भोलीको राशिफल २०७७ साल मंसिर २५ गते बिहिवार हेर्नुहोस

भोलीको राशिफल : वि.सं.२०७७ साल मंसिर २५ गते बिहिवार

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फन आम्दानिका स्रोत बढाउँन सकिनेछ । छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । पुराना लेनदेनका मुद्दाहरु किनार लगाउँदै नयाँ काम गर्न सकिनेछ । नोकरिमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले परिणाममुखि काम गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

धर्म कर्ममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । समाजमा लोकप्रिर्य काम गरि दाम तथा दाम दुवै कमाउँन सकिनेछ भने राज्यको तर्फबाट सम्मानित हुँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा अरुको मन जित्दै तथा अरुलाई प्रतिष्पर्धामा हराउँदै पद पाउँने प्रसस्त सम्भावना रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ । माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

माया प्रेममा दखिएका तित्तताहरु चिर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुनेछ भने अन्य व्यावसायमा अलि बढि संघर्ष गर्नुपर्नेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन तथा अध्यापनमा बिगतमा देखिएका कमी कमजोरीहरुलाई सुधार गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् । प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

असहज परिस्थितिको सामना गर्नुपरेपनि सार्थक नतिजा निकाल्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । पारिवारिक माहोलमा जमघट भई नयाँ साथिहरु बनाउँन सकिने तथा स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ । समाजमा आफन्त तथा आत्मिय मित्रका साथ सुमधुर सम्बन्ध स्थापना गर्न सकिनेछ । अध्ययनमा प्रशस्त समय दिन सकिने हुँनाले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ भने बुद्धिमता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न हुनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ । कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नुपर्ने हुँनसक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेछ भने प्रतिश्पर्धामा अलि बढि मेहनेत गर्दा प्रतिश्पर्धिहरुलाई हराउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ ।
बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बाटोभरी पैसा छरिदिए पुलिसको बाटो छेक्न लुटेराहरुले ४ वटा बैंक लुटेपछि

बैंक लुटेपछि लुटेराहरुले आफूलाई भाग्न सजिलो होस् भन्नका लागि बाटोभरी पैसा छरेर भागेका छन् । ती लुटेराहरुले यसरी पैसा यसकारण छरेका थिए ताकि पैसा टिप्नको लागि सडकमा मानिसहरुको ठूलो भीड होस् र आफूहरुलाई भाग्न सजिलो होस् । उनीहरुले बाटोमा पैसा छरेपछि साँच्चै नै त्यहाँका सर्वसाधारणको ठूलो भीड जम्मा भएको थियो ।

डेलीमेलको रिपोर्टअनुसार यो ठूलो बैंक डकैतीको घटना ब्राजिलको सान्टा क्याटरिना राज्यमा भएको हो । १ डिसेम्बरको राती राइफलसहितका हतियारधारी दुई दर्जनभन्दा धेरै लुटेराहरुले यहाँका ४ वटा बैंक लुटेका थिए । यस क्रममा उनीहरुले करिब ६ जनालाई बन्धक बनाएर राखेका थिए । सबै लुटेराहरुले कालो कपडा लगाएर अबेर रातको समयमा बैंक लुटेका थिए । पुलिस र लुटेराहरुबीच गोली हानाहान पनि भएको थियो ।

गोली हानाहानमा एक पुलिस अधिकारीसहित ३ जना घाइते भएको समाचारमा जनाइएको छ । लुटेराहरुले कति रकम लुटे भन्ने प्रस्ट भएको छैन । स्थानीय ग्लोबो टिभीका अनुसार लुटपाटको घटनामा करिब ३० जना लुटेरा संलग्न थिए र उनीहरु १० वटा कारमा आएका थिए । लुटेराहरुले पुलिस छिटो पुग्न नसकोस भन्नका लागि शहरका कैयौं बाटो बन्द गरिदिएका थिए ।

पछि पुलिसले लुटपाटमा संलग्न रहेको आशंकामा ४ जना संदिग्धलाई पक्राउ गरेको छ । पुलिसले लुटिएको केही रकम पनि बरामद गरेको छ । शहरका मेयर सी साल्धारोले ट्वीटमा धेरै तयारी गरेर आएका लुटेराहरुले लुटपाट गरेको लेखेका छन् । उनले नगरवासीसँग घरभित्रै रहन अपिल गरेका छन् । स्थानीयका अनुसार सडकमा नोटको वर्षा कुनै फिल्मको दृश्य जस्तै थियो ।

ट्राफिक जरिवाना रकम तिर्न सकिने अबदेखि अनलाइनबाटै

काठमाडौँ — सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम अब अनलाइन माध्यमबाटै भुक्तानी गर्न पाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो ।

महाशाखा प्रमुखबाट हालै प्रहरी प्रधान कार्यालय सरुवा भएका एसएसपी भीम ढकालले सोमबार आयोजित पत्रकार सम्मेलनमा ७ महिना अघिबाटै सफ्टवेयर निर्माण गर्न सुरु गरिएको र केही साताभित्र यसलाई प्रयोगमा ल्याउन लागिएको बताए । उनले आफ्नो स्थानमा सरुवा भएर आएका एसएसपी जनक भट्टराईलाई जिम्मेवारी हस्तान्तरण गर्दै प्रविधिको विकासबाट सवारी व्यवस्थापन गर्दा थप प्रभावकारी र कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताए ।

सफ्टवेयरको नाम टीभीआरएस (ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम) राखिएको छ । यो प्रविधिलाई तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समाबेस गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुने छ । ‘जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न घरमै बसेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था लागू हुन लागेको छ, ७ महिना अघिबाट सुरु भएको सफ्टवेयर प्रयोगमा आएपछि चालक ट्राफिक प्रहरी कार्यालयमै जानु पर्दैन ।’

यसअघि सवारी र सवारी कागजातपत्र हराएमा अनलाइनबाटै उजुरी दिन सकिने व्यवस्था लागू भइसकेको छ । यो प्रविधिको विकास भएसँगै दैनिक सरदर ४ सय जनाले अनलाइनबाटै सिफारिस लिन थालेका छन् । यसअघि लाइनमा बसेर दिनमा डेढ सयले सिफारिस लिन्थे । अनलाइनबाट कागजात र सवारी हराएको सिफारिस पत्र मात्रै ३ हजार बढीले लिएका छन् । छिट्टै बिमा दाबी सम्बन्धी कागजपत्र सिफारिस पनि अनलाइनबाटै दिने गरी प्रविधिको प्रयोग गर्न लागिएको महाशाखाले जनाएको छ ।

अर्काको घरमा भाडा माझ्ने आमा,छोराले जिते ‘इन्डियन बेस्ट डान्सर’ को ट्रफी । बधाई छ

एजेन्सी । आफ्नो अभिनयबाट दर्शकको मनमा बसेका टाइगर पप अर्फ अजय सिंहले ‘इन्डियन बेस्ट डान्सर’ को उपाधि जितेका छन् । अजयले ट्रफिको साथमा १५ लाख पैसा र विटारा ब्रीजा कार उपहार स्वरुप जितेका छन् ।
उनले एक अन्तर्वातामा भने–‘गुरुग्रामबाट यही सपना बोकेर म मुम्बई आएको थिएँ । मलाई जसरी पनि यो सो जित्नु थियो । मलाई यो सपना पुरा गर्नको लागि धेरै सघर्ष गर्नु पर्यो । मैले यो सोबाट निकै मिठो अनुभव लिएको छु । सुरुमा मलाई कलेज र स्टेजका मानिसहरुले मात्र प्रसंसा गर्थे अहिले मलाई देशले नै प्रसंसा गर्छन ।

अडिसनको समयमा आमाको सिर झुकेको थियो । जुन दिन मैले निते त्यो दिन पनि आमाको सिर झुकेको थियो । उनी निकै साधारण छिन् । उनी अर्काको घरमा भाडा माझने काम गर्थिन । अब म त्यो काम गर्न दिनन । मैले ट्रफी जितेर घर पुग्दा आमा धेरै रोएकी थिइन् ।

देशभरका बालबालिकालाई यही ११ र १२ गते भिटामिन ए खुवाइने

काठमाडाैं । सरकारले यसवर्ष पहिलो चरण अन्तर्गत बालबालिकालाई भिटामिन–ए तथा जुकाको औषधि मंसिर ११ र १२ गते खुवाउने भएको छ । मंसिर ११ र १२ गते देशभर ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूलाई भिटामिन ए र १२ देखि ५९ महिनासम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाउने सरकारको तयारी छ ।

स्वास्थ्य मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन आवश्यक तयारी गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले भिटामिन ए क्याप्सुल खुवाउने समयमा यदि कुनै बच्चा वा स्याहारकर्तालाई ज्वरो आएको वा अन्य कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू देखिएको छ भने भिटामिन ए क्याप्सुल नखुवाउन आग्रह गरेको छ ।

ज्वरो निको भइसकेपछि मात्र नजिकको स्वास्थ्य संस्थाबाट भिटामिन ए क्याप्सुल खुवाउन मन्त्रालयको आग्रह छ । मन्त्रालयले कोरोना महामारीलाई ध्यानमा राखी ६० वर्ष नाघेका तथा गर्भवती, सुत्केरी महिला स्वास्थ्य स्वयंसेविकाको वैकल्पिक व्यवस्था गर्न सुझाएको छ । मंसिर ११ र १२ गते भिटामिन एसँगै ६ देखि २३ महिनाका बालबालिकालाई लक्षित गरी बालभिटा वितरण गर्न पनि मन्त्रालयले भनेको छ ।

राष्ट्रपतिले गरिन् अस्वीकार,प्रधानमन्त्रीको प्रस्तावलाई

काठमाडौं पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद अहिले चरम उत्कर्षमा छ । नेकपाका शीर्ष नेताहरुबीचको शक्ति संघर्षका कारण निस्किएको विवादले कुन मोड लिन्छ भन्ने यसै अनुमान गर्न नसकिने भएको छ ।

नेकपा विघटनको फुटमा पुगेको अनुमानसँगै पछिल्लो समय राजनीतिक वृत्तमा संसद विघटन त हुने होइन भन्ने अनुमान पनि गर्न थालिएको छ ।

त्यसो त संसद विघटन गर्ने र मध्यावधि निर्वाचनमा जाने प्रस्ताव बोकेर प्रधानमन्त्री केपी शर्मा ओली ३ मंसिर २०७७ अर्थात् गत मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको स्रोतको दाबी छ । तर, उनले लगेको यो प्रस्तावलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरिदिएकी छिन् ।

मंगलबार दिउँसो राष्ट्रपति भण्डारीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी थिइन् । प्रचण्ड राष्ट्रपति निवासबाट बाहिर निस्किए लगत्तै शीतल निवास पुगेका थिए, प्रधानमन्त्री केपी शर्मा ओली । त्यो दिन राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झन्डै डेढ घन्टा छलफल भएको थियो ।

स्रोतका अनुसार त्यस भेटमा प्रधानमन्त्री ओलीले अबको विकल्पका रुपमा संसद विघटन गर्ने र अगाडि बढ्ने बताएका थिए । तर, संसद विघटन गर्दा आफ्नो र यो सरकारको छवि थप धुमिल हुने भन्दै राष्ट्रपति भण्डारीले त्यसलाई अस्वीकार गरिदिइन् ।

‘संसद विघटन गर्ने, कोरोना महामारीको कारण देखाएर देशमा संकटकाल लगाउने र मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको प्रस्ताव थियो,’ ओलीनिकट स्रोतको दाबी छ, ‘तर, राष्ट्रपति भण्डारीले त्यसलाई अस्वीकार गरिदिनुभयो । अहिले संसद विघटन गरेर गए देशलाई पनि बेफाइदा हुने र आफूहरुको छविमा पनि आँच आउने तर्क उहाँको थियो ।’

आफ्नै कार्यकर्ताले लखेटे नेकपाका स्थायी कमिटी सदस्य पाण्डेलाई

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे चितवनमा लखेटिएका छन् । चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले लखेटेका हुन् ।

विरेन्द्रनगर आफ्नै निवास छेउमा राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमा विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनिएको थियो तर, विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध अनैतिक शब्दहरु प्रयोग गरेको भन्दै कार्यकर्ताले लखेटेका हुन् ।

चितवनमा रहेका पाण्डेले विभिन्न कमिटीलाई कार्यक्रम आयोजना गर्न भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध अनावश्यक आक्षेपहरु लगाउदै आएका छन् । आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध बेइजत मात्र नगरी जनतालाई भ्रमको खेती गरेकोसमेत कार्यकर्ताले आरोप लगाएका छन् ।

आफ्नो क्षेत्रमा विकासको नेतृत्वसमेत गर्न नसक्ने पार्टीभित्रै गुट तथा उपगुटको नेतृत्व गरी पार्टीलाई विभाजनको अस्थामा पुर्याउन पाण्डेको महत्वपूर्ण भूमिका रहेको भन्दै कार्यकर्ताले लखेटेका एक कार्यकर्ताले बताए । कार्यक्रममा नेता पाण्डेले विकास आयोजनाको कुनै प्रसंग नै नचलाई गुट–उपगुटको चर्चासहित प्रधानमन्त्रीलाई गाली बेइजत गरेका कार्यकर्ताको आरोप छ ।

नेता पाण्डे चितवन विकासको लागि नभई जनता तथा कार्यकर्तालाई भड्काउन आएको समेत एक कार्यकर्ताले बताए ।
पाण्डेले पछिल्लो समय पार्टी एकताको पक्षमा नभई विभाजनको संघरमा पु-याउने प्रकारका अभिव्यक्ति दिदै आएका छन् ।

कमेडियन भारतीको घरमा छापा !

बलिउड ड्र’ग्स केसमा कमेडियन भारती सिंह पनि मुछिएकी छिन् । नारकोटिक्स कन्ट्रोल ब्युरोले भारतीको अन्धेरीस्थित घरमा छापा मा’रेको छ ।

यसका साथै एनसीबीले भारती र उनका पति हर्ष लिम्बाचियालाई बयान दिन उपस्थित हुन नोटिस पठाएको छ । पछिल्लो समय एनसीबीले ड्रग्स केसमा कैयौं स्टारहरुलाई निशाना बनाएको छ । हालै अभिनेता अर्जुन रामपालको घरमा पनि छापा मारिएको थियो । भारती पछिल्लो समय द कपिल शर्मा शोमा व्यस्त छिन् ।

आइतबार देखि नि:शुल्क पिसिआर परीक्षण गर्ने काठमाडौं महानगरले

काठमाडौं महानगरपालिकाले आइतबार देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ। शनिबार राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले नि:शुल्क पीसीआर परीक्षण गराउन लागेको जानकारी दिएका हुन्।

उनले कार्यक्रममा पत्रकारहरूसँग बोल्दै आइतबार देखि स्वाब संकलन गर्ने कार्यलाई पुन: सूचारू गर्न लागेको बताए।
यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी समेत रहेको उनले बताए।

महानगरले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरेका छन्।

एक्लै सगरमाथा चढ्ने भारतीय नागरिकको घोषणा अक्सिजनविना

काठमाडौं । भारतको उत्तरप्रदेशका २७ वर्षीय युवक अर्जुन वाजपईले आगामी मे महिनामा विनाअक्सिजन एक्लै विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने घोषणा गरेका छन् ।

१० वर्ष पहिला सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गर्ने भारतीय नागरिकको पहिचान बनाएका उनले फेरि सगरमाथा चढ्ने योजना बनाएका हुन् । त्यतिबेला उनी १६ वर्षका थिए र एउटा आरोहण दलको सदस्यको रुपमा सगरमाथा चढेका थिए । यस अगाडि उनले नेपालका झण्डै आधा दर्जन हिमालको आरोहण गरिसकेका छन् ।

म सफल भएँ भने एक्लै सगरमाथा चढ्ने म पहिलो भारतीय नागरिक हुनेछु,’ उनले द हिन्दुस्तान टाइम्स पत्रिकासँग भनेका छन् । एक्लै चढ्नका लागि नेपालले अनुमति नदिए चीन तर्फबाट सगरमाथा चढ्ने उनको योजना छ ।