पत्नी ओली तिर, पति प्रचण्ड-नेपाल तिर यो दम्पतीको के भयो ?

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा नेताहरूले आफ्नो कित्ताकाट थालेका छन् । यसअघि एउटा समूहमा रहेका केही नेताहरू अर्को समूहमा पुगेका छन्।
विभाजनको असर यतिसम्म परेको छ कि पति-पत्नी नै फरक-फरक खेमामा पुगेका छन् । अहिले राजधानीमा नेकपाभित्रका दुई समूहको केन्द्रीय समिति बैठक जारी छ । उक्त बैठकमा कुन नेता कता उपस्थित रहेका छन् भन्ने जनचासो बढिरहेको छ।

सोही क्रममा नेकपा नेता रघुबीर महासेठ ववरमहलमा जारी प्रचण्ड माधव समूहको बैठकमा देखिएका छन् भने उनकी श्रीमती जुली महतो बालुवाटारमा जारी केपी शर्मा ओली समूहको भेलामा देखिएकी छिन् । महासेठ नेकपाभित्र मधेसबाट प्रतिनिधित्त्व गर्ने प्रभावशाली नेतामा पर्ने गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *