोज २ गते विहान १० बजे बा १८ च २८९८ को गाडी प्रयोग गरेर भट्टराई दुतावास छिरेका थिए ।

उनी ११ बजेर १० मिनेट जाँदा दुतावासबाट बाहिरिए । त्यहीदिन फेरि उनी साँझ ७ बजेर १९ बजे दुतावास छिरे । र ५० मिनेट बसेर फर्किए ।

पूर्वप्रधानमन्त्री भट्टराईको दुतावास प्रवेशको ट्रयाक रेकर्ड यस्तो छ

भदौ ९ गते – मंगलबार
दुतावास प्रवेश समय : रातको ८ बजे
दुतावासबाट बाहिरिएको समय : ८ – ४० बजे ।
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा ८ च ७५८

भदौ १३ गते– शनिबार
दुतावास प्रवेश समय : विहान ९ बजे
दुतावासबाट बाहिरिएको समय : ९ – २५
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा ८ च ७५८ (सेतो स्कार्पिओ)

भदौ २१ गते – आइतबार
दुतावास प्रवेश समय : साँझ ७ बजे ।
दुतावासबाट बाहिरिएको समय : ८ – १० बजे ।
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा १८ च २८९८ (सेतो स्कार्पिओ)

असोज २ गते – शुक्रबार
दुतावास प्रवेश समय : विहान १० बजे
दुतावासबाट बाहिरिएको समय : विहान ११ – १० बजे ।
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा १८ च २८९८ (सेतो स्कार्पिओ)

त्यही दिन
दुतावास प्रवेश समय : साँझ ७ बजे ।
दुतावासबाट बाहिरिएको समय : साँझ ७ – ५० बजे ।
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा १८ च २८९८ (सेतो स्कार्पिओ)

मंसिर ५ गते – शुक्रबार
दुतावास प्रवेश समय : साँझ ६ बजे ।
दुतावासबाट बाहिरिएको समय : साँझ ६- ४० बजे ।
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा १८ च २८९८ (सेतो स्कार्पिओ)

भोलीको राशिफल २०७७ साल मंसिर १४ गते आईतबार हेर्नुहोस राशिफल

वि.सं.२०७७ साल मंसिर १४ गते । आईतबार । ईश्वी सन् २०२० नोभेम्बर २९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–चतुर्दशी,१५ घडी ०५ पला,मध्यान्ह १२ बजेर ३९ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–कृतिका,६० घडी ०० पला । योग–परिध,१२ घडी ४१ पला,बिहान ११ बजेर ४१ मिनेट उप्रँन्त शिव । करण–वणिज,मध्यान्ह १२ बजेर ३९ मिनेट उप्रान्त भद्रा,रातको ०१ बजेर ३८ मिनेट उप्रान्त बव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मेष,बिहान १० बजेर ४८ मिनेट उप्रान्त बृष ।

सूर्योदय बिहान ०६ बजेर ३६ मिनेट
सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

असहज परिस्थितिको सामना गर्नुपरेपनि सार्थक नतिजा निकाल्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । पारिवारिक माहोलमा जमघट भई नयाँ साथिहरु बनाउँन सकिने तथा स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ । समाजमा आफन्त तथा आत्मिय मित्रका साथ सुमधुर सम्बन्ध स्थापना गर्न सकिनेछ । अध्ययनमा प्रशस्त समय दिन सकिने हुँनाले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ भने बुद्धिमता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न हुनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

समस्या पर्दा सहयोग गर्नेहरु कमै भेटिनेछन् । आर्थिक अवस्था कमजोर भएजस्तो हुनेछ भने व्यापारमा समय दिन नसस्दा घाटा लाग्ने योग रहेकोछ ।खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापार व्यावसायमा आम्दानि कम हुँने तथा पुराना बाकी रहेका कामहरु पनि समयमा सम्पादन नहुँदा थप लगानि गर्ने बाताबरण टरेर जानेछ । समाजमा जनताको काम गर्ने सवालमा केहि गल्ती हुँने हुँनाले गम्भिरता पुर्वक कामहरु गर्नुहोला । बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनै सवालमा लामो दुरिको यात्राको तय हुनेछ । मध्यान्हबाट आम्दानि भन्दा खर्च अधिक हुँने हुँनाले दैनिकी गुजार गर्न असजिलो महशुष हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

माया प्रेममा एक अर्कालाई अबिश्वास गर्दा सम्बन्ध बिग्रने खतरा रहेकोछ । आफ्नै कमजोरिले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला । घर परिवारमा आफन्त तथा दिदि बहिनिहरुबिच तित्तता देखिन सक्छ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । बिहानको समय राम्रो रहेकोले आफन्त तथा अग्रजले सहयोग गर्नेछन् । अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । राजनिति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

छोटो तथा लामो दुरिको यात्रा हुँने भएपनि बाटामा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । माया प्रेममा बिवाद हुँने तथा अबिश्वास बढ्दा केहि समयको लागि टाडिनु पर्ने अवस्था आउँन सक्छ । बिहानको समय राम्रो रहेकोले पारिवारिक माहोलामा जमघट भाई मिष्टान्न भोजन गर्ने अवसर जुर्नेछ । दिउसोका समय मध्ययम रहेकोले व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिकी प्रभावित हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

धुरुधुरु रोए बिरामीका आफन्त उपचार खर्च धान्न सक्दैनौं भन्दै मुख्यमन्त्रीसामु

भोजपुरको हतुवागडी–४ कि शान्ति राईका बुबालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर आएका उनलाई ८ मंसिर मा कोरोना पुष्टि भयो ।

चिकित्सकले भेन्टिलेटरमा राख्नुपर्ने सुझाव दिएपछि उनले सुरुमा सरकारी अस्‍पतालमै सोधीखोजी गरिन्। तर कतै खाली नभएको पाएपछि बुबालाई नोबेल मेडिकल कलेजमा लगिन् । तर अस्पतालले भर्ना गर्नुअघि नै ३ लाख रुपैयाँ धरौटी माग्यो । शान्तिका अनुसार अहिले दिनको झण्डै ५० हजार रुपैयाँ उपचार खर्च लागिरहेको छ ।

शुक्रबार अस्पताल निरीक्षणका लागि पुगेका मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपचारबारे सोध्दा शान्ति भक्कानिइन् । ‘हामी साधारण नागरिककको पनि ज्यान हो । राम्रो होस् भनेर भेन्टिलेटर खोज्दा सरकारीमा रहेछ’ उनले भनिन्, ‘यहाँ कुरा गर्दा सहुलियत चाहिने हो भने सरकारी अस्पताल जानुस् भनियो । मेरो बाबा जीवन र मृत्युको (भक्कानिइन्) …।’

अस्पतालको सेवा राम्रो भएपनि उपचार खर्च धान्नै नसक्ने अवस्था रहेको उनले सुनाइन् । मुख्यमन्त्री राई, सामाजिक विकासमन्त्री घिमिरेले शुक्रबार विराटनगरको नोबेलसँगै न्यूरो अस्पताल र विराट मेडिकल कलेजको अनुगमन गरे । निजी अस्‍पतालको उपचार खर्च धान्न नसक्ने अवस्थाको रहेको भन्दै बिरामीका आफन्तले सहयोग गरिदिन उनीहरुसँग याचना गरे ।

नोबेल मेडिकल कलेजमा उपचार गराइरहेको बिरामीका आफन्तले आइसोलेसनको व्यवस्थापन राम्रो नभएको गुनासो गरे । बुबालाई आइसोलेसनमा भर्ना गराएका इनरुवाका त्रिलोकचन्द्र गुुप्ताले अस्पतालले दिएको दुःख सुनाए ।

तप्लेजुङका कृष्ण मोक्तानले बिरामीको अवस्था कस्तो छ भनेर जानकारी पाउनै मुश्किल परेको बताए । बिरामीलाई भेट्न पनि प्रत्येक पटक २ हजार रुपैयाँको पीपीई सेट किन्नु पर्ने उनको गुनासो थियो । ‘औषधि किन्ने पैसा र पीपीई किन्नमै ठिक्क हुन्छ’ मोक्तानले भने । बिरामी कुरुवाले संक्रमितको खानपान र हेरचाह राम्रो नभएको भन्दै सुधारका लागि सहयोग गरिदिन पनि आग्रह गरे ।

मोरङको कटहरी गाउँपालिका–३ का निर्मल राजवंशी कात्तिक ३० देखि विराट मेडिकल कलेजमा आमाको उपचार गराइरहेका छन् । मुख्यमन्त्री पुग्दा उनले दैनिक २० हजारदेखि ४५ हजारसम्मको बिल तिर्नुपरेको दुखेसो गरे ।

निशुल्क उपचार गर्न मुख्यमन्त्रीको निर्देशन

अनुगमनका क्रममा मुख्यमन्त्री शेरधन राईले संघीय सरकारले विपन्न नागरिकको उपचार निशुल्क गर्ने निर्णय गरेको बताउँदै त्यस्ता बिरामीको शुल्क नलिन निर्देशन दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वघोषणा गरेर आफैं उपचार गर्ने बाहेकका मानिसलाई वार्डमा बसेको ३५ सय, आईसीयूमा ७ हजार र भेन्टिलेटरको दैनिक १५ हजार लिन पाउने नियम बनाएको छ ।

अनुगमनका क्रममा नोबेल मेडिकल कलेजले र न्यूरो अस्पतालले सरकारी निर्देशनको पालना नगरेको भेटिएको मुख्यमन्त्री राईले बताए ।

नोबेलले आइसोलेसनमा दैनिक २० हजार रुपैयाँ लिने गरेको छ । न्यूरोले भेण्टिलेटरमा दिनको ३० हजार तोकेको छ । विराटमा भेण्टिलेटरमा राखेर उपचार गर्दा दैनिक ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । तर विराटले केही दिनयता सरकारी दरअनुसार नै खर्च लिएको दावी गरेको छ ।

विराट मेडिकल कलेजका सञ्चालक ज्ञानेन्द्रमान सिंह कार्कीले महामारीको सम्पूर्ण दायित्व सरकारको हुनुपर्ने बताए । गुणस्तरीय सेवा दिएकोले त्यही अनुसारको खर्च पनि लाग्ने उनले बताए ।

सरकारले पठाएको पत्र प्रष्ट नभएकोले निशुुल्क उपचार सुरु गर्न नसकिएको नोबेल मेडिकल कलेजका प्रबन्धक राजेश नेपालले बताए ।

सपनाले नै दिनेछिन्’मलाई दागबत्ती

एक दिन मात्र ढिला आएको भए तिम्रो बुबालाई नगरपालिकाले गाडिदिन्थ्यो । र, तिमी जिन्दगीभर बुबाको लास खोजिरहन्थ्यौ,’ आजभन्दा १६ वर्षअघि विनयजंग बस्नेतलाई टिचिङ अस्पतालका कर्मचारीले भनेका वाक्य हुन् यी । त्यतिवेला विनयका बुबाले सडकबाटै बेवारिसे अवस्थामा दुनियाँ त्यागेका थिए । बस्नेतले बुबाको शवको ठेगाना खोज्दै दुई दिन सहर चहारे । सहरका अँध्यारा गल्ली, बेवारिसेहरू भेटिने चोक, सडकहरूमा खोजे । तर, कतै भेटेनन् । न बुबा कुन सडकको कुन पेटीमा निदाउँछन् भनेर नै थाहा थियो उनलाई ।

‘अन्तिममा अस्पतालतिर चाहरेँ,’ विनय भन्छन्, ‘तीन–चारवटा अस्पताल चहारेपछि टिचिङ अस्पतालमा आठ–दश शवको थुप्र्रो भेट्टाएँ ।’ सिमेन्टीको चिसोले सुन्निन थालेका शवहरूमध्ये बुबाको शव पहिचान गर्नै गाह्रो भयो उनलाई । सबै शव एकै किसिमका देखिन्थे । सबै शवको हालत उस्तै थियो । भलै हुलिया मात्र फरक थियो । तर, केहीबेरको सोधखोजपछि चिह्नहरूका आधारमा बुबाको शव पहिचान गरे । ‘तर, बाँकी शवहरू कसका होलान् ? यिनीहरूका आफन्त कहाँ होलान् ?’ उनको मनमा यही प्रश्नहरू घुमिरह्यो ।

बाँकी शवहरू आफन्तविहीन थिए । निःसहाय थिए । बाँच्दासम्म राम्रो परिचय नपाएका र मरेपछि झनै परिचयविहीन बनेका शवहरू केवल शव मात्र थिएनन् । ती शवहरू सडकका पेटीबाट अस्ताएर खाडलमा पुरिन लागेका ‘भुसका थुप्रो’जस्ता थिए । बुबाको शव बस्नेतले पहिचान गरिसकेपछि अस्पतालका कर्मचारीले फेरि भने, ‘तिमीले त बुबा भेट्टायौ, अब किरिया गर्छौ । दागबत्ती दिन्छौ । तर, यिनीहरूको पहिचान खुलेको छैन । अब नगरपालिका आउँछ, लिएर जान्छ र गाडिदिन्छ ।’

बस्नेत समयमै अस्पताल नपुगेको भए नगरपालिकाले उनको बुबाको शव लिएर जान्थ्यो, पहिचान नखुलेको र बेवारिसे भनेर कतै खाल्डोमा पुरिदिन्थ्यो । बस्नेत सुनाउँछन्, ‘एक दिनअघि मात्रै त्यहाँ नपुगेको भए म जिन्दगीभर बुबाको लास खोजिरहेको हुने थिएँ हुँला ।’

विनयको बुबाको मृत्यु भयो । उनकी आमा सानैमा बितिन् । घर त थियो, ललितपुरमा । परिवार पनि थियो । सबै राम्रो थियो । तर, समयले बस्नेतलाई पनि सडकमा ल्याइपुर्‍यायो । बस्नेत बेवारिसे भए । सडकमा रातहरू काट्न थाले । सडकमै दिनहरू बिताउन थाले । बुबाको मृत्युपछि विनयले नौ वर्ष सडकमा गुजारे । त्यसवेला विनयको परिचय एउटै थियो, ‘बेवारिसे’ ।

‘बेवारिसे’ परिचयको कारक भने उनी स्वयं थिए । उनी जाँडरक्सीको लतमा फसे । सडकमा आइपुगे । श्रीमतीले छाडेर गइन् । छोरीले ‘बाबा’ भन्न छाडिन् । घरको गेट बन्द भयो । विनय भन्छन्, ‘आफन्त, परिवारबाट माया नपाउँदा सडकमा आइपुगेँ ।’ल्यामपोस्टमुनि सिमेन्टीको चिसोमा बिताएका रातहरू सम्झिँदा अहिले पनि बस्नेतको आँखा रसाउँछ । ती भोका, अनिँदा, अपहेलित दिनहरू सम्झिँदा उनको गला अवरुद्ध हुन्छ । उनी बोल्न सक्दैनन् । त्यो रित्तो, शून्य, विरक्तलाग्दो स्मृतिहरूमा फर्कँदा उनी बोल्दाबोल्दै रोकिन्छन् र मौन बसिदिन्छन् ।

बस्नेत भन्छन्, ‘कोही मान्छे सडकमा यत्तिकै आउँदैन । केही न केही कारण जरुर हुन्छ ।’ सडकमा बस्नेतजस्ता सयौँ मान्छे थिए, अहिले पनि छन् । कत्ति खान नपाएर मर्छन् । आफन्त आउँदैनन् । उपचार गरिदिने मान्छे हुँदैन । भनेको वेला खान पाउँदैनन् । कसैले केही देला भनेर आस गरिबस्छन् । तर, ‘बेवारिसे’ भनेर अपमानसिवाय अरू पाउँदैनन् ।

‘कोही आएर मसँग हात मिलाइदिए पनि त हुने । कसैले आएर केही सोधे पनि त हुने । कोही आएर केही बोलिदिए पनि त हुने भन्ने चाहना हुन्छ सडकका मान्छेहरूको,’ बस्नेत देखेको र भोगेको कुरा सविस्तार सुनाउँछन्, ‘त्यो कुराले मलाई जहिल्यै पोल्थ्यो । अहिले पनि पोल्छ । म आफैँ त्यो नमिठो अनुभूति र अपेक्षाबाट गुज्रिएको छु ।’

सडकका मान्छे जहिल्यै रक्सी पिउन खोज्छन् । रक्सीको नशामा हुन्छन् । अलिकति पैसा माग्यो, रक्सी पियो । कसैकसैले चामल दिन्छन्, त्यो पनि होटेलमा लग्यो, रक्सीसँग साट्यो । भात नै नखाई आखिर किन त्यसो गर्छन् उनीहरू ? ‘खासमा उनीहरू बेहोसीमा खुसी खोज्न चाहन्छन् । आफन्तबाट एकदम विक्षिप्त बनेका हुन्छन्,’ बस्नेत सुनाउँछन्, ‘र खुसी हुने बहाना खोज्छन् । बहाना त्यही नशा भइदिन्छ । म पनि त्यही अवस्थाबाट गुज्रिएको हुँ । र, परिवारबाट अलिकति पनि माया नपाउँदा बेवारिसे भएँ । मान्छेले झुन्डेर मर्ने, विष खाने यस्तै कारण त हो ।’

बस्नेतलाई पनि आफन्तहरूले केही गर्छ भनिरहन्थे । तर, आफन्तको सपना तुहियो । उनी सडकमा पुगे । अहिले नौ वर्षपछि उनको जिन्दगी सडकबाट थोरै उठेर पुनस्र्थापना केन्द्र्रसम्म पुग्यो । त्यहाँबाट पनि फेरि फर्किएर सडकमै आइपुग्ने सम्भावना पनि थियो । कति त त्यहाँ पुगेर पनि सडकै फर्किएका छन् । र, सडकमै अस्ताएका छन् । तर, उनी भने फर्किएनन् ।

‘नौ वर्षअघि मैले नयाँ जीवन पाएँ । जुन समयमा म सडकमा मर्न मात्र बाँकी थिएँ । मरेको भए बेवारिसे हुने थिएँ,’ भन्छन्, ‘नयाँ जीवनपछि मैले निर्णय लिएँ कि अब मैले सकेको सहयोग गर्नुपर्छ । कोही सडकमै बेवारिसे भएर मर्दै गर्दा खाल्डोमा पुरिने होइन, उसले दागबत्ती पाउनुपर्छ, सदगत हुन पाउनुपर्छ ।’ त्यसपछि बस्नेतले बेवारिसे शवहरूलाई दागबत्ती दिन थाले ।

अहिलेसम्म ३०६ वटा शवलाई दागबत्ती दिइसकेका छन् । करिब सात वर्ष भयो, उनले दागबत्ती दिन थालेको, सद्गत गर्न थालेको । केही वर्ष यसरी नै व्यक्तिगत पहलमा दागबत्ती दिइरहे । अलिपछि प्र्रहरीहरूले नै भने, ‘तपाईं एउटा संस्था खोलेर काम गर्नुस्, अलि सजिलो हुन्छ । सहयोग पनि पाइन्छ ।’ उनले संस्था खोले ‘बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र’ ।

विनयजंग भन्छन्, ‘म बाँचेसम्म यो काम गरिरहन्छु । म मरेपछि यो काम सपनाले अगाडि बढाउनुपर्छ । किनकि सपना मेरो छोरा हो । म मरेपछि उसैले मलाई दागबत्ती दिनेछिन् ।’

पछि जोडिन आइपुगिन् सपना रोका मगर । जसलाई भर्खरै बिबिसीले विश्वका एक सय प्र्रेरणादायी महिलाको सूचीमा राखेको छ । सपनासँग विनयको पहिलो भेट छोरी विदेश पढ्न जाने क्रममा भएको थियो । जतिवेला बस्नेतले नयाँ जीवनको यात्रा सुरुवात गरिसकेका थिए । परिवारबाट प्रेम पाइसकेका थिए । बस्नेतकी छोरी त अस्ट्रेलिया उडिन्, तर सपना उड्न पाइनन् । सपना यतै रहिन् । यतैको गल्ली र सडकमा रहिन् । बस्नेतले झैँ चिसा रातहरूमा निद्रा खोजिबसिन् ।

सपनासँग पछि फेरि भेट भयो बस्नेतको । यस बखत सपना पनि बेवारिसे जीवनबाट फिरिइसकेकी थिइन् । सडकबाट एक सिँढी माथि उक्लिसकेकी थिइन् । र, यहाँनेर दुवैको यात्रा सँगै भयो । किनकि कथा दुवैको उस्तै–उस्तै थियो । बस्नेतले सपनालाई धर्मछोरी बनाए । छोरीसँगै शवको दागबत्ती, सद्गतका काम गर्न थाले । सुरुसुरुमा सपना विनयसँगै शव लिन जाने गर्थिन् । शव बोकेर ल्याउने गर्थिन् । अलि पछि बस्नेतले ‘तिमीले पनि दागबत्ती दिनुपर्छ, तिमी छोराभन्दा कमजोर छैनौ’ भनेर सपनालाई भने । त्यसपछि सपना पनि तयार भइन् ।

एकपटक तीनवटा शव उठाउनुपर्ने भयो । महिनौँ अलपत्र रहेर कुहिएको थियो शव । शवलाई दुवैले उठाउँदै थिए । तर, अचानक एउटा शवको खुट्टा चुँडिएर सपनाको कानमा ठोक्कियो । त्यो पल हाँस्दै सुनाउँछन् बस्नेत, ‘सपनाको कानमा लास उछिट्टिएपछि ‘बाउ, लासले त लात्ती पो हान्यो’ भनिन् ।’ आफू जिउँदो रहेसम्म यही काममा सक्रिय रहने बस्नेतको सोच छ । उनको छोरा छैन ।

छोरी विदेशमा छिन् । ‘सपना मेरो छोरा हो । म मरेपछि उसैले मलाई दागबत्ती दिनेछिन्,’ भन्छन्, ‘म बाँचेसम्म यो काम गर्छु । म मरेपछि यो काम सपनाले अगाडि बढाउनुपर्छ । उनले बढाउने पनि छिन् । उनको हिम्मत नजिकबाट देख्नेहरूले थाहा पाउँछन् । उनी चानचुने छोरी होइनन् ।’ (नयाँपत्रीका)

विश्वभर बन्यो भाइरल साइकलले किचेको चल्ला र पैसा बोकेर एक बालक अस्पताल पुगेपछि

साना बालबालिकाहरूको बानी ब्यहोरा ठुला मानिसहरु भन्दा धेरै फरक हुन्छ । उनीहरुको सोच्ने तरिका पनि फरक हुन्छ । साना बालबालिकाहरूको सोच्ने तरिका फरक हुने हुनाले बालबालिकाहरू साना-साना कुरामा दुखी हुने गर्छन् ।

त्यसैले उनीहरुलाइ फकाउनु उत्तम उपाय हुन्छ । यस्तै भारतका एक बालकको निकै चर्चा चलिरहेको छ ।अहिले सामाजिक सञ्जालमा बालक निकै भाइरल भइरहेका छन् । ती बालकको कामले धेरैलाई भावुक बनाएको छ । ती बालकले चल्ला बोकेर अस्पताल पुगेको विषय अहिले निकै चर्चा भइरहेको छ ।

ती बालक भारत मिजोरम राज्यका हुन् । ती बालकको साइकलले दुर्घटनाबस छिमेकीको कुखुराको एउटा चल्ला किचेपछी बालक निकै दुखी भए । इन्डिया टाइम्स डटकमका अनुसार बालकको साइकलले कुखुराको चल्ला किचेपछी बालक आफूसँग भएको पैसा र चल्ला बोकेर नजिकैको अस्पतालमा पुगे । यस विषय सामाजिक सञ्जालका पोस्ट भयो । पोस्ट भए लगत्तै फेसबुकमा हजारौले सेयर र सयौले प्रतिक्रिया जनाए ।

बिहानै पाथिभरा माताको दर्शन गरी आजको राशिफल मंसिर १३ गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल मंसिर १३ गते शनिबार इश्वी सन २०२० नोभेम्वर २८ तारीख कार्तिक शुक्लपक्ष त्रयोादशी तिथीे प्रातः १०ः३२ बजे सम्म पश्चात चतूर्दशी तिथी भरुणी नक्षत्र वरियान योग गर करण चन्द्रमां मेष राशिमा आनन्दादि योगमा ध्वांक्ष योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु विष्णुबैकुण्ठ चतुर्दशीव्रत डोटी केदारमेला पाल्पा दर्लमडाँडा महाकालीभगवतीयात्रा (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्यकार्यमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । नयाँ मित्रहरुको प्राप्तीले तथा साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । अधुरा कार्यहरु सम्पादन गर्न मातृपक्षको साथ सहयोग आवश्यक रहनेछ । नयाँ लगानिमा भने बिशेष साबधानी अपानाउनु उत्तम रहनेछ । प्रेम सम्बन्धमा सुधारको योग रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) नयाँकार्यको प्रारम्भले मन प्रशन्न सहनेछ । भोज भतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

प्रचण्ड–माधव पक्षको भेला पार्टी फुट्ने निश्चित भन्दै पूर्वमा

विराटनगर/ पार्टी फुट्ने निश्चित भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालनिकटका कार्यकर्ताहरुले सुनसरीको इटहरीमा भेला आयोजना गरेका छन् ।

पार्टी फुटतर्फ गएको भन्दै उनीहरुले कार्यकर्ताहरुलाई कसरी आफूतिर तान्ने र पार्टी कार्यालयहरु कसरी कब्जा गर्न सकिन्छ भनेर छलफल गर्न प्रचण्ड नेपाल समूहका केन्द्रीय नेताहरुको उपस्थितिमा भेलाको आयोजना गरिएको भेलामा सहभागि एक सदस्यले बताएका छन् ।

प्रदेश १ स्तरीय भेलाका रुपमा केन्द्रीय नेताको सहभागितामा प्रदेशस्तरीय नेतृत्वले भेला आयोजना गरेका हुन् । इटहरीको साथी पेट्रोल पम्प नजिकैको इटहरी ब्यक्वेटमा दुई दिन अघि आयोजना गरिएको गोप्य छलफलमा पार्टी फुट्ने दिशामा अघि बढेको भन्दै नेताहरुले पार्टी कार्यालयहरु कब्जा गर्ने र कार्यकर्ताहरुलाई आफूतिर तान्ने रणनीति बनाइएको उनको भनाई छ ।

नेकपा केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज महेश रेग्मीले भेला गरिएको स्विकार गर्दै पार्टीलाई कसरी मजबुद बनाउन सकिन्छ भन्ने एजेन्डामा छलफल भएको बताए । उनले भेलामा पार्टीलाई कुनैपनि हालतमा फुट्न दिनु हुँदैन भन्ने सुझाव आएको जानकारी दिए ।

भेलामा पूर्वमन्त्री तथा सांसद शिवकुमार मण्डल, पूर्वराज्यमन्त्री गोपिबहादुर आछमीसहित प्रचण्ड नेपाल पक्षका जिल्ला इन्चार्ज र सहइन्चार्जसहित प्रदेशका नेता कार्यकर्ता सहभागी थिए । बैठकमा प्रचण्ड र नेपालनिकटका नेता प्रतिनिधिमूलक ढंगको सहभागिता रहेको रेग्मीको भनाई छ ।

नयाँ श्रमिक पठाउने प्रक्रिया सुरु नौ महिनापछि कतारमा

काठमाडौं, वैदेशिक रोजगारीका लागि कतारमा नयाँ श्रमिक पठाउने प्रक्रिया सुरु भएको छ।
बन्द भएको झण्डै ९ महिनापछि त्यहाँस्थित नेपाली दूतावासले मागपत्र प्रमाणिकरण सुरु गरेसँगै नयाँ श्रमिक भर्ती गर्ने बाटो खुल्ला भएको हो।
दूतावासले मागपत्र प्रमाणिकरण गर्न सुरु गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले बताए।

कोरोना संक्रमणका कारण गएको फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया बन्द भएको थियो। दूतावासले समेत माग प्रत्र प्रमाणिकरण गर्न छाडेपछि कतारबाट कामदारको माग आउन सकेको थिएन।

त्यहाँस्थित कम्पनीले नेपाली श्रमिक माग गर्दा दूतावासमा सबै जानकारीसहित निवेदन दिनुपर्छ।
दूतावासले कम्पनीको अवस्था, श्रमिकका लागि आधारभूत व्यवस्था लगायतको अनुगमन गरेर मागपत्र स्वीकृत गर्ने नगर्ने निर्णय गर्छ।

दूतावासको अनुमतिपछि मात्रै श्रमिक भर्ना गर्नका लागि वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति दिन्छ। विभागबाट स्वीकृति लिएपछि म्यानपावर कम्पनीले कामदार भर्तीको प्रक्रिया सुरु गर्न पाउँछन्।

अब म्यानपावर कम्पनीले कतारबाट श्रमिकको माग ल्याएर नयाँ श्रमिक पठाउन पाउनेछन्। यसअघि वैदेशिक रोजगारी खुल्ला भएपनि नयाँ श्रमिक कतार जान पाएका थिएनन्। बिदामा आएका श्रमिक मात्रै कतार फर्किएका थिए।

मागपत्र बन्द भएकै कारण वैदेशिक रोजगार ठप्प थियो। अब नयाँ माग ल्याएर वैदेशिक रोजगारी सुरु गरिने र यसबारेमा म्यानपावर कम्पनीहरुलाई जानकारी गराइसकेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए।-उजिर कार्की/नेपाल खबर

स्मार्ट ड्राइभिङ लाइसेन्स,अब घरमै आउँछ यसरी गर्नुहोस् प्रोसेस

काठमाडौ । अब सवारी चालक अनुमतिपत्र लाइसेन्स घरमै उपलब्ध हुने भएको छ । यसका लागि तपाईले आजै प्रक्रिया शुरु गर्न सक्नुहुनेछ । बागमती प्रदेश सरकारले लामोदेखि लाइसेन्स नपाएका सेवाग्राहीलाई हुलाकमार्फत घरमै लाइसेन्स उपलब्ध गराउने भएको हो ।

त्यसका लागि बागमती प्रदेश सरकारले हुलाक सेवा विभागसँग सहकार्य गरेको छ । हुलाक विभागसँग सहकार्य गरी घर–घरमै लाइसेन्स उपलब्ध गराउन लागेको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सहसचिव नवीनकुमार सिंहले बताए ।

उनका अनुसार हाल चारवटै लाइसेन्स कार्यालयमा गरेर हाल पाँच लाखभन्दा बढी लाइसेन्स थन्किएर बसेका छन् । अहिलेको कोरोनाको समयमा कार्यालयमा भिडभाड गर्न सकिने अवस्था पनि छैन् । यस्तो हुँदा बनेर बसेका त्यस्ता लाइसेन्स घरमै पुर्‍याउने योजना बनाएका हौं ।

यसका लागि गत कात्तिक ६ गते बसेको चारवटै लाइसेन्स कार्यालयका प्रमुख र हुलाक सेवा विभागका प्रमुखबीचको बैठक पनि बसेको थियो । उक्त बैठकबाट एक खालको सहभागी भएको छ भने यसका लागि सम्झौता नै भइसकेको छ ।

अहिले हुलाक विभागसँग सम्झौता गरी घरमै लाइसेन्स पुर्‍याउने कामको सुरुवात हुनै लागेको । त्यसका लागि हुलाकले काठमाडौं उपत्यकाभित्र ५० रुपैयाँ र उपत्यकाबाहिर १०० रुपैयाँ शुल्क लिएर सेवा दिनेछ । तपाईले हुलाकबाट लाइसेन्स लिन चाहेमा फारम भर्ने बेलामा भन्नुपर्नेछ । त्यसका लागि तपाईले त्यही समय ५० रुपैया थप दस्तुर तिर्नुपर्ने हुन्छ ।