विजयराज पण्डित डिएसपीको विदाई

ई.डी.एफ नमाक संस्थाले ईलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितलाई विदाई कार्यक्रम

आयोजना गरेको छ । उक्त संस्थाका अध्यक्ष प्रविण पाठकको अध्यक्षतामा थकाली भान्छा घरमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा दमक पब्लिक लाइब्रेरी राष्ट्रिय अध्यक्ष विनोद उप्रेती, हिमालयन टाइगर संस्थाका अध्यक्ष रेवत भण्डारी, उपाध्यक्ष जे बिमली , क्यारिङ् हेण्ड अध्यक्ष प्रज्वल अधिकारी, भ्वाइस फर एनिमल संस्थाका सचिव बालचन्द्र कार्की, मदन भण्डारी स्पोर्ट्स एकाडेमीका दमक नगर अध्यक्ष लोकेश न्यौपाने लगायतको उपस्थिति रहेको थियो । दमकमा शान्ति सुरक्षा कायम गर्न सफल रहनुभएको भन्दै हिमालयन टाइगरका अध्यक्ष भण्डारीले धन्यवाद प्रकट गर्नुभयो ।

त्यसैगरी दमक प्रहरीले शान्ति सुरक्षा कायम गरी दिनमा ढुक्क सँग हिँड्न र रातमा आनन्दसँग निदाउन पाएकोमा विशेष आभार प्रकट गर्नुभयो । मन्तब्यको क्रममा दमाकवासिकै सहयोग र सहकार्यको कारणले शान्तिसुरक्षा कायम गर्न सफल भएकोमा सम्पूर्ण दमक नगरवादीलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा ई.डी.एफका उपाध्यक्ष संजय शाहले राष्ट्रिय झण्डा अंकित पिनले डिएसपी पण्डितलाई सम्मान गर्नुभयो । त्यसैगरी लिओ क्लव अफ दमक गोल्ड संस्थाका अध्यक्ष प्रवेश बस्ताकोटीले रुद्राक्षको माला लगाएर सम्मान प्रकट गर्नुभयो । कार्यक्रममा अध्यक्ष पाठकले मायाको चिनो स्वरुप गणेशको मूर्ति प्रधान गर्नुभयो । कार्यक्रमको समापनमा बोल्दै पाठकले डिएसपी विजयराज पण्डित एक इमान्दार, लगनशील एबं कर्तव्यनिष्ठ प्रहरी अफिसर भएको बताउनुभयो । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन माउन्दिप मोबाइलले गरेको थियो । १५ महिनाको कार्यकाल पूरा गरी डिएसपी पण्डितको पोखरामा सरुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *