खतरनाक ला’गुपदार्थको सूचीबाट हटायो राष्ट्रसंघले गाँ’जालाई

राष्ट्रसंघीय नियोगले गाँ’जालाई खतरनाक ला’गुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको छ। यो निर्णयसँगै गाँ’जालाई औषधिजन्य वनस्पतिका रूपमा स्वीकार गरिएको छ।

ला’गुऔषधसम्बन्धी राष्ट्रसंघीय नियोगले बुधबार बहुमतका आधारमा प्रस्ताव पारित गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ। विश्व स्वास्थ्य संगठनले गाँजालाई खतरनाक ला’गुऔषधको सूचीबाट हटाउन सिफारिस गरेको थियो। भियनामा सम्पन्न नियोगको वार्षिक सम्मेलनमा गाँजाजन्य वस्तुलाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावमा २७ देशले समर्थन जनाएका थिए भने २५ देशको विपक्षमा मत परेको थियो।

प्रस्तावको पक्षमा मतदान गरेका देशमध्ये नेपाल पनि रहेको म्यारूवाना बिजनेस डेलीले लेखेको छ। अन्य पक्षराष्ट्रमा अमेरिका, बेलायत, दक्षिण अफ्रिका, क्यानडा, अस्ट्रेलिया, फ्रान्स, इटाली, जर्मनी, भारत लगायत छन्। जापान, इराक, ब्राजिल, चीन, रूस, पाकिस्तान लगायतले भने विपक्षमा मतदान गरेका थिए। युक्रेन मतदानमा अनुपस्थित रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

राष्ट्रसंघको ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ अनुसार गाँजालाई खतरनाक लागुपदार्थको सूचीमा राखिएको थियो। पछिल्लो निर्णयअनुसार अब यसलाई औषधिजन्य गुण भएको र कम खतरनाक लागुपदार्थको सूचीमा वर्गीकरण गरिएको छ।
‘संसारभर औषधिका रूपमा गाँजा प्रयोग गर्ने लाखौं मान्छेका लागि यो सुखद समाचार हो,’ गाँ’जाबारे वकालत गर्दै आएका संस्थाहरूले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै सिएनएनले लेखेको छ।
इन्टरनेसनल ड्रग पोलिसी कन्सोर्टियमका कार्यकारी निर्देशक आन फोर्डामले भने वर्गीकरण हेरफेरले मात्र गाँजाबारे फैलाइएको गलत हल्लामा परिवर्तन नआउने बताएका छन्।

‘यो निर्णयले तत्काल गाँ’जा खुला गर्न सम्भव नहोला। तर, राष्ट्रस‌घको निर्णय कुरेर बसेका धेरै देशलाई अब गाँ’जाको औषधीय गुण स्वीकार गर्न र यसलाई औषधिका रूपमा प्रयोग गर्न सहज हुनेछ,’ उनी भन्छन्। पछिल्लो समय भएका विभिन्न वैज्ञानिक अनुसन्धानले गाँ’जा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने पुष्टि गरेको छ। यही अनुसन्धानका आधारमा गाँ’जा सेवनलाई कानुनी मान्यता दिने पहिलो देश उरुग्वे हो।

नेपालमा गाँ’जा उत्पादन र बिक्री इतिहास लामो छ। तराईका बारा, पर्सा, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा गाँजा उत्पादन हुन्थ्यो।
दोस्रो विश्वयुद्धकै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भएको मानिन्छ। ‘हिप्पी’ युगको सुरूआतसँगै काठमाडौंमा गाँजा खान ‘गोरा साधु’ हरूको घुइँचो लाग्न थालेको थियो। त्यति बेला यहाँ ३० वटा जति गाँजा र चरेस केन्द्र खुलेका थिए। विदेशीहरू स्वतन्त्र रूपमा ‘ब्रान्डेड’ गाँजा खान असन र न्यूरोडका पसल आइपुग्थे।

यसको बढ्दो व्यापारसँगै सरकारले सन् १९६१ मा लागुऔषध ऐन जारी गर्‍यो। लगत्तै अर्को वर्ष उत्पादन, बिक्री तथा आयात/निर्यातमा अनुमतिपत्र लिनुपर्ने नियम बनायो। गाँजा नेपालको राजस्वमा ठूलो हिस्सा ओगट्ने व्यवसाय हुँदै गर्दा समयले कोल्टे फेर्‍यो। राष्ट्रसंघबाट दबाब आएपछि सरकारले गाँ’जा उत्पादन र किनबेचविरुद्ध सन् १९७३ जुलाई १६ देखि धरपकड थाल्यो।
त्यस बेला राष्ट्रसंघको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ ले गाँ’जालाई हिरोइनजस्तो कडा लागुपदार्थको दर्जामा राखेको थियो। आफ्नो नीतिअनुसार गाँजा प्रतिबन्ध लगाउन सहयोग नगरेको भन्दै राष्ट्रसंघले नेपालको चर्को आलोचना गर्‍यो।

एसिया र पश्चिमी देशमा अझै प्रतिबन्धित नभएको गाँजा तुरून्तै प्रतिबन्ध लगाउन उसले दबाब दियो। खासगरी हिप्पी कालमा काठमाडौं छिरेका कतिपय अमेरिकी ‘ला’गुऔषध सेवन गर्न’ यतै बस्न थालेपछि अमेरिका चिन्तित थियो। र, उसकै दबाबले नेपालमा प्रतिबन्ध लाग्यो। गाँजाको महत्व हामीकहाँ परम्परागत रूपले नै स्वीकारिएको छ। उति बेला बूढापाकाले अनिद्रा र शारीरिक पीडा हटाउन तथा एक्ला, अशक्त र पट्यारलाग्दा दिन बिताउन गाँजा सेवन गर्ने चलन थियो। भजनकिर्तनको आनन्द लिन, चाडपर्व मनाउन, घरपालुवा जनावर उपचार गर्न र साधुहरूलाई दान दिन पनि गाँजा प्रयोग हुन्थ्यो।

नेपालमा हिन्दु धर्मको प्रभावले गाँजा चलनमा आएको पाइएको छ। नेपाल र भारतमा फागु पर्व बेला गाँजाको फूल (भाङ) खाने चलन छ। भगवान शिवले समुद्र मन्थन बेला अमृत शुद्धीकरण निम्ति शरीरबाट गाँजा उत्पादन गरेको भनाइ छ। अर्को व्याख्याअनुसार त्यही अमृतको थोपा जमिनमा परेपछि गाँजाको बिरूवा उम्रेको हो। गाँजालाई मान्छेको दैनिक व्यवहारमा पनि उपयोगी मानिएको छ। नेपालको मध्यपश्चिम पहाडमा यसले दाउरा आपूर्ति गर्छ। यसको चोपबाट चरेस उत्पादन हुन्छ, जुन महँगो हुनाले ‘ब्ल्याक गोल्ड’ भनिन्छ। गाँजाको रेसाबाट कपडा र पातबाट उच्च कोटीको प्रांगारिक मल बनाइन्छ।

नेपालमा गाँजा खुलाउनुपर्ने विषयले पहिलोपटक संसदमा २०७५ फागुनमा प्रवेश पाएको थियो। प्रतिनिधिसभा बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले यसबारे कुरा उठाएका थिए। बैठकमा बोल्न दिइएको तीन मिनेट समयमा सांसद खतिवडाले विदेशमा धमाधम गाँ’जा खुला भइरहेका बेला नेपालले समयमै यसबारे पहल गर्नुपर्ने बताएका थिए।

एक्कासी विराटनगर विमानस्थलमा प्रधानमन्त्री बोकेको हेलिकप्टर

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुको टोली बोकेको हेलिकप्टर अकास्मात विराटनगर ल्याण्ड गरेको छ । ताप्लेजुङको घुन्सामा स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेर इलाम जौबारीका लागि उडेको हेलिकप्टर विराटनगर विमानस्थलमा अवरतरण गरिएको हो ।

यस अगाडी विराटनगरका लागि कुनै सेड्यूल थिएन, विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले भन्नुभयो–चन्द्रगढीमा रिफिङ गर्ने भनिएको रहेछ, इलामको कार्यक्रम स्थगित भएपछि विराटनगर विमानस्थलमा अवतरण गरेर रिफिङ गरिएको हो । प्राधिकरण अन्तर्गत विराटनगर विमानस्थलका प्रमुख जिल्ला प्रशासन कार्यालयमै रहेको अवस्थामा प्रधानमन्त्रीसहितको टोलि विमानस्थल आईपुगेको हो ।

प्रमुख खरेलका अनुसार २ः५५ मा ल्याण्ड गरेको हेलिकप्टर ३ः१५ मा पुनः काठमाण्डौंका लागि प्रस्थान गरिसकेको छ । पर्यटन मन्त्री योगश भट्टराई, सुभाष नेम्वाङ्ग, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रधानमन्त्रीकी धर्मपत्नी र प्रेस सल्लाहाकारसहितको टोलि हेलिकप्टरमा रहेको उहाँले जानकारी गराउनुभयो ।

आजको मौसम्को पूर्वानुमानः कहाँ कस्तो छ ? हेर्नुहोस

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै आज देशको पश्चिम क्षेत्रका हिमाली भेगमा पश्चिमी वायुको प्रभाव देखिए जनाएको छ ।

महाशाखाले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको जानकारी दिएको छ ।

यसैगरी, दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

भने, देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

साथै, देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पूर्वाभ्यास चितवन र सुर्खेत घटना नेकपा विभाजनको !

काठमाडौं सम्बोधनको अन्तिमतिर अध्यक्ष तथा केपी ओलीनिकट कार्यकर्ताले प्रचण्ड-माधव नेपाल पक्षका पाण्डेविरुद्ध नाराबाजी गरे । जब पाण्डे मदन भण्डारी फाउन्डेसनका नाममा राजनीतिक अभिष्ट पूरा गर्न सञ्चालित गतिविधि रोक लगाउने स्थायी समितिले निर्णय गरेको प्रसंगको व्याख्या गर्दै थिए, त्यही क्रममा नाराबाजी भयो पाण्डेविरुद्ध ।

खासमा त्यो बहाना मात्र थियो, ओली समूह पछिल्ला दिनमा प्रचण्ड-माधव नेपाल समूहविरुद्ध केन्द्रदेखि स्थानीय तहसम्म वाकयुद्ध मात्र होइन, समानान्तर गतिविधिमा समेत लागिसकेका थिए । त्यसको प्रतिफलमात्र थियो, चितवन घटना ।

शनिबारको चितवन घटनासँगै जोडेर विश्लेषण गर्नुपर्ने हुन्छ सुर्खेतको अर्को प्रसंग । सुर्खेतमा ओली पक्षले मदन भण्डारी स्पोर्टस एकेडेमीको ब्यानरमा भेला गर्‍यो । एकेडेमीको ब्यानरमा सुर्खेतमा ओली पक्षको भेला भइरहँदा चितवनमा पाण्डे त्यही ब्यानरको विपक्षमा बोल्दै थिए ।

६ मंसिरको मध्यान्हका यी दुई घटनालाई जोड्न १९ कात्तिकको ओलीको गोप्य प्रशिक्षणसम्म पुग्नुपर्ने हुन्छ । ओलीले त्यसदिन पार्टी विभाजनको डिलमा पुगेको संकेत मात्र गरेका थिएनन्, वैचारिक धारको संरक्षणका लागि जनताको बहुदलीय जनवाद (जबज)लाई स्थानीयस्तरसम्म लैजान निर्देशन पनि दिएका थिए । र, त्यसका लागि मदन भण्डारी फाउन्डेसनको ब्यानरलाई उपयोग गर्न ओलीको निर्देशन थियो । ओलीको त्यो निर्देशनको १७ दिनपछि अर्थात् ६ मंसिरमा सुर्खेतबाट ओली समूहले सुरु गरेको छ ।

नेकपाभित्रको पछिल्ला परिदृश्य हेर्नलाई ओलीको १९ कात्तिकको निर्देशनअघिको अर्को घटना पनि जोड्नुपर्ने हुन्छ । ७ कात्तिकमा नेकपाले पर्साको विन्दवासिनी गाउँपालिकाको कमिटी विस्तार र सपथ ग्रहण कार्यक्रम राखेको थियो । त्यहाँ सयौँ कार्यकर्ता उपस्थित थिए । पर्सामा नेकपाभित्र विवादमा चर्को थियो नै तर ओली पक्षका नेताहरू त्यस कार्यक्रमप्रति असन्तुष्ट मात्र होइन आक्रोशित थिए ।

‘पार्टीको एकताको क्रममा विधान र कार्यदिशा तय गरेका छौँ, त्यसविरुद्ध हुने गतिविधिले अराजकता ल्याउन सक्छ । विभाजन र विखण्डन ल्याउन सक्छ । अहिले त्यही प्रयास भइरहेको छ’ खनाल भन्छन् ‘बाहिरकाले पनि पार्टी फुटोसे भन्ने चाहेका छन् र पार्टीभित्रका नेताको अहँकार, इगो र आत्मकेन्द्रित सोचबाट पार्टी फुटाउने प्रयास भएको देखिन्छ ।’
त्यसैको प्रतिफल हो, पूर्वसांसद राजकुमार गुप्ताको निर्देशनमा आफ्नै कार्यकर्तामाथि आक्रमण गरियो । र, पूर्वमाओवादी समूहका मुकेश चौरसिया मारिए । गुप्तामाथि कारबाही गर्न प्रचण्ड-माधव नेपाल समूहले निरन्तर दबाब बढाउँदा पनि ओली पार्टीभित्र मात्रै गुप्ताको संरक्षणमा लागेनन, प्रहरी प्रशासनलाई पनि प्रयोग गरे ताकी किटानी जाहेरी दर्ता लिन पनि पर्सा प्रहरी तयार भएन ।

२८ असोजमा एक्कासी तीन जना मन्त्री थप्ने निर्णयमा जब प्रधानमन्त्री ओली पुगे, त्यसपछि नेकपाभित्र विवादले चरमोत्कर्षको रूप लियो । त्यसपछि ओली समूह र प्रचण्ड-माधव नेपाल समूहबीच आरोप प्रत्यारोप मात्र भइरहेको छैन, समानान्तर अभ्यास हुन थालेको छ । पर्सामा चौरसिया हत्या प्रकरण होस् वा जबजलाई ब्युँत्याउने ओलीको निर्देशन प्रकरण नै किन नहोस् जसले पार्टी विभाजनको संकेत गर्छ ।२८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीविरुद्ध विभिन्न आरोपसहित प्रतिवेदन पेस गरेपछि विवादले झन् उग्र रूप लिएको छ । यो बीचमा सचिवालय सदस्य ईश्वर पोखरेलले नेकपाको काठमाडौं उपत्यकास्तरीयनगर कमिटिसँग विमर्श गरिरहेका छन् ।

ओली समूहको पछिल्ला गतिविधिले पार्टी विभाजनको संकेत गरेको अर्को पक्षको आरोप छ । सचिवालय सदस्य झलनाथ खनाल पार्टी एकताको क्रममा नीति तथा कार्यक्रम तय भइसकेपछि छुट्टै भेला गरेर जबजको व्याख्या गर्ने र कार्यक्रममा हुलदंगा गर्नु पार्टी एकता विरोधी गतिविधि ठान्छन् । ‘पार्टीको एकताको क्रममा विधान र कार्यदिशा तय गरेका छौँ, त्यसविरुद्ध हुने गतिविधिले अराजकता ल्याउन सक्छ । विभाजन र विखण्डन ल्याउन सक्छ । अहिले त्यही प्रयास भइरहेको छ’ खनाल भन्छन् ‘बाहिरकाले पनि पार्टी फुटोसे भन्ने चाहेका छन् र पार्टीभित्रका नेताको अहँकार, इगो र आत्मकेन्द्रित सोचबाट पार्टी फुटाउने प्रयास भएको देखिन्छ ।’

खनालले भनेझैँ मदन भण्डारी स्पोट्स एकेडेमीको ब्यानरमा सुर्खेतको कार्यक्रम जबजको प्रवर्द्धनको प्रयास मात्र छैन, ओली समूहका स्थानीय नेताहरूको समानान्तर भेला थियो । स्थानीय नेताहरूले त्यसबारे प्रष्ट बताएका त छैनन्, तर नेकपा विभाजनको डिलमा रहेको विश्लेषण भइरहेका बेला सुर्खेतको भेला ओली समूहको सामान्नातर अभ्यासको प्रयासका रूपमा मानिएको छ ।

नेता खनाल पछिल्ला दिनमा ओली समूहको अभ्यास र प्रयासलाई पार्टी विभाजनलाई बल पुग्ने गतिविधिको रूपमा अर्थ्याउछन् । भन्छन्, ‘मदन भण्डारी फाउन्डेसनलाई गुटबन्दीको फोरम बनाएर पार्टीभित्र विभाजनको खेल हुन थालेको छ, यो गलत अभ्यास हो, फाउन्डेसनका गतिविधि रोक्न स्थायी समितिले दिएको निर्देशनको उल्लंघन पनि हो ।’

२६ भदौको स्थायी समितिको बैठकले मदन भण्डारी फाउन्डेसन र पुष्पलाल स्मृति प्रतिष्ठानको नाममा राजनीतिक गतिविधि नगर्न निर्देशन त दिएको थियो नै, तिनीहरूको पारदर्शिताका लागि कार्यदल बनाएर अध्ययन गर्नेसमेत भनेको थियो । र, २९ भदौमा अध्यक्षद्वय प्रचण्ड र ओलीले जारी गरेको अन्तरपार्टी निर्देश (अपानि) मा पनि त्यही उल्लेख थियो ।

तर, पार्टीको सर्कुलर विपरीत फाउन्डेसनले गतिविधि त गरिरहेका थिए । १९ कात्तिकमा अध्यक्ष ओलीले नै कार्यकर्तालाई फाउन्डेसनको ब्यानरमा जबजको पक्षमा महोल बनाउन निर्देशन दिए ।