दिपक मनाङेको मन्त्री पद १० दिनमै गुम्यो

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै १० अगाडि मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद खुस्किएको छ । उनी यही वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लाे समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेलकुद मन्त्री बनाएका थिए ।

तर, मुख्यमन्त्री गुरुङले आपूm विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुनुभन्दा अघिल्लो दिन राजीनामा दिएपछि मनाङेको मन्त्री पद १० दिनमै गुमेको हो ।

मनाङे स्वयंले आफू दुइ साता मन्त्री रहने निश्चित हुँदाहुँदै पनि छोटो समयमा सिस्टम बसालेर छाड्नका लागि मन्त्री बनेको प्रतिक्रिया दिएका थिए । मन्त्री बनेको १० दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि उनी पनि काम चलाउ भएका छन् ।

मनाङेले आफ्नो जिल्लावासीको आग्रहअनुसार मुख्यमन्त्री गुरुङलाई रोज्नुपर्ने बाध्यता भएको बताउँदै आएका थिए । उनले अब सत्तापक्षीय एमालेलाई दिएको साथ कायम राख्छन् वा नयाँ सरकार बनाउने दललाई समर्थन गर्छन् हेर्न बाँकी छ ।

Check Also

प्रधानमन्त्री ज्यु, पार्टी ब’च्यो पद बच्यो अब आउनुहोस् जनता बचाऔं: रबि लामिछाने

FacebookPinterestTwitterLinkedinरबि लामिछाने – सम्माननिय प्रधानमन्त्री श्री के पी ओली ज्यु, जनमैत्री अस्पतालको प्रा’ङ्गणबाट नमस्कार। यहाँ …

मात्र 99 हजारमा 19 मोडेल को यमहा इस्कुटर

FacebookPinterestTwitterLinkedinदाङ मा तु यमाहाको इस्कुटर बिक्रीमा छ मुल्य रु मात्र 99 हजार हो इन्सुरेन्स सबै …

ओलीको व्‍यंग्य प्रचण्ड–माधवलाई : ‘गरिबको तरकारी फ्याँकेर क्रान्ति देखाए’

FacebookPinterestTwitterLinkedinकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको अर्को समूह प्रचण्ड–माधव पक्षले आज गरिबका तरकारी फ्याँकेर …

धुर्मुस-सुन्तली फाउण्डेसनले पायो चार करोड

FacebookPinterestTwitterLinkedinधुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका १५ मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम …

चिनियाँ राजदूत र राष्ट्रपति भण्डारी यान्छीबीच भेटवार्ता

FacebookPinterestTwitterLinkedinनेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । शुक्रबार साँझ …