दुईको मृ’त्यु आज साँझ ट्याक्टर दुर्घटना हुँदा

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शनिबार (आज) साँझ साढे ४ बजेको समयमा मेलौली नगरपालिका–९ को असुरपाबाट मेलौलीतर्फ आउदै गरेको सु.प.प्र. ०१००२ त ४५७७ नं को खाली ट्याक्टर दुर्घटना हुदा मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र सोही नाम गरेका सोही ठाँउका ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका २५ वर्षीय चालक अमृत चौधरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रशाद अधिकारीले जानकारी दिए ।

चालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर सडकबाट सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।