फ्लाइटबाट आउँथिइन्, चोरी गर्न वास्तविकता जानेर छक्क पर्नुहुनेछ !

अपराधी जतिसुकै बाठो, स्मार्ट, सुन्दर या चलाख हो तर एक दिन त प्रहरीको फन्दामा परिहाल्छ छ नै । यहाँ उल्लेखित तस्वीर हेर्नुहोस् ।

यी यस्ती शातिर चोरनी हुन् जसले मुम्बईका मल मालिकलाई परेशान गरेकी थिइन् ।

मुम्बई क्राइम ब्राञ्चले एक यस्ती शातिर महिला चोरनीलाई पक्राउ गरेको छ, जो बेङ्लोरदेखि मुम्बई चोरी गर्नकै लागि फ्लाइटबाट आउने गर्थिन् ।

चोरी गरिसकेपछि फ्लाइटबाटै फरार हुने गर्थिन् । यी महिलाले पछिल्लो १० वर्षदेखि भारतका ४ ठूला शहरमा दर्जनौं चोरी गरेकी छन् ।

सबैभन्दा विशेष कुरा त महिलाको निशानामा ठूला ठूला मल, शोरुम जहाँ धेरै भीड हुन्छ । त्यही सही तरिकाले महँगा सामान चोरी गरेर फरार हुन्थिन् ।

यी शातिर चोर महिलाको नाम हो अर्चना बरुवा अर्थात मुनमन । ४६ वर्षीय मुनमुन आफ्नी छोरीका साथ बेङलोरमा बस्दै आएकी छिन् ।

करिब १० वर्षदेखि भारतका ठूला शहरका शोरुम र ठूला मलमा चोरी गर्दै आएकी थिइन् ।

मुम्बई प्रहरीका अनुसार उनले तीन चोरी मुम्बई, पाँच बेङलोर, दुई हैदरावाद र एक चोरी कोलकातामा अञ्जाम दिएककी छन् । अहिलेसम्मको जाँचमा यस्तो तथ्य बाहिर आएको हो ।

जाँचका क्रममा अर्चनाले २०१९ मा मुम्बईको लोहर परेल इलाकामा रहेको फिनिक्स मलस्थित जाराको शोरुममा करिब २५ लाखको चोरी गरेको पाइएको छ ।

साथै यसै मलमा उनले २०१८ मा ७ लाख बराबरको चोरी तथा २०१८ मा दादर इलाकास्थित मलबाट करिब ६ लाख बराबरको महँगा सामान चोरी गरेर भागेकी थिइन् ।

मुनमुनको विवाह बाल्यकालमै भएको थियो । राम्रो श्वर भएका कारण उनी गाउन थालिन् । मानिस उनको सुरिलो आवाजको दिवाना नै भएका थिए ।

आर्केस्ट्रामा कामबाट राम्रो कमाई पनि गरिरहेकी थिइन् । तर, २०१३ मा आफ्ना पतिबाट मुनमुन छुटिइन् ।

यसपछि उनलाई पैसा अभाव भएको महशुस भयो र उनले चोरीलाई नै आफ्नो पेशा बनाइन् । मुम्बई प्रहरीले पछिल्लो एक वर्षदेखि मुनमुनको खोजतलास गरिहेको थियो ।

क्राइम ब्राञ्चको टिमले बेङलोरबाट खुफिया टिमको सहयोगले पक्राउ गरेको थियो ।

ब्राञ्चका प्रहरी निरीक्षक जगदीश साइलका अनुसार लामो समयदेखि ती महिलाको खोजी गरिएको थियो । उनीविरुद्ध कैयौं चोरीका उजुरी दर्ता भएका थिए ।

उनलाई जुन शहरमा चोरी गर्नुपथ्र्यो, त्यहाँ बिहान फ्लाइटबाट आउँथिइन् । चोरी गरीसकेपछि साँझ पुनः फ्लाइटबाटै फर्किने गर्थिन् । उनी चोरीपछि शहर पनि बदल्दै आएकी थिइन् ।

यसैकारण प्रहरीलाई उनीसम्म पुग्न १० वर्ष लाग्यो । उनी जब चोरीका लागि कतै जान्थिइन्, त्यहाँ पूरै सजिएर धनि मानिसजस्तै देखिने गर्थिन् ।

त्यसपछि शोरुममा रहेका कर्मचारीसँग घुममिल हुने र कैयौं मूल्यवान वस्तु देखाउन भन्थिन् । कर्मचारीको नजर जब अन्य ग्राहकमाथि हुन्थ्यो ।

त्यसबेला नै उनी महँगा वस्तु उठाउँथिन् । मल या शोरुममा राखिएका सीसीटिभी क्यामेरको नजरमा नआउने भरपूर कोशिस गर्थिन् ।

यसकारण उनी आफुनो अनुहार भुइँतिर राख्ने तथा कयौंपटक फोन कलमा व्यस्त हुन्थीइन् । ताकि क्यामेरामा अनुहार नदेखियोस भनेर । प्रहरीले यी महिलालाई पक्राउ गर्न निकै मिहेनत गरेको छ ।

प्रहरीले जानकारी जुटाउनका लागि मल र शोरुम आसपासमा गरिएका कैयौं कल डिटेल्स जाँच गरेको थियो । सबै तथ्यांक विश्लेषण गरियो ।

तस्वीरलाई सामाजिक सञ्जालमा खोजी गरियो । अलग अलग नामबाट नम्बर पाइए जो शंकाको घेरामा थिए । फेरि ती नम्बरलाई ट्रयाक गरेपछि बेङलोरको लोकेशन भेटियो ।

प्रहरीका अनुसार २००८ मा उनले पहिलो चोरी बेङलोरमै गरेकी थिइन् । त्यसपछि उनलाई चोरी गर्ने बानी नै बस्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *