नेपाल समुहले आज सामुहिक राजीनामा नदिने

काठमाडौं- नेकपा एमालेका माधव नेपाल समुहले तत्काल सामुहिक राजिनामा नदिने भएका छन् । स्थायी कमिटीको बैठकले विपक्षी गठबन्धनको सरकार बन्ने अवस्थामा मात्रै सांसद पदबाट राजीनामा दिने निष्कर्ष निकाल्दै तत्कालका लागि राजिनामा नदिने निर्णय गरेको हो ।

आइतबार बसेको स्थायी कमिटीको बैठकले ओलीका पक्षमा बहुमत नपुग्ने निश्चित भएकाले तत्काल राजीनामा दिनुको अर्थ नहुने निष्कर्ष निकालेको हो । उनीहरूले जसपा तटस्थ बस्ने भएपछि प्रधानमन्त्री ओलीको बहुमत नपुग्ने निष्कर्ष निकालेको बताइएको छ ।

घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टलगायतका नेताहरू सामुहिक राजीनामाको विपक्षमा रहेको बताईएको छ । उनीहरूले परिणाम निस्कने अवस्थामा मात्र राजिनामा दिनु उचित हुने तर्क गरेका थिए ।

एक नेताका अनुसार अहिले नै विपक्षी गठबन्धनको सरकार बन्ने अवस्था नभएकाले सांसद पदबाट राजीनामा दिनुको अर्थ नभएको र परिणाम पनि नआउने देखेर राजिनामा रोकिएको हो ।

माधव नेपाल समुहका सांसदले सामुहिक राजीनामा हल्ला चलेपछि प्रधानमन्त्री ओलीले नेपालसँग संवाद गर्न विष्णु पौडेल र सुवास नेम्वाङलाई पठाएका थिए । पौडेल र नेम्वाङले ओलीलाई मनाउने भन्दै राजिनामा नगर्न सुझाव दिएका थिए ।

नेता नेपालले भने २ जेठ ०७५ मा पार्टीका कमिटी फर्काउनुपर्ने पुरानै अडान राखेका थिए ।

यससँगै माधव नेपाल समुहले ओलीको पक्षमा मतदान गर्ने भएको छ । राजिनामा नदिएपछि पार्टीको ह्विप मान्नुपर्ने भएकाले ओलीलाई विश्वासको मत दिने भएका हुन् । विश्वासको मत नदिएको खण्डमा पार्टीले कारबाही गर्नेछ ।

Check Also

२४ घन्टामा नेपालमा ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १७७ को मृत्यु

FacebookPinterestTwitterLinkedinपछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ …

देखा पर्यो नेपालमा पनि कोभिड भएका बिरामीहरुमा आखा बिगार्ने घातक कालो ढुसीको सङ्क्रमण, कसरी जोगिने ?

FacebookPinterestTwitterLinkedinकोभिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक ढुसीको सङ्क्रमण नेपालमा पनि फाट्टफुट्ट …

सांसद नविना लामा भन्छिन् – ‘बादललाई हराउनु महाअपराध, कारवाही होस्’

FacebookPinterestTwitterLinkedinनेकपा एमालेकी सांसद समेत रहेकी नेतृ नविना लामाले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउनेलाई …

मन्त्रीहरुसँग प्रधानमन्त्रीले भने : ‘मैले जे गर्न खोजेको हो त्यसै भइरहेकै छ, मिठाइ खाए हुन्छ’

FacebookPinterestTwitterLinkedinप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाएपनि मुलुकको राजनीति आफ्नै रोडम्यापअनुसार अघि बढेको भन्दै …

रित्तो हात कांग्रेस फर्किए टिकट पाउन एमाले आए

FacebookPinterestTwitterLinkedinनेपाली राजनीतिमा नयाँनयाँ घटनाको पटाक्षेप हुँदैछ । केही दिनअघि गण्डकी प्रदेशको राजनीति केन्द्रमा थियो । …