भोलिबाट ‘भेरोसिल’ खोपको दोस्रो डोज लगाइँदै ललितपुरमा

काठमाडौँ- ललितपुर महानगरपालिकाले चिनियाँ खोप भेरोसिलको दोस्रो मात्रा जेठ ६ गतेदेखि लगाउन शुरु गरिने भएको छ ।

महानगरले सूचना जारी गरी २९ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने जानकारी दिएको हो ।

‘प्रत्येक वडामा खोप केन्द्र सञ्चालन गरी खोप लगाउने व्यवस्था गरेका छौं, खोप लगाउने जाँदा स्वास्थ्य सुरक्षा अपनाएर जान अनुरोध गर्दछु’ महानगर प्रमुख चिरीबाबु महर्जनले भने ।

खोप कार्यक्रम जेठ १३ गतेसम्म बिहान १० देखि अपरान्ह ४ बजेसम्म चल्नेछ ।

कस्को कहिले पालो ?

चैत २५ देखि २८ गतेसम्म पहिलो मात्रा खोप लगाएकाले जेठ ६ गते ।
चैत २९ देखि ३१ गतेसम्म पहिलो मात्रा लगाएकाले जेठ ७ गते ।
वैशाख १ देखि ४ सम्म पहिलो पहिलो डोज लगाएकाले जेठ ९ गते ।
वैशाख ५ देखि ९ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ १० गते ।
वैशाख १० देखि १३ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ ११ को मिति तय गरिएको छ ।
यसैगरी वैशाख १४ गते खोप लगाएकालाई जेठ १२ गते वैशाख १५ गते लगाएकाले जेठ १३ गते खोप लगाउन सक्ने छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले आफूलाई पायक पर्ने स्थानमा गई स्वास्थ्य सुरक्षा अपनाएर खोप लिन नगरवासीलाई अनुरोध गरेका छन् । खोप लगाउन जाँदा पहिलोपटक खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

Check Also

आलुको बोक्रा फ्याल्नेले पक्कै यो पढेका छैनन्

FacebookPinterestTwitterLinkedinहाम्रो खानामा आलु सबैभन्दा बढी प्रयोग हुने तरकारीमा पर्छ । त्यसैले आलुलाई तरकारीको राजा पनि …

देखा पर्यो नेपालमा पनि कोभिड भएका बिरामीहरुमा आखा बिगार्ने घातक कालो ढुसीको सङ्क्रमण, कसरी जोगिने ?

FacebookPinterestTwitterLinkedinकोभिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक ढुसीको सङ्क्रमण नेपालमा पनि फाट्टफुट्ट …

दिन रात नभनी बिरामीहरुको सेवामा खटिएकि नर्सको कोरोना’बाट मृ’त्यु

FacebookPinterestTwitterLinkedinकाठमाडौं । कोरोना भाइरस संक्रमणबाट नर्स सावित्री भट्टराईको निधन भएको छ । नेपाल नर्सिङ संघकी …

८४ वर्षीय कोरोना संक्रमित हजुरआमा भन्छिन: धेरै नडराऔं, नआत्तिऔं, संक्रमितलाई प्रेम गरौं !

FacebookPinterestTwitterLinkedinहजुरआमा कस्तो छ अहिले हजुरलाई ? सोह्रै आना ठिक छु बा म अहिले त । …

कोरोनाभाइरसको कडा भेरियन्ट,भेटियो १००० गुणा तीब्र गतिमा फैलिरहेकोछ, भेरियन्ट कति खतरनाक छ ?

FacebookPinterestTwitterLinkedinकोरोनाभाइरसको आन्ध्र प्रदेश भेरियन्ट । यो शब्दले सबैलाई त्रसित पारिरहेको छ । कोरोनाभाइरसको यो एक …