पूर्वाभ्यास चितवन र सुर्खेत घटना नेकपा विभाजनको !

काठमाडौं सम्बोधनको अन्तिमतिर अध्यक्ष तथा केपी ओलीनिकट कार्यकर्ताले प्रचण्ड-माधव नेपाल पक्षका पाण्डेविरुद्ध नाराबाजी गरे । जब पाण्डे मदन भण्डारी फाउन्डेसनका नाममा राजनीतिक अभिष्ट पूरा गर्न सञ्चालित गतिविधि रोक लगाउने स्थायी समितिले निर्णय गरेको प्रसंगको व्याख्या गर्दै थिए, त्यही क्रममा नाराबाजी भयो पाण्डेविरुद्ध ।

खासमा त्यो बहाना मात्र थियो, ओली समूह पछिल्ला दिनमा प्रचण्ड-माधव नेपाल समूहविरुद्ध केन्द्रदेखि स्थानीय तहसम्म वाकयुद्ध मात्र होइन, समानान्तर गतिविधिमा समेत लागिसकेका थिए । त्यसको प्रतिफलमात्र थियो, चितवन घटना ।

शनिबारको चितवन घटनासँगै जोडेर विश्लेषण गर्नुपर्ने हुन्छ सुर्खेतको अर्को प्रसंग । सुर्खेतमा ओली पक्षले मदन भण्डारी स्पोर्टस एकेडेमीको ब्यानरमा भेला गर्‍यो । एकेडेमीको ब्यानरमा सुर्खेतमा ओली पक्षको भेला भइरहँदा चितवनमा पाण्डे त्यही ब्यानरको विपक्षमा बोल्दै थिए ।

६ मंसिरको मध्यान्हका यी दुई घटनालाई जोड्न १९ कात्तिकको ओलीको गोप्य प्रशिक्षणसम्म पुग्नुपर्ने हुन्छ । ओलीले त्यसदिन पार्टी विभाजनको डिलमा पुगेको संकेत मात्र गरेका थिएनन्, वैचारिक धारको संरक्षणका लागि जनताको बहुदलीय जनवाद (जबज)लाई स्थानीयस्तरसम्म लैजान निर्देशन पनि दिएका थिए । र, त्यसका लागि मदन भण्डारी फाउन्डेसनको ब्यानरलाई उपयोग गर्न ओलीको निर्देशन थियो । ओलीको त्यो निर्देशनको १७ दिनपछि अर्थात् ६ मंसिरमा सुर्खेतबाट ओली समूहले सुरु गरेको छ ।

नेकपाभित्रको पछिल्ला परिदृश्य हेर्नलाई ओलीको १९ कात्तिकको निर्देशनअघिको अर्को घटना पनि जोड्नुपर्ने हुन्छ । ७ कात्तिकमा नेकपाले पर्साको विन्दवासिनी गाउँपालिकाको कमिटी विस्तार र सपथ ग्रहण कार्यक्रम राखेको थियो । त्यहाँ सयौँ कार्यकर्ता उपस्थित थिए । पर्सामा नेकपाभित्र विवादमा चर्को थियो नै तर ओली पक्षका नेताहरू त्यस कार्यक्रमप्रति असन्तुष्ट मात्र होइन आक्रोशित थिए ।

‘पार्टीको एकताको क्रममा विधान र कार्यदिशा तय गरेका छौँ, त्यसविरुद्ध हुने गतिविधिले अराजकता ल्याउन सक्छ । विभाजन र विखण्डन ल्याउन सक्छ । अहिले त्यही प्रयास भइरहेको छ’ खनाल भन्छन् ‘बाहिरकाले पनि पार्टी फुटोसे भन्ने चाहेका छन् र पार्टीभित्रका नेताको अहँकार, इगो र आत्मकेन्द्रित सोचबाट पार्टी फुटाउने प्रयास भएको देखिन्छ ।’
त्यसैको प्रतिफल हो, पूर्वसांसद राजकुमार गुप्ताको निर्देशनमा आफ्नै कार्यकर्तामाथि आक्रमण गरियो । र, पूर्वमाओवादी समूहका मुकेश चौरसिया मारिए । गुप्तामाथि कारबाही गर्न प्रचण्ड-माधव नेपाल समूहले निरन्तर दबाब बढाउँदा पनि ओली पार्टीभित्र मात्रै गुप्ताको संरक्षणमा लागेनन, प्रहरी प्रशासनलाई पनि प्रयोग गरे ताकी किटानी जाहेरी दर्ता लिन पनि पर्सा प्रहरी तयार भएन ।

२८ असोजमा एक्कासी तीन जना मन्त्री थप्ने निर्णयमा जब प्रधानमन्त्री ओली पुगे, त्यसपछि नेकपाभित्र विवादले चरमोत्कर्षको रूप लियो । त्यसपछि ओली समूह र प्रचण्ड-माधव नेपाल समूहबीच आरोप प्रत्यारोप मात्र भइरहेको छैन, समानान्तर अभ्यास हुन थालेको छ । पर्सामा चौरसिया हत्या प्रकरण होस् वा जबजलाई ब्युँत्याउने ओलीको निर्देशन प्रकरण नै किन नहोस् जसले पार्टी विभाजनको संकेत गर्छ ।२८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीविरुद्ध विभिन्न आरोपसहित प्रतिवेदन पेस गरेपछि विवादले झन् उग्र रूप लिएको छ । यो बीचमा सचिवालय सदस्य ईश्वर पोखरेलले नेकपाको काठमाडौं उपत्यकास्तरीयनगर कमिटिसँग विमर्श गरिरहेका छन् ।

ओली समूहको पछिल्ला गतिविधिले पार्टी विभाजनको संकेत गरेको अर्को पक्षको आरोप छ । सचिवालय सदस्य झलनाथ खनाल पार्टी एकताको क्रममा नीति तथा कार्यक्रम तय भइसकेपछि छुट्टै भेला गरेर जबजको व्याख्या गर्ने र कार्यक्रममा हुलदंगा गर्नु पार्टी एकता विरोधी गतिविधि ठान्छन् । ‘पार्टीको एकताको क्रममा विधान र कार्यदिशा तय गरेका छौँ, त्यसविरुद्ध हुने गतिविधिले अराजकता ल्याउन सक्छ । विभाजन र विखण्डन ल्याउन सक्छ । अहिले त्यही प्रयास भइरहेको छ’ खनाल भन्छन् ‘बाहिरकाले पनि पार्टी फुटोसे भन्ने चाहेका छन् र पार्टीभित्रका नेताको अहँकार, इगो र आत्मकेन्द्रित सोचबाट पार्टी फुटाउने प्रयास भएको देखिन्छ ।’

खनालले भनेझैँ मदन भण्डारी स्पोट्स एकेडेमीको ब्यानरमा सुर्खेतको कार्यक्रम जबजको प्रवर्द्धनको प्रयास मात्र छैन, ओली समूहका स्थानीय नेताहरूको समानान्तर भेला थियो । स्थानीय नेताहरूले त्यसबारे प्रष्ट बताएका त छैनन्, तर नेकपा विभाजनको डिलमा रहेको विश्लेषण भइरहेका बेला सुर्खेतको भेला ओली समूहको सामान्नातर अभ्यासको प्रयासका रूपमा मानिएको छ ।

नेता खनाल पछिल्ला दिनमा ओली समूहको अभ्यास र प्रयासलाई पार्टी विभाजनलाई बल पुग्ने गतिविधिको रूपमा अर्थ्याउछन् । भन्छन्, ‘मदन भण्डारी फाउन्डेसनलाई गुटबन्दीको फोरम बनाएर पार्टीभित्र विभाजनको खेल हुन थालेको छ, यो गलत अभ्यास हो, फाउन्डेसनका गतिविधि रोक्न स्थायी समितिले दिएको निर्देशनको उल्लंघन पनि हो ।’

२६ भदौको स्थायी समितिको बैठकले मदन भण्डारी फाउन्डेसन र पुष्पलाल स्मृति प्रतिष्ठानको नाममा राजनीतिक गतिविधि नगर्न निर्देशन त दिएको थियो नै, तिनीहरूको पारदर्शिताका लागि कार्यदल बनाएर अध्ययन गर्नेसमेत भनेको थियो । र, २९ भदौमा अध्यक्षद्वय प्रचण्ड र ओलीले जारी गरेको अन्तरपार्टी निर्देश (अपानि) मा पनि त्यही उल्लेख थियो ।

तर, पार्टीको सर्कुलर विपरीत फाउन्डेसनले गतिविधि त गरिरहेका थिए । १९ कात्तिकमा अध्यक्ष ओलीले नै कार्यकर्तालाई फाउन्डेसनको ब्यानरमा जबजको पक्षमा महोल बनाउन निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *