सांसद नविना लामा भन्छिन् – ‘बादललाई हराउनु महाअपराध, कारवाही होस्’

नेकपा एमालेकी सांसद समेत रहेकी नेतृ नविना लामाले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउनेलाई कारवाही गर्न माग गरेकी छिन् ।

एमाले ओली समूहका उम्मेदवार बादल एमालेकै माधव नेपाल समूह, माओवादी केन्द्र, कांग्रेस सहितको विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भएपछि सांसद लामाले आक्रोश ब्यक्त गरेकी छिन् ।

उनले पार्टीमा अन्तर्घात भएको भएको बताउँदै बादलको हार नभई पार्टीको हार भएको उल्लेख गरेकी छिन् । बिहिबार सामाजिक सञ्जालमार्फत उनले पार्टीको निर्णय विरुद्ध लाग्ने नेताहरुलाई तत्काल कारवाही गर्न माग गरेकी छिन् ।

लामाले भनेकी छिन्–‘अन्तरघात महाअपराध हो होसियार !!! क.बादलको हार होइन पार्टीको हार हो । यस पार्टीको निर्णयविरुद्ध लाग्ने नेताहरुलाई तत्काल कारवाहीको माग गर्दछु ।’ आज भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा ५ हजार ८८ मतभार पाएर भट्टराई विजयी भएका छन् भने पराजित भएका बादलले ४ हजार १४ मत भार पाएका छन् ।

Check Also

२४ घन्टामा नेपालमा ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १७७ को मृत्यु

FacebookPinterestTwitterLinkedinपछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ …

देखा पर्यो नेपालमा पनि कोभिड भएका बिरामीहरुमा आखा बिगार्ने घातक कालो ढुसीको सङ्क्रमण, कसरी जोगिने ?

FacebookPinterestTwitterLinkedinकोभिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक ढुसीको सङ्क्रमण नेपालमा पनि फाट्टफुट्ट …

मन्त्रीहरुसँग प्रधानमन्त्रीले भने : ‘मैले जे गर्न खोजेको हो त्यसै भइरहेकै छ, मिठाइ खाए हुन्छ’

FacebookPinterestTwitterLinkedinप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाएपनि मुलुकको राजनीति आफ्नै रोडम्यापअनुसार अघि बढेको भन्दै …

नेपाल समुहले आज सामुहिक राजीनामा नदिने

FacebookPinterestTwitterLinkedinकाठमाडौं- नेकपा एमालेका माधव नेपाल समुहले तत्काल सामुहिक राजिनामा नदिने भएका छन् । स्थायी कमिटीको …

रित्तो हात कांग्रेस फर्किए टिकट पाउन एमाले आए

FacebookPinterestTwitterLinkedinनेपाली राजनीतिमा नयाँनयाँ घटनाको पटाक्षेप हुँदैछ । केही दिनअघि गण्डकी प्रदेशको राजनीति केन्द्रमा थियो । …