ईमान्दार असल लोग्ने को खोजीमा छु….. कोही छ ?

म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती, हाम्रा दुई छोराछोरी सानो सुखी परिवार । काठमाडौँमा एउटा पुस्तेनी घर थियो । हाम्रो भागमा तीन कोठा लाग्यो । हामीलाई बस्न तीन कोठा नै हामीलाई प्रर्याप्त थियो ।

घर भाडा तिर्नु नपर्नेभएकाले हामी दुई बूढाबूढीको कमाइले हामीलाई छेलोखेलो थियो । एक दिन श्रीमान्ले केके सुनेर आउनुभयो, अनायस नै राती इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त मेरा श्रीमान्ले सँधैँजसो केही न केही इजरायलका बारेमा नयाँ कुरा ल्याएर मलाई दिनहुँ जसो सुनाउने गर्न थाल्नुभयो । एक दिन मैले झर्को मान्दै भने, हामीलाई के काम इजरायलको गफ । न जाने गाउँको बाटै नसोध्नू ।

किन र तिमी पनि जाऊ न इजरायल ! अब त केटाकेटी पनि ठूला हुँदै गए, भोलि उनीहरूको उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ तन्किने होइन, बरु म यहाँ केटाकेटी स्याहारेर बस्छु, तिमी जाऊ इजरायल र हाम्रो पनि आर्थिक हैसियत अलि उकासौँ । किन नजाने गाउँको बाटै नसोध्नू भन्छ्यौ । हामीले कहिले आफ्नो घर बनाउने ।

मैले ‘महानायिका’ स्विकारेँ’ करिश्मा भन्छिन्–‘लैंगिक समानताका लागि

सन् २०१४ मा नायिका करिश्मा मानन्धरलाई नेपाल चलचित्र प्राविधिक संघले हङकङमा आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा ‘सदाबहार नायिका’को उपाधि दियो । करिश्मालाई ‘सदाबहार नायिका’को उपाधि दिनु भन्दा केही बर्ष अगाडि प्राविधिक संघले नै नायक राजेश हमाललाई ‘महानायक’को उपाधि दिएको थियो ।

उसो त, करिश्मालाई नेफ्टाले ‘सदाबहार नायिका’को उपाधि नदिदा पनि दर्शक तथा मिडियाले उनलाई ‘सदाबहार नायिका’ नै भन्दै आएका थिए । यसपछि, भने उनको नामको अगाडि यो ट्याग अझै विशेष तरिकाले प्रयोग गर्न थालिएको हो ।

उनै, करिश्मालाई केही दिन अगाडि काठमाण्डौमा आयोजना भएको कार्यक्रममा आर.के इन्टरटेन्मेन्ट नामक एक संस्थाले ‘महानायिका’को उपाधि दियो । करिश्माले दुबोको माला लगाएरै सम्मान ग्रहण गरिन् । यसपछि भने करिश्मालाई दिइएको यो उपाधिमाथि प्रश्न चिन्ह पनि उठ्न थालेको छ ।

के करिश्मालाई उपाधिको आवश्यकता छ ? के करिश्मा मानन्धर आफैमा ब्रान्ड होइनन् ? उनी आफूलाई ‘महानायिका वा सदाबहार नायिका’मध्ये के भन्न चाहन्छिन् ?

१. तपाइलाई सन् २०१४ मा चलचित्र प्राविधिक संघले ‘सदाबहार नायिका’को उपाधि दिएको थियो । फेरि, तपाइले केही दिन अगाडि मात्र ‘महानायिका’को उपाधि पनि ग्रहण गर्नु भयो ? अब तपाइलाई ‘महानायिका वा सदाबहार नायिका’ के भन्ने त ?

मैले यो बिषयमा बोल्न चाहेको थिइनँ । कुनै संघ संस्था भनेको केही जनताको समुह हो । केही समुहले मलाई केही देख्ला, अर्कोले अर्कै देख्ला । मैले ‘नाई’ भन्न मिल्दैन । प्राविधिक संघले मलाई दिएको ‘सदाबहार नायिका’को उपाधि पनि मैले ‘नाई’ भन्न मिल्थ्यो होला । तर, उनीहरुले मलाई यही नै देखे र दिए । उसो त, ‘सदाबहार’ भन्ने त केही पनि छैन । तर, पनि मैले लिएँ ।

अब, मलाई ‘महानायिका’को उपाधि दिइएको छ । यो पनि मैले स्विकार गरेँ । जतिबेला राजेश हमाललाई ‘महानायक’को उपाधि दिइएको थियो सोही समयमा कुनै एक जना नायिकालाई ‘महानायिका’को उपाधि दिनुपथ्र्यो । यसो हुँदा लैंगिक समानता देखिन्थ्यो ।

यत्रो बर्षपछि मलाई दिदा मैले किन स्विकार गरेँ भने, महिलाको ढिलै भएपनि समानता छ है । महिला समान सम्मानको हकदार छ भन्ने सन्देश दिनका लागि मैले ‘महानायिका’को उपाधि स्विकार गरेकी हुँ । यो कुनै एक समुहले दिएको हो । सबैले मान्नुपर्छ भन्ने पनि छैन । कसैले मलाई के देख्लान्, कसैले के देख्लान् । त्यो त सबैको आ–आफ्नो विचारको कुरा हो । मैले यही नै भन्नुपर्छ भन्न मिल्दैन ।

२. तपाई आफैले आफूलाई ‘महानायिका’ मान्नुहुन्छ कि हुँदैन ?
हरेक मान्छे आफ्नो जीवनको ‘महानायक–महानायिका’ हो नी । उसले आफ्नो समस्या आफैं समाधान गरिरहेको हुन्छ । आफ्नो क्षेत्रमा उसले शत–प्रतिशत दिइरहेको हुन्छ । तर, यहाँ एउटा कुरा के छ भने, कुनै दौड प्रतियोगीतामा एउटा मान्छे नम्बर १ हुदैंनथ्यो भने उक्त प्रतियोगीता हुनुको कुनै अर्थ हुँदैन । अगाडि पुग्ने नै १ नम्बरमा हुन्छ । यो सबैले मान्नुपर्छ । प्रधानमन्त्री र उहाँको ड्राइभरका धेरै फरक त छैन नी । दुबै जनाको रगत त रातो नै हो । तर, उहाँहरुमा भएको क्षमतामा फरक पार्छ ।

३. मिडियाले तपाइलाई ‘सदाबहार नायिका कि महानायिका’ लेखोस् भन्ने चाहनुहुन्छ ?
मलाई केही पनि लाग्दैन । ‘सदाबहार’ त केही पनि हुँदैन । तर, मैले स्विकार गरेँ । प्राविधिकहरुले दिएको सम्मान हो । तर, मानिसको जिउ त गल्ने कुरा हो । ‘सदाबहार’ भन्ने चिज केही पनि हुँदैन ।

४. कतिपयले, ‘करिश्मा मानन्धर’ आफैमा एउटा ब्रान्ड नाम हो । यसको अगाडि ट्याग किन भिराइराख्नुपर्छ र पनि भन्छन् नी ?
मलाई यसमा विवाद र बहस गर्नु नै छैन । महिलालाई राम्रो हुने प्रकारको सन्देश जाओस् भन्ने मात्र मेरो चाहना हो ।

नियन्त्रण गुमाएर ट्रक सडक बाहिर गएपछि…

धनगढीः कैलालीमा ठुलो दु’र्घटनाबाट जोगिएको ट्रकका कारण राजमार्ग अवरुद्ध भएको छ।भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको चुरे गाउँपालिकाको निङ्लाडीस्थित राजमार्गमा बिहीबार राति नियन्त्रण गुमाएर सडकबाट बाहिर गएको ना७ख १८८४ नम्बरको ट्रकका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट खानीडाँडाका प्रहरी हवलदार मोहनदेव भट्टले बिहीबार राति दु’र्घटनाबाट जोगिएको ट्रकलाई मेसिन प्रयोग गरि निकाल्ने र सामान अर्को ट्रकमा सार्ने काम भइरहेकाले राजमार्ग अवरुद्ध भएको बताए।

उनले एम्बुलेन्स, स्कारपियो, मोटरसाइकल लगायतका सवारीसाधन चलिरहेका पनि ठुला गाडी राजमार्गमै रोकिएको बताउँदै केहीबेरपछि सडक खुल्ने बताए। बिहीबार राति ११ बजेको समयमा धनगढीबाट सिमेन्ट बोकेर बाजुरातर्फ गइरहेको ट्रक विपरीत दिशाबाट आइरहेको गाडीलाई जोगाउन खोज्दा नियन्त्रण गुमाएर बाहिर गएको थियो।  ट्रकका अगाडिका दुई चक्का रोड बाहिर परेका छन्।

कृतिका पूर्व राजकुमार पारासकी छोरीले भनिन्, – ‘बैगुणी रहेछौ गणतन्त्र जनतालाई ठूलो सपना देखाउने, थाहा नपाई जनतालाई कङ्गाल बनाएर देश लुट्ने’

पूर्व राजकुमार र राजकुमारीकी कान्छी छोरी कृतिका शाहको जन्म अक्टोबर १६, २००३ मा नारायणहिटी दरबारमा भएको थियो ।
रुपिस इन्टरनेश्नल स्कुलमा पढेकी कृतिका अहिले उच्च शिक्षाको लागि थाइल्यान्डमा छिन् । १७ वर्ष पुगेकी चन्चल स्वभावकी कृतिका पछिल्लो समय टिकटक भिडियो बनाउन व्यस्त छिन् ।
पूर्णिका शाह र कृतिका शाह आफ्नी आमा हिमानी शाहका साथ थुप्रै टिकटक बनाउने गरेको पाइन्छ ।

दिदीबहिनीको सम्बन्ध पनि निकै राम्रो छ भन्ने कुरा उनीहरुको व्यवहारबाट प्रस्ट हुन्छ । यसै क्रममा देशमा पार्टीहरुबीच सत्ताको लागि खिचातानी र रस्साकस्सीको फोहोरी खेल, देशमा गणतन्त्र र संघियता आए पनि सामान्य नागरिकको जीवन र दैनिकीमा कुनै पनि उल्लेखनिय परिवर्तन हुन नसकेको अवस्थामा जनताहरु बहुदल र अहिलेका पार्टीहरुको व्यवहारप्रति निराश भएका छन् ।

यस्तै निराश झल्किने मन्तव्य पारसकी छोरी कृतिका शाहले “बैगुणी रहेछौ गणतन्त्र जनतालाई ठूलो सपना देखाउने, थाहा नपाई जनतालाई कङ्गाल बनाएर देश लुट्ने” भनी ट्वीटरमा स्ट्याटस राखेकी छिन् । हुन पनि अहिले नेताहरु जनताको बारेमा सोच्ने, जनतलाई के गर्दा सजिलो हुन्छ भन्ने कुरामा दिमाग खियाउनु भन्दा आपसी खिचातानी र पैसा कमाउनमा मग्न रहेको अवस्थामा कृतिकाको स्ट्याटस सान्दर्भिक देखिन्छ ।

ओलीलाई योगेश भट्टराईको जवाफ : ‘मलाई पाथिभरा माताले सत्यको पक्षमा लाग्न आदेश दिनुभयो’

पूर्वपर्यटनमन्त्री तथा नेकपा प्रचण्ड-माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारणमात्रै आफूले निर्वाचन नजितेको बताएका छन् । ताप्लेजुङ कम्युनिष्टको किल्ला भएकाले आफूले चुनाव जितेको बताएका छन् ।

ओली २०७४ को निर्वाचनमा मात्रै ताप्लेजुङमा भाषण गरेको भन्दै त्यसअघि २०४२४३ देखिनै त्यो क्षेत्र कम्युनिष्टकै किल्ला भएकाले आफूले चुनाव जितेको उनले दावी गरे । चुनावी अभियानमा गरेको सहयोगका लागि ओलीलाई आफूले धन्यवाद दिएको पनि स्मरण गरे ।

ताप्लेजुङको विरोध सभालाई सम्बोधन गर्दै नेता भट्टराईले अहिले आफू सत्यको पक्षमा रहेको र ओलीलाई समर्थन गर्न नसकेको बताए । आफूलाई पाथिभरा माता र ताप्लेजुङका जनताले प्रतिगमनको विरुद्धमा जान आदेश दिएकाले आफू अहिले ओली विरोधमा र सत्यको पक्षमा रहेको बताए ।

भाइरल भएका अर्जुन ब’लात्कार आरोपमा पक्राउ छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै

छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन विक पक्राउ परेका छन्।

कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पक्राउ परेका हुन्। उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो।

उनले भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षकी किशोरीलाई अपहरण गरी काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा ल्याएका थिए। गत साउन १५ गतेसम्म डेरामै राखेर उनी फरार थिए। त्यसपछि पीडित युवतीले गत साउन ३० गते बन्धक कोठामा डर, धाकधम्की दिई जबरजस्ती करणी समेत गरेको उजुरी दिएकी थिइन्।

उजुरीपश्चात अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी विकको निरन्तर खोजी गरिएको कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। खोजी क्रममा उनलाई काठमाडौंमा पक्राउ गरिएको उनले बताए। ‘उनलाई पक्राउ गरी जिप्रका ल्याई कैलाली जिल्ला अदालतबाट सोही मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ,’ उनले भने।

पक्राउ परेका अर्जुन विक केही महिनाअघि श्रीमतीले धोका दिएर छोडेकी भन्दै छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गर्दा सामाजिक सञ्जालमा अन्तर्वार्ता दिएपछि भाइरल भएका थिए।

तत्काल नहट्ने आइतबारदेखि हट्ने भनिएको लाइसेन्स कोटा सिस्टम

आइतबारसम्म हट्ने भनिएको सवारी चालक अनुमती पत्र (लाइसेन्स) को कोटा सिस्टम हट्न अझै केही समय लाग्ने भएको छ। आइतबारदेखि अनलिमिटेड बनाउने भनिएपनि विभागको वेवसाइट डाउन भएको कारण गर्न नसकिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।

‘हाम्रो साइट डाउन भएको छ। प्राविधिक टोलीले त्यो समसया हटाउन खोज्दै हुनुहुन्छ,’ उनले भने ‘ पहिला हामी आन्तरिक रुपमा परीक्षण गरेर यो हप्ता भित्र सेवाग्राहीको लागि खुल्ला गर्छौ।’

यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो। आवेदन खुला भए पनि फारम भर्नेको सङ्ख्या अधिक भएकोले कोटा सिस्टम हुँदा अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए।

त्यस्तै, विभागले सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन गर्ने तयारी पनि थालेको छ। विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको हो। यो प्रस्तावअनुसार कुनै सानो गल्तीले ट्रायल फेल नहुने हमालले जानकारी दिए।

‘अहिले ट्रायल दिनेमध्ये २५ प्रतिशत मात्रै पास हुन्छन्। राम्रोसँग सवारीसाधन चलाउन जान्नेहरू पनि सामान्य गल्तीमा फेल हुँदा बिचौलियाकहाँ जाने समस्या देखियो। त्यही भएर अलि सहज बनाउन यो काम गर्न लागिएको हो,’ उनले भने।

हमालका अनुसार नयाँ प्रस्तावमा ट्रायलका विभिन्न चरण अंकका आधारमा पास९फेल निधो गरिनेछ। ट्रायल सुरूवातकै ’एट (८)’ मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्किउञ्जेलसम्म विभिन्न प्यारामिटरमा अंक बाँडिनेछ।

यो ट्रायलको पूर्णाक १०० हुने र ६० आउनेहरू पास हुने उनले जानकारी दिए। प्यारामिटर र त्यसका अंक कति राख्ने भन्नेबारे हाल छलफल चलिरहेको उनले बताए।

‘अहिले हेल्मेटको लक नलगाए पनि ट्रायल फेल हुने नियम छ। अब भने त्यसमा पनि निश्चित अंक पाउनेछन्। त्यस्तै ८ कटाएको निश्चित अंक हुनेछ। यस्तै–यस्तै विभिन्न प्यारामिटर हुनेछन्,’ हमालले भने।

समग्रमा ट्रायलका सानातिना कडा नियम अलि खुकुलो बनाउन लागिएको उनको भनाइ छ। त्यस्तै लिखित परीक्षाको ढाँचा पनि केही परिवर्तन हुने उनले बताए।

‘५ सय वा एक हजार प्रश्नका सेट हामी सुरूमै सार्वजनिक गर्नेछौं। प्रश्न त्यहीँ भित्रबाट मात्रै सोधिनेछन्,’ हमालले भने।

सबैभन्दा धेरै नेपालमा, वार्षिक पौने दुई करोड तलब सुविधा लिने, को हुन् यी महिला

नेपालमा पछिल्लो समय हरेक क्षेत्रमा महिलाको सशक्तिकरण भएको छ । राजनीतिक क्षेत्रमात्र नभएर अन्य क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ । आर्थिक रुपमा महिलाको पहुँच कम । तर, पछिल्लो समय आर्थिक क्षेत्रमा पनि केही महिला सक्षम र नेतृत्वदायी भूमिकामा महिला छन् । जसले उनीहरुले उच्च तलब सुविधा बुझिरहहेका छन् । धेरै तलब सुविधा बुझ्ने मध्येकी एक महिला हुन् अनुपमा खुञ्जेली । खुञ्जेली मेघा बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् ।

उनको वार्षिक तलब,भत्ता सहितको सुविधा बापत गत आर्थिक वर्ष पौने दुई करोड रुपैयाँ बुझेकी छिन् । उनी सम्भबतः नेपालमा सबैभन्दा धेरै तलब बुझ्ने महिलामा पर्छिन् । नेपालमा सरकारी क्षेत्रमा सबैभन्दा धेरै तलब खाने राष्ट्रपति हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मासिक तलब एक लाख ७७ हजार ५ सय ३१ रुपैयाँ हुन्छ । यसरी हेर्दा वर्षभरीको राष्ट्रपतिको तलब मात्र हेर्ने हो दसैंसमेत जोडेर १३ महिनाको हिसाब गर्दा २३ लाख सात हजार नौ सय तीन रुपैयाँ हुन्छ ।

खुञ्जेली वाणिज्य बैंकहरुमध्ये एक मात्र महिला सिइओ हुन् । बैंकको आर्थिक वर्ष ०७६/७७ को आर्थिक प्रतिवेदन अनुसार खुञ्जेलीले वार्षिक एक करोड ७० लाख रुपैयाँ तलब सुविधा बुझेकी छिन् । आफ्ना व्यक्तिगत कम्पनीमा कसैले धेरै तलब तोकेको भए पनि अरुको कम्पनी वा संस्था वा निकायमा काम गरेर धेरै तलब बुझ्ने महिला खुँजेली हुन् । पुरुषहरु भने खुँजेलीले भन्दा धेरै तलब खाने धेरै छन् ।

कति इमान्दार छ,‘हामीले व्यहोरेको राजनीति समीक्षा हुन ढिलो भैसक्यो’ – पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । २२९ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्या शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले यसको औचित्य हिजो, आज र भविष्यमा पनि रहने जनाएका हुन् ।
उनले राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह नगरी संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको समेत प्रस्ट पारेका छन् । पूर्वराजा शाहले शाहवंशीय राजाहरुले राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारी दर्शाएको स्मरण गर्दै आफुहरुको निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको बताएका छन् ।

शुभकामना सन्देशमा शाहले भनेका छन्ः ‘हाम्रो विचारमा राजनीति भन्नु नै देशको सेवाको उच्चतम साधन हो । तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रीत छ, कति जनहित अनुकूल छ, त्यसको समीक्षा हुन अब बिलम्ब भैसकेको छ ।’ उनले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया ईच्छा पुरा गर्ने अवान्छित क्रियाकलाप भित्रिएको महसुस नेपालीहरुले गरिरहेको समेत बताएका छन् ।

पूर्वराजा शाहले बडामहाराजधिराज पृथ्वीनारायण शाहका पालामा परिकल्पनामा सिमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाट सम्भव नभएको दाबी गर्दै अहिले त्यही देश कसरी जोगाउने भन्ने चिन्ताग्रस्त अवस्थामा आइपुगिएको दाबी गरेका छन् । उनले पृथ्वीनारायण शाहको २२९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा समस्त नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा प्रेम, सदभाव र एकताका निम्ति शुभकामना व्यक्त गरेका छन् ।

विजयराज पण्डित डिएसपीको विदाई

ई.डी.एफ नमाक संस्थाले ईलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितलाई विदाई कार्यक्रम

आयोजना गरेको छ । उक्त संस्थाका अध्यक्ष प्रविण पाठकको अध्यक्षतामा थकाली भान्छा घरमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा दमक पब्लिक लाइब्रेरी राष्ट्रिय अध्यक्ष विनोद उप्रेती, हिमालयन टाइगर संस्थाका अध्यक्ष रेवत भण्डारी, उपाध्यक्ष जे बिमली , क्यारिङ् हेण्ड अध्यक्ष प्रज्वल अधिकारी, भ्वाइस फर एनिमल संस्थाका सचिव बालचन्द्र कार्की, मदन भण्डारी स्पोर्ट्स एकाडेमीका दमक नगर अध्यक्ष लोकेश न्यौपाने लगायतको उपस्थिति रहेको थियो । दमकमा शान्ति सुरक्षा कायम गर्न सफल रहनुभएको भन्दै हिमालयन टाइगरका अध्यक्ष भण्डारीले धन्यवाद प्रकट गर्नुभयो ।

त्यसैगरी दमक प्रहरीले शान्ति सुरक्षा कायम गरी दिनमा ढुक्क सँग हिँड्न र रातमा आनन्दसँग निदाउन पाएकोमा विशेष आभार प्रकट गर्नुभयो । मन्तब्यको क्रममा दमाकवासिकै सहयोग र सहकार्यको कारणले शान्तिसुरक्षा कायम गर्न सफल भएकोमा सम्पूर्ण दमक नगरवादीलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा ई.डी.एफका उपाध्यक्ष संजय शाहले राष्ट्रिय झण्डा अंकित पिनले डिएसपी पण्डितलाई सम्मान गर्नुभयो । त्यसैगरी लिओ क्लव अफ दमक गोल्ड संस्थाका अध्यक्ष प्रवेश बस्ताकोटीले रुद्राक्षको माला लगाएर सम्मान प्रकट गर्नुभयो । कार्यक्रममा अध्यक्ष पाठकले मायाको चिनो स्वरुप गणेशको मूर्ति प्रधान गर्नुभयो । कार्यक्रमको समापनमा बोल्दै पाठकले डिएसपी विजयराज पण्डित एक इमान्दार, लगनशील एबं कर्तव्यनिष्ठ प्रहरी अफिसर भएको बताउनुभयो । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन माउन्दिप मोबाइलले गरेको थियो । १५ महिनाको कार्यकाल पूरा गरी डिएसपी पण्डितको पोखरामा सरुवा भएको छ ।