Breaking News

टिकटक बनाउँदा पुलबाट बजारिएका युवकको मृत्यु दाङमा

दाङमा टिकटक बनाउँने क्रममा पुलबाट बगरमा बजारिएका एक युवकले ज्यान गुमाएका छन् । ती युवक टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर घाइते भएका थिए । उनको दाङमा उपचार हुन नसकेपछि कोहलपुरमा उपचार हुँदै थियो ।

ती युवा तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापा रहेको बताइएको छ । उनको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ज्यान गएको हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले सावधानी नअपनाउँदा दुर्घटना निम्तने गरेको छ । ती युवा पिकनिक मनाउने क्रममा गएका र बबई गाउँपालिका ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलमा यस्तो घटना भएको थियो

टिकटक बनाउन पुलको सपोर्टमा चढेका उनी त्यहाँवाट खसेका थिए । उनको अवस्था गम्भिर थियो । गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो ।

शनिबार रमाईलो गर्ने भन्दै केही साथीहरु त्यस तर्फ गएका थिए । करिब २ दर्जन युवाहरु रमाइलो गर्दै गरेको अवस्थामा उनी अचानक पुलवाट खसेका थिए । पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका उनीहरुको यस्तो दुर्घटना भएको थियो ।

थापा झन्डै २० मिटर माथिको पुलबाट बगरमा बजारिएका थिए । त्यसको भिडियो पनि सार्वजनिक भएको थियो । हात गलेपछि तल खसेको भिडियो देख्न सकिन्छ ।

Check Also

हत्याको कोणबाट पनि जाँच चुँडिएपछि ८० फिट तल खसेर महिलाको मृत्यु

FacebookPinterestTwitterLinkedinकाठकाडौं। साहसिक खेलकी सौखिन एक महिलाको बन्जीजम्पका क्रममा ज्यान गएको छ । यी महिलाले बन्जीजम्प …