स्वास्थ्य चौकी २७ लाखमा निर्माण भएको

खोटाङ । खोटाङ जिल्ला साकेला गाउँपालिका–४ मा २७ लाख रुपैयामा निर्माण भएको स्वास्थ्य चौकी हो यो । तस्विर देख्दा प्रश्न गर्न मन लाग्छ ।

अहिले सबै पालिकामा निर्माण गर्न लागिएका सबै स्वास्थ्य चौकी यस्तै हुन् सरकार ? यहाँ काठ, ढुंगा–मोटो, जस्ता, केही मात्रामा सिमेण्ट र बालुवा बाहेक अरु केही प्रयोग भएको छैन ।
कसको दृष्टीले यति खर्च लाग्यो होला भन्छ ? बाँकी विवरण खोजी हुँदैछ । खर्च जग्गा बाहेक हो नी, निर्माण गर्न मात्र । नियालेर हेर्नुहोला ।

हेर्नुहोस आज कति ? बिहिबार पनि कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै,

काठमाडौँ, १८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर २ हजार १ सय ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ।

हाल देशभर १५ हजार ७ सय ७६ जना सक्रिय संक्रमित छन् भने ५ सय ७६ जना क्वारेन्टिनमा छन्।

देशभर ३८८ जना संक्रमितको आईसीयु र ६५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भरहेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार २८९ पीसीआर परीक्षण भएको छ।

यति ठूलो रकम सहयोग गरिन् कलाकार सृजनाले सियोनालाई

काठमाडौँ । कलाकार तथा युट्यूवर सृजना निङ्लेकुले स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई आर्थिक सहयोग गरेकी छिन् ।

बेलायतमा बसेर कलाकारितासँगै भ्लगिङ र ढाका व्यवसाय गरिरहेकी सृजनाले आफ्नी छोरी राशी लिम्बुको ८ औं जन्मदिन तथा युट्यूव च्यानलले ७५ हजार सब्स्क्राइबर्स पूरा गरेको अवसर पारेर सियोनाको उपचारका लागि ७५ हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी सियोनाको उपचारका लागि करिव २५ करोड रुपैयाँ लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । आफू पनि एक आमा भएकाले सियोनालाई आफ्नै छोरी ठानेर सहयोग गरेको सृजनाको बताइन् । डेढ वर्षकी सियोनाको हाल अमेरिकामा उपचार भइरहेको छ ।

३ वर्षदेखि युकेमा स्थायी बसोबास गरिरहेकी सृजना नेपालमा समेत सामाजिक कार्य एवं मोड्लिङमा सक्रिय थिइन् । सृजना पछिल्लो समय बेलायतमै निर्मित केही म्युजिक भिडियो र सर्ट फिल्ममा अभिनय गर्न व्यस्त छिन् । सृजनाले सियोनाको उपचारका लागि जसले जति सकिन्छ सहयोग गर्न अपिल समेत गरेकी छिन् ।

आमाकाे गुहार छाेराे खाेजिदिन, एकमात्र सन्तान बेपत्ता

झापाको बिर्तामोडबाट सोमबार बिहान १० बजेबाट एक युवा बेपत्ता भएका छन् ।
सोमबार बिहान ७ बजे बिर्तामोडको एक होटलमा साथीभाइहरुले चियाकफी खाइ १० बजेतिर खान खान घर जान्छु भनी हिडेका २३ वर्षीय पर्वत पौडेल आजसम्म पनि कसैको सम्पर्कमा आएका छैनन् ।

उनको घरमा आमा बुवा र उनी गरी जम्मा ३ जनाको परिवार छ ।
पौडेल परिवारको एकमात्र सन्तान पर्वत हराउँदा उनकी आमा र बाबामा ठूलो पिरको पहिरो लडेको छ ।

छोरो खोजीका लागि प्रहरीमा निवेदन दिएको भएपनि उनी फेला पर्न सकेका छैनन् ।
मोवाइल ट्राकिङ गरी हेर्दा सोमबार झापाको हडिया बुधबारेमा देखिएका थिए भने बुधबार साँझ सुनसरी जिल्लातिर देखाएको थियो ।

यतिबेला उनका आफन्त, इष्टमित्र, छरछिमेकीलगायत सबैजना उनको खोजीकार्यमा तीव्र लागी परेका छन् ।
उनी झापाको बिर्तामोडस्थित एउटा सहकारीमा कार्यरत कर्मचारी हुन् ।

news copy by-sawalnepal.com

अलपत्र परेका गाईको गोठभित्र साँङलोले बाँधेर राखिएका चन्दको उद्धार

धनगढी: विगत ११ वर्षदेखि मानसिक सन्तुलन गुमाएर अलपत्र परेका एक मनोरोगीको बैतडीबाट उद्धार गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ मटेलाबाट उद्धार गरी उनलाई धनगढीको मानव सेवा आश्रममा ल्याइएको छ ।

चन्दलाई गाउँपालिका उपाध्यक्ष बिना भट्ट, वडा सदस्य सेतु चन्दको उपस्थितिमा आश्रमका अभिभावक सिद्धराज पनेरु र संयोजक आदर्श ढकालले शनिबार उद्धार गरी धनगढी ल्याएका हुन । ‘गाई गोठभित्र साँङलोले बाँधेर राखिएको अवस्थाबाट हामीले उद्धार गरेर हिजो मात्रै आश्रमा पुगाएका छौ’ पनेरुले भने ।
उनलाई धनगढी पुर्याउन गाडीको व्यवस्थापन गाउँपालिकाले गरेको आश्रमले जनाएको छ । अब आश्रमले चन्दलाई छिट्टै तन्दरुस्त बनाएर परिवारसँग पुर्नरमिलन गराउने विश्वास लिएको छ ।

चन्दसहित अब मानवसेवा आश्रम कैलाली शाखामा आश्रय लिनेको संख्या ३७ पुगेको छ । जसमध्ये ३ जना बालबालिका, १७ जना महिला र बाँकी १७ जना पुरुष रहेको मावव सेवा आश्रम कैलालीका जिल्ला संयोजक अच्युत घिमिरेले बताए । आश्रममा आउने असाहयलाई नियमित मानसिक रोग सम्बन्धी चिकित्सकबाट उपचार गराइरहेको उनले बताए। ‘महिनामा एकपटक चिकित्सकलाई बोलाएर सबैको चेकजाँच गर्नेगरेका छौ र उहाँले भनेअनुसार नै मनोरोगीलाई औषधि दिने गरेका छौ’ उनले भने, ‘औषधिभन्दा पनि आश्रममा पाउने माया र प्रेमले मनोरोगीहरु छिट्टै ठिक हुने गरेका छन् ।’

२०६९ सालमा मकवानपुरको हेटौँडाबाट सुरु गरिएको मानव सेवा आश्रमका अहिले ७ वटै प्रदेशमा २१ शाखा रहेका छन् । अहिले देशभरीका शाखामा करिब ११ सय जनाले आश्रय लिइरहेको बताइएको छ ।

यति ठुलाे रकम सहयोग समाजसेवी ईशा गुरुङको अपिलमा सियोनालाई

काठमाडौ । बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर एट्रोफी (SPINAL MUSCULAR ATROPHY (SME-1) रोगसँग लडिरहेकी छन् । सियोनाको उपचारको लागि ठूलो रकम लाग्ने उनकी आमा एलिना गुरुङले बताएकी छन् ।

उनका अनुसार आफ्नो छोरी सियोनाको उपचारको करिब २५ करोड रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ । यस रोगको उपचार नेपालमा सम्भव नभएको तर, अमेरिकामा मात्रै सम्भव भएको सियोनाका आमा एलिनाले जानकारी गराएकी छन् । छोरी सियोनाको उपचारको लागि तत्काल पैसाको जोहो गर्नुपर्ने बाध्यता श्रेष्ठ दम्पतीमाथि थपिएको छ । यस रोगको उपचार २ वर्षभित्र गरिसक्नुपर्ने श्रेष्ठ दम्पतीको भनाइ छ । अब १ वर्षभित्र उक्त रोगको उपचार सुरु गरिसक्नुपर्ने सियोनाकी आमा–बुबाको भनाइ छ ।

छोरीको उपचारको लागि ठूलो रकमको आवश्यकता भएको हुनाले तत्काल जोहो गर्न सम्भव नभएको उनीहरुको गुनासो छ । हालसम्म ३ करोड रुपैयाँ जम्मा भइसकेको पनि उनीहरुले जानकारी गराएका छन् । यसैक्रममा सियोनाको उपचारको लागि सहयोगी हातहरुलाई सहयोगको अपील पनि गरिएको छ । जसको लागि सियोना श्रेष्ठको आफ्नै खाता नम्बर ‘सियोना श्रेष्ठ, २०६५००००००३१५२४, बैंक अफ काठमाण्डु लिमिटेड, परासी ब्राञ्चमा सहयोग गर्न अपील गरिएको छ । साथै, सियोना श्रेष्ठकी बुबा सन्दीप श्रेष्ठलाई ९८४७२०६४६६ मा सीधा सम्पर्क गर्न सकिने छ ।

वामा लागिपरेकी इशा गुरुङले सामाजिक संजाल मार्फत सहयोगको लागि अपिल गरेकी थिईन । बिगत लामो समय देखि सामाजिक कार्य गरेकी इशाले युकेबाट नेपालमा रहेका धेरै दुखि पिडितको घाउमा मलम लगाईसकेकी छन् । एउटा नेपाली चेली त्यहि माथी आफ्नो देश भन्दा पनि टाढा रहेर पनि दिनरात निस्वार्थ भावनाले समाजसेवा गरेकी इशा ले सोयोनालाइ पनि बचाउनु पर्छ भन्दै आफैले व्यक्तिगत ५० हजार सहयोग गरेकी छन् ।

युकेमा रहेर नेपाली गरीब दुखीहरु आसुँ पुछ्ने काम गरेकी उनले अहिले सियोनालाइ पनि ठुलो रकम जम्मा गरेर खातामा पठाई सकेकी छन् । अहिले उनले सियोना बचाउ अपिल चलाईरहेकी छन् । आजसम्म उनले ३० लाख १३ हजार भन्दा बढि पैसा संकलन गरी सियोना नानु को खातामा पठाई सकेको जानकारी सामाजिक संजाल मार्फत नै जानकारी दिएकी छन् । यति तपाईं हरु नि सयोग गर्न चाहनु हुन्छ भने उनलाई संपर्क गर्न सक्नु हुने छ ।

बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठका अनुसार स्पाइनल मस्कुलर एट्रोफी एक प्रकारको जेनेटिक रोग हो । विशेष गरी यस रोगले बच्चाहरुको नशा र मासु सुकाउने रोग हो । बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठले भने, ‘सरल भाषामा भन्नुपर्दा चाँहि यसले बच्चाको शरीरलाई चलाउने मांसपेशी हुन्छ, त्यो चाँही सुक्दै जान्छ । त्यसैले यसको प्रारम्भिक लक्षण भनेको बच्चाले समयमा टाउको टेक्न नसक्ने, बस्न नसक्ने, हिँड्न नसक्ने, बढ्दै गएपछि बच्चालाई खाना खान गाह्रो हुने, खाँदा पनि सर्किने र विस्तारै सास फेर्न पनि गाह्रो हुने हुन्छ ।’

अभिनेत्री आचार्यको मृ’त्यु आमाको मिर्गौला फेरिएकी

काठमाडौं । एक चर्चित अभिनेत्री लीना आचार्यको नि’धन भएको छ । ‘हिचकी, गन्दी बात, आपके आ जाने से और मेरी हानिकारक बीवी’ जस्ता फिल्म र वेब सीरीजमा देखा परेकी अभिनेत्री लीना आचार्यको नि’धन भएको हो ।

लीनालाई दिल्लीको अस्पतालमा भर्ना गरिएको थियो । जानकारी अनुसार शनिबार उनको मृगौला सम्बन्धी समस्याका कारण मृ’त्यु भएको हो । लीनाको नि’धनको खबर सुनेपछि फिल्म उद्योगमा शोकको लहर छाएको छ । लीना आचार्य गएको डेढ बर्षदेखि मिर्गौला रोगबाट पीडित थिइन् ।

उनकी आमाले केही समय अघि उनको मिर्गौला दान गरेकी थिइन् । तर यसले लीनाको जीवनलाई बचाउन असक्षम भइन् । शनिवार, लीनाले अस्पतालमा अन्तिम सास लिइन् । लीनासँग काम गर्ने कलाकारहरू अझै विश्वास गर्न सकिरहेका छैनन् ।
यस अघि त्यस्ता रिपोर्टहरू पनि आएका थिए कि लीना आचार्यको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृ’त्यु भयो तर पछि यो स्पष्ट भयो कि मृत्युको कारण मिर्गौला फेल हुनु नै रहेको थियो । घटना पछि लीनाको परिवार शोकमा डुबेको छ ।

चर्चित अभिनेता रोहन मेहराले उनको इन्स्टाग्राम स्टोरीमा लीनासँग उनको तस्वीर साझा गरेका छन् । रोहनले लेखे, ‘तपाईको आत्मा शान्तिमा रहोस्, लीना म्याम, गत वर्ष, हामी यस समयमा सँगै २०२० को शूटिङ्ग गर्दै थियौं । तपाईंको धेरै याद आयो ।’

उनको मृ’त्यु हुनुभन्दा केही दिन अघि लीना आचार्यले इन्स्टाग्राममा एउटा पोष्ट लेखिन् । त्यसमा तस्वीरसँगै लेखिएको थियो, ‘त्यहाँ केही सासहरू छन् जुन मृ’त्यु लैजान सक्छ र यसले यो भन्दा बढी के लिने सक्छ ?’ अब मानिसहरूले लीनाको यो पोष्टमा धेरै टिप्पणी गरिरहेका छन् ।