दुईको मृ’त्यु आज साँझ ट्याक्टर दुर्घटना हुँदा

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शनिबार (आज) साँझ साढे ४ बजेको समयमा मेलौली नगरपालिका–९ को असुरपाबाट मेलौलीतर्फ आउदै गरेको सु.प.प्र. ०१००२ त ४५७७ नं को खाली ट्याक्टर दुर्घटना हुदा मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र सोही नाम गरेका सोही ठाँउका ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका २५ वर्षीय चालक अमृत चौधरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रशाद अधिकारीले जानकारी दिए ।

चालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर सडकबाट सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

बिप्लवको चेतावनी राजावादीहरुको प्रदर्शनमा बम हान्ने

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय राजसंस्था र हिन्दुराज्यको पक्षमा भइरहेको प्रदर्शनहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विप्लवको नेकपाले ‘दक्षिणपन्थी भासमा डुबिसकेको’ वर्तमान केपी ओली नेतृत्व सरकारकै कारण ‘तत्कालिन सामन्तवादी सत्ताका नाइकेले टाउको उठाउने प्रयास गरेको टिप्पणी गरेको छ ।

विप्लवको नेकपाका एक केन्द्रीय नेताले ‘राजसंस्था’को पक्षमा ‘केही पश्चगामी तत्व’ले प्रदर्शन गरेकोप्रति पार्टी गम्भीर रहेको बताएका हुन् । उनले देशमा संकट आउने परिस्थितिमा आफ्नो पार्टी चुप लागेर नबस्ने पनि प्रष्ट पारेका छन् ।

‘तत्कालिन शासक ज्ञानेन्द्र शाहको शासन उनको व्यापारिक चरित्र, अदुरदर्शिता र स्वाभिमानी नेपाली जनतामाथि उनले गरेको दमनले ढलेको हो, यो कुरा ३ करोड नेपाली जनतालाई थाहा छ, अब फेरि ज्ञानेन्द्र वा उनका छोरा–नातीलाई शासक बनाउने कुरा स्वाभिमानी नेपाली नागरिकलाई स्वीकार्य हुँदैन,’ ती नेताले भने ।

जनता समाजवादी पार्टीबाट बर्खास्तीमा परेकी सरिता गिरीको प्रसंग उल्लेख गर्दै ती नेताले पूर्वराजा ज्ञानेन्द्र शाह, उनका छोरा पारस शाह र उनको परिवारका अन्य सदस्यबाट देशलाई झनै ठूलो खतरा रहेको बताएका छन् ।

‘ज्ञानेन्द्रले यो प्रदर्शनसँग आफ्नो सरोकार छैन भनिसकेको प्रतिप्रेक्ष्यमा भारतको राजस्थानमा जन्मिएकी भारतीय चेली नेपालकी बुहारी हिमानी शाह र तिनका सन्तानलाई सत्तामा राख्न कसरी मिल्छ ?,’ ती नेताले प्रश्न गर्दै भने, ‘हेक्का रहोस्, भारतीय चेली सरिता गिरीभन्दा अर्की भारतीय चेली हिमानी शाहबाट नेपाल देशलाई बढी खतरा छ ।यो समाचार अनलाइनपानाबाट साभार गरिएको हो ।

सपनालाई भेटेर दिए बधाई अर्थमन्त्री पौडेलले

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिबीसीको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरलाई भेटेर बधाई दिएका छन्।
शुक्रबार अर्थ मन्त्रालयमा मन्त्री पौडेलले सपना रोका मगरसँग भेट गर्दै बिबीसीको एक सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिएका हुन्।

नेपाल सरकारले गर्न नसकेको काम व्यक्तिगत स्तरबाट गरेर समाज सेवा गरेको भन्दै अर्थमन्त्री पाैडेलले सपनाको प्रशंसा गरे।
अर्थमन्त्री पौडेललाई सपनाले बेवारिसे व्यक्तिहरु र बेवारिसे भएका शवको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा रहेको बताइन्।

उनको माग सुनेपछि अर्थमन्त्री पौडेलले बेवारिसे शव व्यवस्थापनमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
साथै सपना जस्तो प्रेरणादायी समाजसेवीलाई भेटन पाउँदा खुशी लागेको पनि अर्थमन्त्री पाैडेलले बताए।

तीन प्रहरी निलम्बन सम्झनाको बला’त्कारपछि ह’त्या आरोपी प’क्राउ,

जिल्ला बालसुधार गृह डोटीबाट फरार भएका १६ वर्षीय राजेन्द्र बोहरा लाई प्रहरीले प’क्राउ गरेको छ ।

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको बला’त्कारपछि ह’त्या गरेको अभियोगमा पक्राउ परी पुर्पक्षका लागि उनलाई जिल्ला बाल सुधार गृह डोटीमा राखेको थियो । गए राति करिब ११ बजे फरार भएका बोहरालाई जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँको जङ्गलबाट प’क्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि बालसुधार केन्द्रमा राखिएका बोहरालाई केही दिन पहिले कोरोना सङ्क्रमण पुष्टि भएपछि बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनले बिहीबार राति करिब ११ बजेको समयमा अस्पतालको शौचालयको भेन्टिलेसन फुटाएर फरार भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए ।

भने, “बोहरा शौचालयको भेन्टिलेसन फुटाएर भागेछ, हामीले भागेदेखि नै खोजीकार्य जारी गरेका थियौँ, सानागाउँको जङ्गलमा लुकेको अवस्थामा आज उनलाई प’क्राउ गरेका छौँ ।” प’क्राउ परेका फरार अभियुक्त बोहरालाई अब जिल्ला अस्पतालमा राख्ने वा कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रहरी प्रमुख पाण्डेयले जानकारी दिए ।

आइसोलेसनबाट ह’त्या अभियोगी बोहरा फरार भएपछि उनको सुरक्षाका लागि त्यहाँ खटिएका तीना जना प्रहरीलाई निलम्बन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले ह’त्या अभियोगी बोहराको सुरक्षामा अस्पतालको आइसोलेसनमा खटिएका सबै प्रहरी कर्मचारीलाई निलम्बन गरिएको बताए । उनले भने, “बोहराको सुरक्षाका लागि खटिएका प्रहरीको सुरक्षा जिम्मेवारीमा कही कमीकमजोरी तथा लापर्वाही भएको देखियो, सबैलाई निलम्बन गरी घटनासम्बन्धी आवश्यक छानबिन हुनेछ ।”

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको बला’त्कार तथा ह’त्या अभियोगमा प’क्राउ परेका बोहोरालाई उमेर कम भएका कारण पुर्पक्षका लागि जिल्ला बालसुधार केन्द्र डोटीमा पठाइएको थियो । पुर्पक्षका लागि बालसुधार केन्द्रमा राखिएका बोहरालाई केही दिन पहिले कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीसहित अन्य चारजनालाई बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

बस दुर्घटना, २५ जना घाइते भर्खरै सल्यानमा

सल्यानमा बुधबार बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका–२ खारखोलामा बुधबार अपराह्न बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

नेपालगञ्जदेखि रुकुमपश्चिमको चौरजहारी जाँदै गरेको ना ४ ख ६७१५ नम्बरको बस सडकदेखि करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।
बसमा सवार २५ जना घाइतेमध्ये गम्भीर घाइते भएका ६ जनालाई नेपालगञ्ज, ४ जनालाई चौरजहारी अस्पतालमा पठाइएको र बाँकी १९ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

ढुंगा तथा सीसाको बोतल प्रदर्शनमा बर्दिबासमा लागेर सात प्रहरी घाइते

जनकपुरधाम– ६ वर्षीया बालिका गुलाब साहको ह’त्या भएको विरोधमा बर्दिबासमा जारी प्रदर्शनमा सातजना प्रहरी घाइते भएका छन्।

साहको हत्यापछि बर्दिवासमा जारी प्रदर्शनमा प्रदर्शनकारीले हानेको ढुंगा तथा सीसाको बोतल लागेर सातजना प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईले जानकारी दिए।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको उनले बताए। बालिका हत्या प्रकरणमा मंगलबार भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागि घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएपछि बर्दिवासमा लगाइएको निषेधाज्ञा तोडेर स्थानीयले गरेको प्रदर्शनमा सात प्रहरी घाइते भएका हुन्।

घाइतेमध्ये प्रहरी जवान अर्जुनप्रसाद बानियाँको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक चापागाईले बताए।

उनले भने, ‘घाइतेमध्ये सबैको अवस्था सामान्य हो तर एकजनाको अवस्था गम्भीर हो। प्रहरी जवान अजुर्नप्रसाद बानियाँका मुखमा बियरले लागेकोले मुखमा काटिएको छ।’

घाइतेहरुको उपचार बर्दिबासस्थित अस्पतालमा भइरहको उनले बताए। यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पीडित पक्षसँग वार्तामा सहमति भइसकेको अवस्थामा केही उच्छृङ्खल तत्वहरुले प्रदर्शनलाई जारी राखेको आरोप लगाए।

उनले भने, ‘वार्तामा उनीहरुको माग सम्बोधन गर्नका लागि पहल गर्ने सहति भइसकेको छ तैपनि केही उच्छृङ्खल तत्वले प्रदर्शन गरिरहेका छन्।’ निषेधाज्ञाको समयमा प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले प्रहरीलाई ढुंगा र खाली बियरका बोतलले प्रहार गरेका थिए।

दुवै खुट्टा भाँ’चियो, क्षतिपूर्ति मिलेन नेपालीको

नेपाल भारतको सम्बन्धलाई रोटी बेटीको सम्बन्ध पनि भनिन्छ । यतिमात्र नभई भारतमा रोजगारीको शिलसिलामा हजारौँ नेपालीहरु रहेका छन् । भारतमा नेपाली कामदारहरु धेरै समस्या रहेको छ । कहिले बेचिने, कहिले हेपिन, जस्ता घटनाहरु हामीले प्रत्येक दिन देख्न सक्छौँ। गरिबको हक हितलाइ प्रमुखता दिने मुम्बई जस्तो शहरमा नेपाली कामदारको यो अवस्था रहेको छ।

यस्तै दुखद् घटना अहिले भारतको मुम्बई शहरमा घटेको छ । कालिकोट जिल्ला, सान्नी त्रिवेणी गाउँपालिका, वडा नं १ निवासी मीन बहादुर शाही (मनोज) काम गर्दा गर्दै दुर्घटनामा परि अहिले जीवन भर शारिरिक असक्त हुने अवस्थामा पुगेका छन्।

शाहीको अवस्था गम्भीर भएपनि मालिकले कुनै चासो लिएन । उल्टै धम्कीका दिदै पिडित आफ्नो कम्पनिकै मालिकबाट हेपिएको गुनासो गरेका छन्। तीन महिना पहिला भारतको मुम्बई शहरमा लकडाउन खुलेको थियो । कोरोना महामारीको त्रास र लकडाउनको चपेटमा धेरै नेपालीहरुले आफ्नो रोजगारी गुमाएका छन्।

कोरोना महामारी सुरु हुनुभन्दा पहिले मिन बहादुर शाहीले मुम्बईकोे सडकमा ठेला पसल गर्दै आएका थिए। लामो समयसम्म लकडाउन भएपछि उनको ठेला पसल बन्द भयो।
मुम्बईमा हातमुख जोर्न समेत समस्या भएपछि मिन बहादुरले मुम्बईको कल्याण वेस्टमा म्युजिक प्राइम फिटनेस स्टेडियो (जीम)मा मासिक बाह्र हजार तलबमा सफाईको जागिर लागेका हुन्।

प्रत्येक दिन जस्तै मिन बहादुर शाही आफ्नो दैनिक कार्यमा व्यस्त थिए । जागिर लागेको ३ महिना नहुदै मिन बहादुरलाई झन ठुलो संकट आइपर्याे। गत अक्टोबर २ मा आफिसको पहिलो तल्लामा सरसफाई गर्ने क्रममा उनी चिप्लिएर पहिलो तल्ला बाट भुई तला खसे। उनका आफन्तका अनुसार दुर्घटनामा परेर मिन बहादुर बेहोस भएका थिए र उनको टाउकोमा चोट साथै दुवै खुट्टा भाँचियो।

मिन बहादुरलाई जिमका म्यानेजर सुभम नाम गरेका व्यक्तिले प्रहरिलाई खबर गरेर कल्याणमा रहेको रुकमणि अस्पतालमा पुर्याएका थिए। अस्पतालमा उपचार सम्भव नभएपछि कलवामा रहेको छत्रपति शिवाजि अस्पतालमा रेफर गरिएको थियो।

छत्रपती शिवाजि अस्पतालका डाक्टरका अनुसार दुवै खुट्टाको शल्यक्रिया गर्नु पर्ने नगरे जीवनभर अपांगता अवस्था हुने जानकारी दिए। पिडित मिन बहादुर शाहीका आफन्तले भन्छन, ‘हामीले जिमका मालिक सुरेश सँग औषधी उपचार गरिदिन आग्रह गर्दा मालिकले घाइतेको उपचार आफुले नगर्ने भन्दै उल्टै धम्कि दिने गरेका छन्।’

यस अवस्थामा उनका आफन्तले भारतको राजधानी दिल्ली स्थित नेपाली दूताबासलाइ यस घटनाको जानकारीका साथ् सहयोग गरिदिन आग्रह गरे पनि दूताबासले कुनै चासो नदिएको गुनासो गरे।

लकडाउनको चपेटमा परेका मीन बहादुर भारतमा बाच्नका लागि छटपटाई रहेका छन् । नेपालमा उनकी श्रीमती र २ छोरा उनकै भरमा रहेको छन् । मीन बहादुर आफै दुर्घटनामा परि यो अवस्था हुदा उनीहरुलाई समस्या परेको छ।

यो दुखद अवस्थामा उनलाई मुम्बईमा हेरचार गर्ने उनकी बहिनि मात्र छन्। उनकी बहिनी निरुता शाहीले नै ऋण धन गरि रात दिन उनकै हेरचार गरिरहेकी छन्।‘भएको रकम पनि सकियो बिरामीको अवस्था जस्ताको तेस्तै छ ।’ उनले भनिन्।

भारत सरकारको कानुन अनुसार कार्यस्थलमा काम गर्दै गर्दा कुनै दुर्घटना भएको अवस्थामा कम्पनिले नै सम्पर्ण उपचारका साथै क्षति पूर्ति दिने नियम छ। तर मीन बहादुर शाहीलाई जिमका मालीकले कुनै वास्ता नगरेको उनको गुनासो छ।

बलत्कार पछि ह’त्या ६ वर्षीया बालिकाको आरोपित युवकको घरमा स्थानीयले लगाइदिए आगो (भिडियो)

महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको श व फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको श व प्रहरीले सोमबार मध्यराति फे ला पारेको हो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक ह राएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

बालिकाको श व बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बो रामा खाँ देको अवस्थामा फे ला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बर्दिवास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको श व भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिनुभयो ।

बालिकाको नियोजित ह त्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको ह त्या गरेको स्वीकार गरेका प्रहरी नायब उपरीक्षक चापागार्इँले बताउनुभयो ।

घटना प्रकृति हेर्दा बालिकालाई ब ला त्कार गरेर ह त्या भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले भने श व परीक्षणपछि थप कुरा खुल्दै जाने जनाएको छ । श व परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको र घटनास्थललाई घेरा हा लेर प्रमाण सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक चापागार्इँको भनाइ छ ।

यसै बीच ह त्या आरोपमा समातिएका युवकको घरमा सथानीयले आगजनी गरेका छन् । अरुण कुमार साहको घरमा स्थानीयले घेरा हा लेर आ-गो लगाइदिएपछि अहिले ठूलो संख्यामा घ टनास्थलमा प्रहरी र स श स्त्र प्रहरी परिचालन गरिएको छ ।

साहको घरमा लागेको आ गो निभाउन दमकल आएको भएता पनि ठूलो संख्यामा घर अगाडी जम्मा भएका स्थानीय र बालिकाका आफन्तको अ वरोधका कारण दमकल घ’टनास्थलसम्म पुग्न सकिरहेको छैन ।

थप भिडियोमा हेर्नुस्

आठ सय युवाहरु ठगिनबाट जोगिए ठूला म्यानपावर कम्पनीहरुको बदमासी खुलासा भएपछि

काठमाडौं। वैदेशिक रोजगारीका लागि युवाहरुलाई विदेश पठाउँदै आएका दुई ठूला म्यानपावर कम्पनीहरुले करिब ८ सय युवाहरुलाई ठग्न बनाएको प्रपन्च खुलासा भएपछि युवाहरु ठगिनबाट जोगिएका छन्।

सोमबार राजधानीस्थित दुईवटा म्यानपावर कम्पनी डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर सर्भिसले युवाहरुलाई कतार पठाउने भन्दै अन्तरवार्ता लिइरहेका बेला वैदेशिक रोजगार विभागले छापा मारेको छ। धापासीस्थित एसओएसले करिब ४ सय जना जना युवाहरुलाई अन्तरवार्ताका लागि तयारी अवस्थामा राखेको बेला विभागको टोली त्यहाँ पुगेको थियो।

यस्तै गुह्यश्वरीस्थित डीडी ह्युमन रिसोर्सले करिब ४ सय युवाहरुको अन्तरवार्ता लिइरहेको बेला विभागले छापा मारेको हो। यी दुबै कम्पनीले विभागबाट पूर्व श्रम स्वीकृति नलिएर युवाहरुको अन्तरवार्ता लिइरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको विभागका महानिर्देशक कुमार दाहालले डिसी नेपाललाई जानकारी दिए। उनका अनुसार यी दुई कम्पनीले मिनिस्टरी अफ इन्टिरियर ह्युमन रिसोर्स डिर्पाटमेण्ट कतारमा सुरक्षा गार्डको रुपमा पठाउने भन्दै अन्तरवार्ता लिइरहेका थिए।

आकर्षक तलबको लोभ देखाएर म्यानपावर कम्पनीहरुले युवाहरुलाई फसाउने तयारी गरेको विभागको दावी छ। विभागका अनुसार यी कम्पनीहरुले सुरुमा मासिक ३ हजार कतारी रियल (करिब एकलाख) र ३ महिनापछि ६ हजार कतारी रियल (करिब ६ लाख) तलब हुने प्रलोभन देखाएका थिए। विभागले यी दुई कम्पनीका कागजात नियन्त्रणमा लिएको छ। महानिर्देशक दाहालले कागजात हेरेपछि आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए।

उनले भने, ‘पूर्व स्वीकृती नलिई अवैधानिक रुपमा अन्तरवार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागले अनुगमन गरेको थियो। निकै चर्को रकम लिएर अन्तरवार्तामा सामेल गराइएको भन्ने छ। हामीले दुवै म्यानपावरबाट डकुमेण्ट जफत गरेका छौँ। अनुसन्धानपछि विस्तृतमा जानकारी हुनेछ।’