दु:ख पछि आएको सुखको कहानी सुनाए कृष्ण र रुपाको फेरीएको जीवन कहानी,(हेर्नुस भिडियो)

केही महिना अघि सम्म कृष्ण वली र रुपाको निकै मार्मीक भिडियो र कथा सामाजिक सजालमा सार्वजनिक हुन्थे । उनीहरुको जोडीलाई सहयोग गर्न हजारौं नेपालीले सहयोग गरे । अहिले उनीहरुको जिवन फेरीएको छ ।

उनीहरु अहिले दुईवाट तीन भएका छन् । रुपाले एक छोरालाई पनि जन्म दिएकी छन् । अहिले कृष्ण वली आफै हिड्न सक्ने भएका छन् । उनी आफु हिड्ने मात्र होइन अरुलाई सहयोग समेत गर्न सक्ने भएका छन् । हिमालय टेलिभिजनवाट प्रशारण हुने जिवसाथी कार्यक्रममा यो चर्चित जोडी पनि पुगेको छ ।

उनीहरुले आफुहरुको प्रेम, जिवनमा परेको कठिनाई र अहिलेको अवस्थाका बारेमा कुराकानी गरेका छन् । घटना २०७५ जेठ २५ को हो । रुपा काठमाडौँमा बसेर नर्सिङको तयारी गरिरहेकी थिइन् । कृष्ण पेसाले सिभिल इन्जिनियर । उनी एक कम्पनीमा काम गर्थे । कामको सिलसिलामा उनी दाङ पुगे । उनले पढेको इलेक्ट्रोनिक्ससम्बन्धी नै थियो । उनी मिटर बन्द गरेर काम गरिरहेका थिए, थाहा नपाएर उनका सहकर्मीले मिटर अन गरिदिए ।

कृष्णले आफ्नो विगत सुनाउँदा भावुक भए, ‘जब हात खुट्टा जले त्यो सँगै हामीले बुनेका सपना पनि जले ।’ दुर्घटनामा उनको बायाँ हात पूरै जल्यो । बायाँ खुट्टा, दायाँ हात र खुट्टामा पनि करेन्ट लाग्यो । उनी केही बेर बेहोस भएछन् । ब्युझिँदा वरिपरि साथीहरु त थिए तर आत्तिएर एम्बुलेन्स बोलाउने भेउ नै पाएनछन् । कृष्ण आफैँले फोन गरेर एम्बुलेन्स मगाए । दाङमा नजिक उनको उपचार सम्भव हुने अस्पताल थिएन । उनी पुगे भारतको लखनउ ।

दुर्भाग्य, त्यहाँ पुग्दा धेरै ढिला भइसकेको थियो । समयमै पुगेको भए उनको एक हात मात्रै गुम्थ्यो, इन्फेक्सनका कारण उनले दुवै हात र बायाँ खुट्टा पनि गुमाए । विवाह लगत्तै भएको यस्तो दुर्घटना र कृष्णको अवस्थाका बारेमा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि हजारौंले उनीहरु प्रति सहयोगको हात बढाए । रकम उठ्यो कृष्णले कृतिम खुट्टा लगाए । अहिले उनीहरु सामान्य जिवन विताइरहेका छन् ।

Check Also

सुनिता थेगिमको ‘हिजो मेरो फोटोहरुले’ सार्वजनिक(भिडियो सहित)

FacebookPinterestTwitterLinkedinपछिल्लो समय दर्शक स्रोताहरुका मनमा छाउन सफल लोकप्रिय गयीका सुनिता थेगिम लिम्बूको सुमधुर आवाजमा सजिएको …

मिडियाले जिउंदै मार्यो भन्दै आक्रोश

FacebookPinterestTwitterLinkedinकाठमाडौं । नेपाली गित संगीतको माहोलमा तथा चलचित्र क्षेत्रमा बिगत लामो समय बिताएकी रश्मि भट्टको …

भोलि यो संसार छाडेर जान सक्छु’ मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन भन्दै संक्रमित शिक्षिकाले बनाएको अन्तिम टिकटक भिडियो

FacebookPinterestTwitterLinkedinमानिसको आयू कति छ भनेर कसैले अनुमान गर्न सक्दैन तर जीवनमा अनुमान गरेका केही कुरा …

हे भगवान् ! टिकटकमा निकै नै भाइरल बालकलाई के भयो यस्तो; हेर्नुस् उनका रमाइला टिकटक भिडियो

FacebookPinterestTwitterLinkedinविगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । …

बच्चा चोर्दै गर्दा भेटेपछि रामधु ला ई ग रे ,९ जना भारतिय नेपाल पसेर (भिडियो)

FacebookPinterestTwitterLinkedinझापामा नसोचेको घटना घटेको छ । झापामा एउटा बालक जो दुई वर्षको बालक भारतीय नौ …