भक्तपुरमा प्रवेश निषेध गर्ने चेतावनी प्रचण्ड र माधवलाई

भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालमाथि कडा आक्रोस व्यक्त गर्दै भक्तपुरमा प्रवेश निषेध गर्ने चेतावनी दिएका छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई वाध्यात्मक अवस्था सिर्जना गराई संसद विघटन गरी निर्वाचनको घोषणा गर्न बाध्य तुल्याएको भन्दै युवा विद्यार्थीले प्रचण्डमाथि कडा रुपमा आक्रोस जनाएका छन् । गुटको भेला गरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली माथि कारवाही गर्ने धम्की दिनु नेपालको कम्युनिष्ट आन्दोलनलाई तहस नहस बनाउने कार्य प्रचण्ड–माधव नेपालबाट भएको भन्दै अस्थितरतका पुजारी नबन्न चेतावनी दिएका छन् ।

राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय सार्वभौमिकताको रक्षाको निम्ती प्रधानमन्त्री ओलीले जनताको जनादेशलाई स्वीकार्नु पर्ने भन्दै निर्वाचनको घोषणा गर्नुभएकोलाई युवा विद्यार्थीको पूर्ण रुपमा समर्थन गर्दै दिप प्रज्वलन समेत गरेका छन् । प्रचण्डले सशत्र युद्ध गरी १७ हजार दुखी गरिव जनताको रगत बगाएर कुर्सी र आफ्नो व्यक्तिगत स्वार्थको लागि मुलुकलाई अस्थिरता तथा अराजकताको बाटोमा लाने खोजेको भन्दै आक्रोस जनाए ।

ताजा जनादेशको लागि सवै राजनीतिक दल तथा नागरिक तयार हुनुपर्ने भन्दै युवाहरुले नेपालको कम्युनिष्ट आन्दोलनका लेण्डुप दोर्जे तथा कलंकको रुपमा प्रचण्ड–माधव स्थापीत भई इतिहासका सवैभन्दा ठूलो कालो दाग लगाएको उल्लेख गरे । युवा विद्यार्थीले भने, ‘कमरेड प्रचण्ड तपाईले १७ हजार गरिव तथा दुखी जनताको ह’त्या किन गर्नुभयो ? आखिर सत्ताकै लागि हो ? कि तपाईको घरवेटीको रक्षाको लागि हो ?’

प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव तथा राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र गरेपछि मुलुकमा हुनसक्ने दुर्घटनालाई रोक्नको लागि संसद विघटन भएको उल्लेख गर्दै प्रचण्ड–माधव गुट भारतीय दलाल, भ्रष्टाचारी, ह’त्यारा, आतंककारी भएको समेत भएको बताए । प्रधानमन्त्री ओलीको पक्षमा तीन करोड नेपाली जनता रहेको उल्लेख गर्दै एक दुई दर्जन प्रचण्ड–माधवका अन्धभक्त स्वार्थी कार्यकर्ताको कुनै औचित्य नभएको समेत दावी गरे ।

नेपाली जनता देशभर प्रधानमन्त्रीको पक्षमा रहेकोले माथिल्लो तहमा दृढताका साथ अगाडी बढ्न प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरे । त्यस्तै पार्टी र सरकारको विरुद्धमा विभिन्न षड्यन्त्र गर्ने प्रचण्ड–माधवलाई भक्तपुरमा प्रवेश निशेष गर्ने समेत अवस्था आउन सक्ने चेतावनी दिए ।