दिन रात नभनी बिरामीहरुको सेवामा खटिएकि नर्सको कोरोना’बाट मृ’त्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नर्स सावित्री भट्टराईको निधन भएको छ । नेपाल नर्सिङ संघकी कोषाध्यक्ष कल्पना श्रेष्ठले जेष्ठ २ गते नर्स भट्टराईको निधन भएको जानकारी दिनुभयो । उहाँ पछिल्लो समय विराटनगर नोवेल हस्पिटलमा कार्यरत हुनुहुन्थ्यो ।

यस्तै नर्स चुनीमैंया श्रेष्ठको वैशाख २९ गते हृदयघातका कारण निधन भएको छ । श्रेष्ठ नर्सिङ संघ शाखा पाल्पा संस्थापक सचिव हुनुन्थ्यो । संघले दुवै नर्सको निधनप्रति दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदन व्यक्त गरेको छ ।

यो पनि, अक्सिजन अभावले उपचारमा समस्या मकवानपुरमा एउटा पनि व्यावसायिक रुपमा अक्सिजन उत्पादन गर्ने उद्योग नहुँदा जिल्लामा आवश्यक अक्सिजन आपूर्तिमा समस्या देखिएको छ । जिल्लाभित्र अक्सिजन उद्योग नहुँदा बाहिरी जिल्लाबाट अक्सिजन सिलिन्डर भरेर ल्याउन झन् समस्या हँुदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा सहजै रुपमा मागअनुसार पर्याप्त मात्रामा अक्सिजन आपूर्तिमा अभाव हुँदा जिल्लाका विभिन्न अस्पतालमा कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारमा समस्या हुँदै आएको हो । वाग्मती प्रदेशको हेटौँडा अस्पतालसहित हेटौँडा उपमहानगरपालिका–१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पताल र थानाभ¥याङस्थित चुरेहिल हस्पिटलले कोभिड–१९ बिरामीको उपचार गर्दै आइरहेका छन् । यद्यपि सबै स्वास्थ्य संस्थाले आवश्यकताअनुसार सहजै रुपमा अक्सिजन व्यवस्थापन नभएको भन्दै थप बिरामी उपचार गर्न कठिनाइ हुने जनाउँदै आएका छन् ।

अन्य जिल्लाका अक्सिजन उद्योगको भरपर्नुपर्ने अवस्थाका कारण जिल्लामा सहज आपूर्ति नहुँदा बिरामीको उपचारसमेत समस्या हँुदै आएको हेटौँडा अस्पताल व्यवस्थापन समितीका सदस्य सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । आजको अवस्थामा तीनवटा स्वास्थ्य संस्थामा दैनिक रुपमा २५० अक्सिजन सिलिन्डर आवश्यकता पर्ने गरे पनि हाल दैनिक २१० सिलिन्डर मात्र प्राप्त हुँदै आएको छ । बिरामीको सङ्ख्या बढ्दै जाँदा झन् अक्सिजनको माग बढी हुँदै जाने भएकाले जिल्लामा अक्सिजन अभावको समस्या बढ्दै गएको अस्पताल व्यवस्थापन समितिका सदस्य कार्कीले जानकारी दिनुभयो ।

कोभिड–१९ का बिरामी उपचार गर्दै आएका तीनवटा स्वास्थ्य संस्थाका अनुसार हाल प्राप्त अक्सिजन सिलिन्डरका आधारमा उपचार गराइरहेका बिरामीलाई धान्नै मुस्किल परेको अस्पतालले जनाएका छन् । हाल हेटौँडा अस्पतालसहित अन्य निजी दुईवटा अस्पतालमा करीब २५० सिलिन्डर माग हुँदै आए पनि करीब २१० मात्र सिलिन्डर व्यस्थापन हुँदै आएको र थप सिलिन्डर व्यस्थापनका लागि आवश्यक पहल भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो ।

अक्सिजन उद्योग मकवानपुरमा नभएकै कारण खाली सिलिन्डर लिएर बारा, चितवन, नुवाकोट, विराटनगरलगायतका जिल्लामा भर्न जानुपर्ने बाध्यता छ । कोभिड–१९ का बिरामीलाई मकवानपुरका स्वास्थ्य संस्थामा चाहिने अक्सिजन चितवन, पूर्वी नवलपरासी, बारा, पर्सालगायत जिल्लामा रहेका उद्योगबाट हुँदै आएको अक्सिजन आपूर्ति पर्याप्त छैन ।

Check Also

आलुको बोक्रा फ्याल्नेले पक्कै यो पढेका छैनन्

FacebookPinterestTwitterLinkedinहाम्रो खानामा आलु सबैभन्दा बढी प्रयोग हुने तरकारीमा पर्छ । त्यसैले आलुलाई तरकारीको राजा पनि …

देखा पर्यो नेपालमा पनि कोभिड भएका बिरामीहरुमा आखा बिगार्ने घातक कालो ढुसीको सङ्क्रमण, कसरी जोगिने ?

FacebookPinterestTwitterLinkedinकोभिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक ढुसीको सङ्क्रमण नेपालमा पनि फाट्टफुट्ट …

भोलिबाट ‘भेरोसिल’ खोपको दोस्रो डोज लगाइँदै ललितपुरमा

FacebookPinterestTwitterLinkedinकाठमाडौँ- ललितपुर महानगरपालिकाले चिनियाँ खोप भेरोसिलको दोस्रो मात्रा जेठ ६ गतेदेखि लगाउन शुरु गरिने भएको …

८४ वर्षीय कोरोना संक्रमित हजुरआमा भन्छिन: धेरै नडराऔं, नआत्तिऔं, संक्रमितलाई प्रेम गरौं !

FacebookPinterestTwitterLinkedinहजुरआमा कस्तो छ अहिले हजुरलाई ? सोह्रै आना ठिक छु बा म अहिले त । …

कोरोनाभाइरसको कडा भेरियन्ट,भेटियो १००० गुणा तीब्र गतिमा फैलिरहेकोछ, भेरियन्ट कति खतरनाक छ ?

FacebookPinterestTwitterLinkedinकोरोनाभाइरसको आन्ध्र प्रदेश भेरियन्ट । यो शब्दले सबैलाई त्रसित पारिरहेको छ । कोरोनाभाइरसको यो एक …