चिनियाँ राजदूत र राष्ट्रपति भण्डारी यान्छीबीच भेटवार्ता

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।
शुक्रबार साँझ भएको भेटमा राष्ट्रपति भण्डारी र राजदूत यान्छीबीच समसामयीक बिषयमा छलफल भएको बताइएको छ ।
चीनले नेपालको राजनीतिक समस्यालाई हल गर्न मध्यस्तता गर्ने प्रयास गर्दै आएको छ ।

यसअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशकले पनि नेपाल भ्रमण गर्नु भएको थियो ।
उहाँले नेपालका राष्ट्रपति, प्रधानमन्त्तीका साथै शिर्ष नेताहरुसँग भेटघाट गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *