फिल्मबाट निकालिएको तापसीको खुलासा

एजेन्सी – बलिउड अभिनेत्री तापसी पन्नुले बलिउड फिल्म उद्योगमा आफ्नो संघर्षको दिनहरुको बारेमा खुलासा गरेकी छिन् ।

उनलाई फिल्ममा अभिनेताकी पत्नीका कारण खेल्न दिइएको थिएन । अभिनेताकी पत्नीले फिल्ममा तापसीलाई राख्न नमानेपछि उनलाई फिल्मबाट हटाइएको थियो ।

तापसीले एक पटक फिल्म डभिङ गरिरहेकी थिइन् । फिल्म डभिङको क्रममा अभिनेतालाई फिल्मको डाइलग मन परेन । अभिनेताले डाइलग परिवर्तन गर्न आग्रह गरे । तर तापसीले नमानेपछि उनको डाइलग डब गरेर उनलाई हटाइयो ।तापसीले पिंक, मुल्क, थप्पड जस्ता सुपरहिट फिल्ममा समेत काम गरेकी छिन् । एकपटक अभिनेताले फिल्ममा इन्ट्रोडक्सन सीन परिवर्तन गर्न समेत लगाएको तापसीले खुलासा गरेकी छिन् । उनका अनुसार अभिनेताले उनको इन्ट्रोडक्सन पार्ट अभिनेताभन्दा राम्रो भएकाले अभिनेताले उक्त सीन परिवर्तन गर्न लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *