अभिनेत्री मनिषाले भनेकी थिइन् सम्बन्धविच्छेदबारे– ‘मेरो भाग्यमा कुनै पुरुषको प्रेम छैन’

हरेक व्यक्तिले आफ्नो सुखी वैवाहिक जीवनको कल्पना गर्ने गर्छन् । विवाह अघि कसैलाई पनि थाहा हुँदैन कि उनीहरुको सम्बन्ध कति दिन, कति महिना वा कति वर्षसम्म चल्दैछ । दुई व्यक्ति जब सँगै हुन्छन् तब उनीहरुले आफ्नो जीवन रथलाई सही तरिकाले चलाउने कोसिस गर्ने गर्छन् । तर रथ जहिले पनि सन्तुलित तरिकाले चल्छ भन्ने ग्यारेन्टी हुँदैन ।

सुरुवातमा जो पार्टनर राम्रो लाग्छ, उसँग समस्याको सिलसिला त्यतिबेला सुरु हुन थाल्छ जब गृहस्थ जीवनका जिम्मेवारीले आफ्नो खुट्टा पसार्न थाल्छ । त्यतिबेला मानिसहरुलाई लाग्छ कि उनीहरु विवाहित जीवनका लागि बनेका होइनन् । ९० की दशककी बलिउडकी निकै चर्चित अभिनेत्री मनिषा कोइराला पनि ती मध्ये एक हुन् जसको वैवाहिक सम्बन्ध टुटेको छ । उनले आफ्नो मनको ढोकालाई यसरी बन्द गरिदिएकी छिन् कि उनी अहिले पनि एक्लो जीवन बाँचिरहेकी छिन् ।

मनिषा कोइरालाले सन् २०१० जून १९ मा नेपालका व्यापारी सम्राट दाहालसँग विवाह गरेकी थिइन् । उनीहरुको विवाह दुई वर्ष पनि टिक्न सकेन । विवाहको केही समयपछि नै मनिषा र उनका श्रीमान्को खटपट हुन थालेको थियो । विवाहको ६ महिनापछि नै मनिषाले सोसल नेटवर्किङ साइट फेसबुकमा उनको सबैभन्दा ठूलो दुश्मन उनका श्रीमान् भएको र आफू उनीसँग बस्न नचाहेको लेखेकी थिइन् । यतिमात्रै होइन, दुई वर्षको विवाहमा उनीहरुबीचको मतभेद यदि बढ्यो कि उनीहरुले तत्काल आफ्नो विवाह समाप्त गर्ने बारे निर्णय गरे ।

यद्यपि, आफ्नो टुटेको विवाहमा मनिषाले एक अन्तरवार्तामा सम्बन्धविच्छेदका लागि उनी आफू नै जिम्मेवार भएको बताएकी छिन् ।
‘मेरो भाग्यमा कुनै पुरुषको प्रेम छैन’

आफ्नो सम्बन्धविच्छेदबारे कुरा गर्दै मनिषाले भनेकी थिइन्, ‘मेरो विवाहको विषयमा भिन्न विचार थियो । म विवाह गर्न चाहन्थेँ र विवाहित जीवनमा रहँदा मलाई थाहा भयो कि म यसका लागि बनेकी होइन । यदि तपाईं एक खराब सम्बन्धमा हुनुहुन्छ भने तपाईं अलग्गिनु नै राम्रो हुन्छ । मेरो मनमा सम्राटप्रति कुनै तित्तता छैन । म हतारमा विवाह गरेकोमा आफैंलाई जिम्मेवार मान्छु । यो पूर्ण रुपमा मेरो गल्ती हो ।’

यतिमात्रै होइन, सन् २०१२ मा सम्बन्धविच्छेद पछि मनिषाको स्वास्थ्य लगातार खस्कन थालेको थियो । पछि उनलाई क्यान्सर भएको पत्ता लाग्यो । यद्यपि, उपचारपश्चात् मनिषा पूर्ण रुपमा ठिक भइसकेकी छिन् । तर विवाह टुटेपनि उनलाई यसले पूर्ण रुपमा छोड्न सकेको छैन । उनले एकपटक भनेकी थिइन्, ‘मेरो विवाह टुट्दा म पूर्ण रुपमा टुटेकी थिएँ । त्यसपछि मलाई क्यान्सर भएको थाहा भयो । प्रेम मेरो भाग्यमा छैन । कुनै गलत सम्बन्धमा हुनुको साटो यो तितो सत्यलाई स्विकार गरुँ ।’

‘म अब कुनै पनि व्यक्तिलाई आफूलाई दुःखी गर्नका लागि अनुमति दिने छैन ।’

अभिनेत्रीले गरिन् आ’त्मह’त्या इंगेजमेन्ट गरिसकेकी

दक्षिण भारतकी चर्चित अभिनेत्री तथा भिजे चित्राको नि’धन भएको छ । उनले आ’त्मह’त्या गरेको बताइएको छ । चित्राको मृ’त शरीर चेन्नइबाहिर रहेको एक होटलमा भेटिएको छ । पुलिसले उनको श’वलाई पोष्टमार्टमको लागि पठाएको छ । चित्राको केही समय पहिले इंगेजमेन्ट भएको थियो । अभिनेत्रीको नि’धनले दक्षिण भारतीय मनोरञ्जन उद्योग शोकमा छ ।

रिपोर्टका अनुसार चित्रा केवल २८ वर्षकी थिइन् । चेन्नइको नाजरेथपेट्टइ क्षेत्रको एक होटलमा उनको श’व भेटिएको थियो । पुलिसले आ’त्मह’त्या गर्नुपर्ने कारणबारे अनुसन्धान गरिरहेको छ । चित्राले हालै चर्चित व्यवसायी हेमन्त रावसँग इंगेजमेन्ट गरेकी थिइन् । जानकारीका अनुसार चित्रा हुनेवाला पति हेमन्तसँग नै बस्थिन् । रिपोर्टअनुसार चित्रा घटनाको दिन राती साढे २ बजे होटल फर्किएकी थिइन् । उनले इभिपी फिल्म सिटीमा शुटिङ गरिरहेकी थिइन् ।

होटलमा उनका हुनेवाला पति पनि साथमा थिए । हेमन्तले पुलिसलाई बताएअनुसार कामबाट फर्किएपछि चित्रा नुहाउन गएकी थिइन् । लामो समय बितिसक्दा पनि उनी बाहिर ननिस्किएपछि हेमन्तले ढोका ढक्ढक्याएर बोलाएका थिए तर जवाफ नदिएपछि उनले होटल स्टाफलाई सूचित गरे । डुप्लिकेट चाबीले ढोका खोल्दा चित्राको श’व झुण्डिएको अवस्थामा थियो । चित्रा डिप्रेसनमा भएकोले यो निर्णय गरेको बताइन्छ । कैयौं तमिल च्यानलमा प्रस्तोताको काम गरेकी चित्रा पछिल्लो समय पांडियान स्टोर्स धारावाहिकमा काम गरिरहेकी थिइन् ।

१३ बर्षीय छिमेकीको छोरालाई बाँधेर बला’त्कार गर्ने महिला प’क्राउ

पछिल्लो समय नेपालमा मात्रै नभई भारतमा पनि बला’त्कार एक प्रमुख समस्या भएको छ । यो बिचमा भारतको उत्तर प्रदेश (यूपी) मा ३० वर्षीय महिला बलात्कार प्रयासको आरोपमा पक्राउ परेकी छिन् ।

पक्राउ परेकी महिला माथि १३ वर्षीय किशोरलाई बला’त्कारको प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेकी महिला माथि जबर्जस्ति करणी प्रयास सँगै कुटपिटको मुद्दा लगाइएको बुझिएको छ ।

पिडित बालकको आमाले समयमा नै उद्धार नगरेको भए महिलाले बालकलाई बला’त्कार गरिसकेको हुने थिइन् । पिडित बालकको गुप्तअङ्गमा चोट पुगेको बुझिएको छ । घर नजिकैको चौरमा खेलिरहेका बालक धेरै समय सम्म पनि घर नफर्किएपछि पिडित बालककी आमा आफ्नो छोराको खोजिमा जुटेकी थिइन् ।
खोजि गर्दै गर्दा आफ्नै छिमेकमा रहेकी एक महिलाले लिएर गएको पत्ता लागेको थियो । आरोपी महिलाको घरमा पिडित बालकलाई बन्दक बनाइराखेको अवस्थामा फेला परे पछि बला’त्कार प्रयासको घटना बाहिरिएको थियो ।

पिडित बालकलाई आरोपी महिलाले पहिला फकाउन खोजेकी थिइन् । तर नमानेपछि बाँधेर बला’त्कारकोप्रयास गर्दै गर्दा बालकको उद्धार भएको थियो ।

उद्धार गरेसँगै पिडित बालकको परिवारले प्रहरीमा उजुरी गरेपछि बला’त्कार प्रयास गर्ने महिला पक्राउ परेकी थिइन् । पक्राउ परेकी महिलाको अहिले स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आमा बन्दै छ्न् श्वेता खड्का ! सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्यता नै हो !

चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन। उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो। अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन्।

‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरेका यमको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन्। चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन्।

चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने छ। कोरोना महामारी र लकडाउनको अवस्था सहज हुनेबित्तिकै चलचित्रको छायांकन सुरु हुने बताइएको छ।

चलचित्रमा छोरीको भूमिकामा सेड्रिना शर्मालाई लिने प्रयास भइरहेको छ। डेब्यु चलचित्र ‘कहाँ भेटिएला’ बाट लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन्। चलचित्रमा उनको केन्द्रीय भूमिका छ । चलचित्रमा समावेश अन्य कलाकार तथा प्राविधिकको जानकारी कही समयमा गराउने निर्देशक थापाले बताए।

मंसिर २८ गते देखि खुल्ने मनकामना मन्दिर

गोरखा । कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिना बन्द रहेको मनकामना मन्दिर मंसिर २८ देखि खुल्ने भएको छ । मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र केवलकार सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ८ गतेबाट मन्दिर र केवलकार बन्द गरिएको थियो ।

संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर मन्दिर सञ्चालन गरिने समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए । ‘संस्कृति महाशाखाको मापदण्डलाई टेकेर मनकामना क्षेत्रलाइ कोभिड–१९ बाट सुरक्षित राख्न कार्यविधि तयार गरिसकेका छौ,’ उनले भने, ‘भक्तजनहरुले उक्त कार्यविधि अनिवार्य रुपमा पालना गर्नुपर्छ ।’ कार्यविधि अनुसार भक्तजनहरु लाइनमा बस्दा तीन फिटको भौतिक दुरी कायम गर्नुपर्ने छ । मास्क अनिवार्य गरिएको गुरुङ बताए ।

हाललाई भक्तजनहरु मन्दिरभित्र गएर पूजाआजा गर्न पाउने छैनन् । ‘मन्दिर खुलेपनि अहिलेलाई भक्तजनहरु भित्र गएर पूजाआजा गर्न पाउनुहुन्न, मन्दिर बाहिरैबाट दर्शन गर्ने हो, भक्तजनले ल्याउनु भएको फूल, प्रसाद पुजारीले भित्र लगेर चढाइदिने व्यवस्था भने हुन्छ,’ गुरुङले भने । मन्दिरमा बिशेष पूजाआजा नहुने र पशुपन्छीको बलि पनि नचढाइने उनले जानकारी दिए । मन्दिर र केवलकार सञ्चालनका लागि समन्वय गरिदिन जिल्ला स्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाइ पत्राचार गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

केवलकार पनि सञ्चालनमा आउने

मन्दिरसँगै केवलकार पनि सञ्चालन हुने भएपछि आवश्यक मर्मत संहारको काम सुरु भएको मनकामना दर्शन प्रालिका नायव प्रवन्धक उज्वल सेरचनले बताए । ‘मर्मत संहारको काम लगभग सकिसकेका छौं, सप्टवेयर, हार्डवयरको र सरसफाइको काम बाँकी छ, तीन दिनमा सबै काम सक्छौ,’ उनले भने । स्वास्थ्य सुरक्षा मापदण्डका लागि ‘स्टाण्डर अपरेसन प्रोसिजर (एसओपी)’ निर्माण गरिएको उनले जानकारी दिए ।

उनका अनुसार केवलकारले साविकको भन्दा आधा प्रतिशत मात्र यात्रु बोक्ने छ । ‘यसअघि एउटा कारमा ६ जना यात्रु हुन्थे तर अब तीन जना मात्र राख्छौं, मास्क र सेनिटाइजर अनिवार्य गरेका छौं,’ सेरचनले भने । केवलकारको मुख्य प्रवेशद्धारमा थर्मलगनबाट यात्रुहरुको ज्वरो नाप्ने व्यवस्था समेत गरिने उनले बताए ।

मासिक डेढ लाख आम्दानी, एक बोटमै १० किलो टमाटर कोरिया छाेडेर

हाइटेक प्रविधिमा लटरम्म टमाटर फलेपछि सन्धिखर्क नगरपालिका–१० बेलटारीका कृषक खिमबहादुर पाण्डे (बाबुराम) दंग हुनुहुन्छ । व्यावसायिक कृषि पेशा अंगाल्नुभएका खिमबहादुरले प्रविधिमैत्री बन्नुपर्छ भनेर हाइटेकमा टमाटर खेती गर्नुभयो । अहिले उहाँको बारीमा लटरम्मै टमाटर फलेका छन् । उत्पादित टमाटर बेच्नको लागि बजारको पनि समस्या छैन् । ८० देखि एक सय रुपैयाँ किलोमा टमाटर बिक्री भैरहेको छ । झण्डै ८ सय टमाटरका बिरुवाबाट उहाँले ८ टन भन्दा बढी टमाटर उत्पादन हुने अनुमान गर्नुभएको छ ।

रोजगारीको लागि कोरिया जान ९ वर्ष अघि खिमबहादुरको भिसा लागेको थियो । कृषि भिसामा कोरिया जानुभन्दा आफ्नै माटोमा केही गरेर देखाउँछु भनेर आफू कृषि पेशामा लागेकाे उहाँले बताउनुभयो ।‘शुरुमा त कोरियाको भिसा छाडेर खोरियामा कृषि गर्छु भन्दा सबैले खिसी गरे, अहिले सबैले स्याबासी दिन्छन्’, पाण्डेले खुसी हुँदै भन्नुभयो, ‘आफ्नै देशमा यति गर्न सके त विदेश जानै परेन नि ।’

उहाँले तरकारी खेती मात्र गर्नुभएको छैन । गाई र भैंसीपालन पनि गर्नुभएको छ । अहिले उहाँको गोठमा २१ वटा गाई भैंसी रहेका छन् । दैनिक सय लिटर दुध सन्धिखर्क बजारमा लगेर बेच्ने गर्नुहुन्छ । तरकारी र दुध बेचेरै खिमबहादुले महिनाको डेढ लाख भन्दा बढी आम्दानी गर्नुहुन्छ । कृषिलाई हेयको दृष्टिले हेर्ने हाम्रो समाजमा उहाँले कृषि पेशाको कमाइबाटै छोरालाई बेंग्लोरमा डाक्टरी र छोरीलाई सन्धिखर्कको निजी स्कुलमा पढाउनुभएको छ ।

उहाँको बारीमा हाइटेक प्रविधिमा लगाएको टमाटर धेरै राम्रो फलेको छ । औषतमा एक बोटमा १० किलो भन्दा बढी टमाटर फल्ने गरेको छ । तरकारी खेतीलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अर्घाखाँचीमा हाइटेक प्रविधि भित्र्याएको हो । यो प्रविधिले थोरै स्थानमा गरेको खेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ । यसको प्रयोगबाट कृषकहरुले बढी लाभ लिन सक्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनका प्रमुख घनश्याम चौधरीको भनाइ छ ।

खिमबहादुर पाण्डे पनि यो प्रविधिले गर्दा नै तरकारी खेतीबाट आफूले बढी आम्दानी गर्न सकेको बताउनुहुन्छ । विदेशमा दुःख गरेर, घरपरिवारबाट टाढिएर लाख कमाउनुभन्दा केही थोरै कमाइ भए पनि आफ्नै देशमा उद्यम गर्नुपर्छ भनेर आफू विदेश नगएको उहाँ बताउनुहुन्छ ।

रोजगारीको लागि विदेशमा भौतारिएका युवाहरुलाई कृषि पेशामा स्वरोजगार बनाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यान जानुपर्ने उहाँको भनाइ छ । खिमबहादुरको परिश्रम र प्रगति देखेरै उहाँको सिको गरेर गाउँमा अरु युवाहरु पनि गाउँमै कृषितर्फ आकर्षित भएका छन् । उहाँको यही अनुभवले भन्छ, ‘कृषिलाई व्यावसायिक र प्रविधियुक्त बनाउन सके कोही पनि युवा विदेश जाने थिएनन् ।’

मिस नेपाल २०२०’ नम्रता श्रेष्ठ बनिन्

यस वर्षको ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन्। ११ प्रतिस्पर्धीलाई पछि पार्दै ले ‘मिस नेपाल’को उपाधि जितेकी हुन्।

उनले अब मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन्। उनलाई यसअघिको मिस नेपाल अनुष्का श्रेष्ठले क्राउन पहिराइदिएकी थिइन्। उनले नगद रु २ लाख ५ हजार प्राप्त गरेकी छिन्।

यस्तै मिस नेपाल सुपर नेशनल २०२०को उपाधि सिमल कनोडियाले पाएकी छिन्। यस्तै ‘मिस नेपाल इन्टरनेसनल २०२०’को उपाधि सन्ध्या शर्माले जितेकी छिन्। उनलाई गत वर्षकी ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले ताज पहिर्‍याइदिएकी थिइन्।

त्यस्तै मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले जितेकी छन्। उनलाई गत वर्षकी मिस नेपाल अर्थ रिया बस्‍नेतले क्राउन लगाइ दिएकी थिइन्। उनले ‘मिस अर्थ २०२०’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् भने १ लाख पुरस्कार पनि प्राप्त गरिन्।

यस्तै ब्युटी विथ पर्पसको उपाधि सन्ध्या शर्माले जितेकी छिन् भने मिस पपुलर च्वाइस अवार्ड पनि उनैको पोल्टामा परेको छ। यस्तै त्यस्तै मिस हेल्दीको उपाधि नेहा सरकारले जितेकी छन् भने मिस फोटो जेनिकको उपाधि आस्तिका श्रेष्ठले जितेकी छिन्।

यस्तै मिस ग्ल्यामरको उपाधि योजना भट्टराइले जितेकी छिन्। यस्तै मिस स्टाइलिस मेरिसा सिंह सुवालले जितेकी छिन्। यस्तै वुमन अफ सबस्ट्यान्सको उपाधि सन्ध्या शर्माले जितेकी छिन् भने मिस इन्टेलेक्चुअलको ताज नम्रता श्रेष्ठले जितेकी छिन्। यस्तै मिस फिटनेशको उपाधि सुबाङगी खत्रीले जितेकी छिन्।

यस्तै टुरिमको उपाधि रिया श्रेष्ठले जितेकी छिन्। ती सबैजनाले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

आलुको बीउ पाइएन !’ ‘मनको ६ हजार दिन्छु भन्दा नि

इलाममा यस वर्ष रोप्नको लागि आलुको बीउ किन्न नपाउँदा किसान चिन्तित बनेका छन् । बर्खे आलु रोप्ने मुख्य सिजनमा नै बीउ नपाउँदा किसानहरु चिन्तित बनेका हुन् । हिउँ पर्ने क्षेत्रमा समेत आलु फल्ने भएकाले जिल्लाका अधिकांश किसान आलुखेती गर्छन् ।

यो समय बर्खे आलु रोप्नको लागि धमाधम माटो तयार गरिने समय हो । माथिल्लो भेगमा मंसिरमा माटो तयार गरिन्छ र पुस पहिलो हप्तासम्ममा रोपिसकिन्छ । तल्लो भेगमा पुसमा माटो तयार गरी माघदेखि फागुनको मध्यसम्ममा आलु रोपीसकिन्छ ।

किन्न खोजे बीउ नै पाइन्न
बीउ नपाउने समस्याका कारण यस वर्ष आफ्नो मात्रै होइन धेरैको बारी बाँजै रहने भएको इलाम नगरपालिका ३ इलामका किसान गणेश सुनुवार गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मनको छ हजार दिन्छु भन्दा पनि आलुको बीउ नै पाइन, त्यसैले यो वर्ष हिउँदे सिजनको आलु रोप्दै रोपिनँ ।’

उहाँको जस्तै समस्या देउमाई नगरपालिका १ का किसान कृष्ण राईलाई पनि छ । उहाँले गतसाल १४ मन आलु रोप्नु भएको थियो । यो साल भने बीउँको समस्या भएकाले १० मन मात्रै रोप्दै हुनुहुन्छ । गतसालको मेहेनतले यो साल उहाँले खाने आलु २५ मन बेच्नु भयो । बीउ आलु भने ४० मन बेच्नु भयो । आफ्नै बारीको आधा र अरुको बारीमा फलाइएका आधा गरी आलु रोपिने भएकाले यस वर्ष पनि आधा अरुको बारीमा फलाइएका आलु लिएर रोप्ने मनसायले उहाँले तीन हजार दुई सयको भाउमा आलु बीउ बेच्नु भएको हो । तर अहिले रोप्ने सिजनमा भने आलु बीउ किन्नै पाएन ।

‘सबै किसान मेरैमा आलु बीउ किन्न आए । आफू कस्कामा किन्न जानु ? उबेला किन्न पाइन्छ भनेर बेचियो । अहिले आफ्नै बारी बाझो भो’, उहाँ भन्नुहुन्छ, ‘अब यो साल यत्ति नै रोपेर चित्त बुझाउछु ।’

गएको सालको तुलनामा आलु उत्पादन बढेको छ । माइजोगमाई गाउँपालिका १ का किसान तथा व्यापारी पेम्बा शेर्पाले यो साल दुई सय मन आलु बेच्नु भयो । ३० मनबाट फलेको आलु सो बराबर बेचेर आफ्नै लागि ४० मन बीउ रोप्नको लागि राख्नु भएको छ । शेर्पाका अनुसार, माइजोगमाई १ मा मात्रै डेढ सय घरधुरी आलु खेतीमा आश्रित छन् ।

इलाममा उत्पादित आलु स्थानिय बजारसँगै झापा, मोरङ्ग, काठमाण्डौँ लगायतका बजारमा पुग्छन् । जिल्लामा एमएस, डेजिरे, बिटे, झ्याले, जनकदेव, खुमल उपहार, खुमल सेतो जस्ता जातका आलु रोपिन्छन् । यस वर्ष इलामको बागबानी विकास केन्द्र इलामले चार सय १२ मन आलु विक्री गरेको छ । यो गतसालको तुलनामा ४३ मन बढी हो । केन्द्र यस वर्ष एक सय ३७ मन रोप्ने तयारीमा छ ।

यस केन्द्रबाट जनकदेव, खुमल उपहार, खुमल सेतो जातका आलु विक्री गर्ने गर्छ । यो साल आलुको माग नै धेरै भएको बागबानी विकास केन्द्र इलामका गणेश खत्रीले जानकारी दिनु भयो । यो साल २४ सय मन आलु किसानले माग गरेको उहाँले बताउनुभयो ।

हल्लियो रुस यी तीन दिदीबहिनीले गरेको हत्याले

तीन दिदीबहिनीले आफ्नो पिताको हत्या गरिदिए । यस खबरले रुसभरि सनसनी मच्चायो । पिताको हत्या गर्दा एन्जेलिना १८, मारिया १७ र क्रिस्टिना १९ वर्षका थिए ।

घटना सन् २०१८ को जुलाई २७ मा भएको हो । मिखाइल खैचतूरयान नामक व्यक्तिलाई आफ्नै घरमा चक्कु र हतौडाले आक्रमण गरी नराम्रो घाइते बनाएपछि मृत्यु भएको हो ।

प्रहरीले हत्याको आरोपमा मिखाइलका तीन छोरीहरूलाई पक्राउ गरेको थियो । पितालाई किन मारेको भनी दिदीबहिनीलाई सोध्दा उनीहरूले दिएको जवाफले रुस मात्र नभई संसारलाई स्तब्ध बनायो ।

घटनाको दिन मिखाइलले तीनैजना छोरीलाई आफ्नो कोठामा बोलाए अनि भुइँ राम्ररी सफा नगरेको भन्दै गाली गरे र अनुहारमा खुर्सानी फ्याँके ।

त्यसको केही समयपछि मिखाइल सुते । अनि तीन दिदीबहिनीले उसमाथि चक्कु, हतौडा र खुर्सानीको धूलोले आक्रमण गरे । उसको शरीरमा चक्कुले गरेको आक्रमणको ३० वटा घाउ देखियो ।

त्यसपछि दिदीबहिनीले प्रहरीलाई कल गरे अनि उनीहरूलाई घटनास्थलबाट पक्राउ गरियो । प्रहरीले अनुसन्धान गर्दा मिखाइलले परिवारमाथि गरेको क्रूरताको इतिहास खोतलियो । विगत तीन वर्षदेखि मिखाइलले छोरीहरूलाई कुटपिट गर्ने गरेको, थुनेर राख्ने गरेको र यौन शोषण गर्ने गरेको थियो ।

दिदीबहिनीले पिताविरुद्ध अभियोगका लागि अनेकौं प्रमाण दिए । क्रिस्टिनाले भनिन्, ‘हाम्रा पिता विवाहेतर सम्बन्ध पाप हो भन्थे । तर हामी त उनका छोरी हौं । हामीलाई उनी शोषण गर्थे र हामीले चुपचाप स्वीकार गर्नुपर्थ्यो ।’

उनी थप्छिन्, ‘उहाँसँग एउटा विशेष घन्टी थियो र उहाँ त्यो दिनरात जतिखेर पनि बजाउनुहुन्थ्यो । घन्टी सुन्नेबित्तिकै हामीमध्ये एक उपस्थित भइहाल्नुपर्थ्यो । अनि उहाँले जे चाहेको हो, त्यो दिइहाल्नुपर्थ्यो । खाना, पानी, सुख जे पनि । हामीले दासी जस्तो भएर सेवा गर्नुपर्थ्यो ।’

मिखाइलकी पत्नी अरेलियाले भनिन्, ‘पतिले मलाई कुट्ने गर्थे र यौन हिंसा पनि गर्थे ।’ सन् २०१५ मा मिखाइलले आफूलाई घरबाट निकालेको पनि अरेलियाले बताइन् ।

‘मिखाइलले प्रहरीलाई चिनेका थिए । त्यसैले प्रहरीमा गएर उजुरी गर्नुको अर्थ थिएन । त्यसो गर्नु खतरनाक हुन्थ्यो,’ उनले भनिन् ।

आफूलाई घरबाट निकालिनुअघि नै पतिले छोरीहरूमाथि क्रूरता गर्ने गरेको उनले बताइन् ।

माहिली छोरी एन्जेलिना भन्छिन्, ‘सन् २०१४ मा मस्कोबाट आएपछि पिताले मलाई अनेकौं काम गर्न लगाए । उनले मेरा गुप्तांगहरू छोए । हप्तामा एकपटक वा बढी पनि यस्तो हुन्थ्यो । मैले दिदी र बहिनीलाई यो सुनाएँ । दिदी क्रिस्टिनाले पनि पिताबाट यौन शोषण भएको बताइन् । उसले एकपटक थुप्रो औषधि पनि खाएकी थिई ।’

दिदीबहिनीलाई आफ्नो जीवन नरक बनेको जस्तो लागेको थियो । उनीहरूले दुःखको सागरबाट निस्कने आशा नै गर्न सकेका थिएनन् ।

पिता सुतिरहेको बेलामा आफूहरूले चक्कु र हतौडाले हानेको उनीहरूले प्रहरीलाई बताए ।

विगत एक वर्षदेखि यी दिदीबहिनीलाई थुनामुक्त गर्नका लागि माग राख्दै जुलुसहरू भइरहेका छन् । मानवअधिकारकर्मीहरूले उनीहरूलाई अपराधी नभई पीडितका रूपमा हेर्नुपर्ने माग पनि राखे ।

पिताबाट आफूहरूले संरक्षण पाउनुपर्नेमा शोषण भएको र पिताले यस विषयमा कुनै सहायता नगर्ने भएकाले जघन्य कदम उठाउनुपरेको बताए ।

तर मानिसहरूको धारणा यसमा विभाजित छ । एकथरी मानिस यी किशोरीहरूले आत्मरक्षामा पिताको हत्या गरेको मान्छन् भने अन्य चाहिँ यो जानीबुझी गरिएको हत्या भन्छन् ।

लकडाउन हुँदै भोलिबाट १० दिन ! लामो तथा छोटो दुरीका यातायात पनि बन्द हुने

बैतडी जिल्लाको सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा भोलीबाट १० दिनसम्मका लागि लकडाउन गर्न निर्णय गरिएको छ।
नगरकार्यपालिकाको आज बसेको बैठकले भोलीदेखि मंसिर २२ गतेसम्म १० दिनका लागि नगरपालिका क्षेत्र लकडाउन गर्ने निणर्य गरेको हो।

कोरोना भाइरसका नगरपालिकामा १८ जना सक्रिय संक्रमित रहेका र कोरोना संक्रमणको जोखिम बढेको भन्दै १० दिनका लागि लकडाउन गर्ने निणर्य भएको दशरथचन्द नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए।

लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दुरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजे सम्म मात्रै खोल्न पाइने जनाएको छ।

यस्तै अतिआवश्यक बाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निणर्य भएको छ । नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निणर्य गरेको अध्यक्ष भट्टले बताए।

नगर क्षेत्रभित्र रहेका बैंक तथा बित्तीय संस्थाहरुले हप्तामा आइतबार, मंगलबार र बिहीबार मात्रै खुला हुनेछन् भने नगर क्षेत्रभित्र रहेका संघीय र प्रदेश सरकार मातहतका कार्यालय समेत बन्द गर्न अनुरोध गर्ने निणर्य गरेको छ।