गाडीले ठक्कर दिएर दुर्घटनामा मृ’त्यु भए भनिएका नेपाली जिवितै,दुबईमा

वैदेशिक रोजगारीमा गएका आफन्तको दुर्घटनामा मृ’त्यु भएको खबर सुनेर बाँके कोहलपुर ११ का गोविन्दको परिवारमा ठूलो बज्रपात पर्यो । दुवईमा रहेका ३८ वर्षका गोबिन्दप्रसाद शर्मालाई अरबी युवतीले चलाएको गाडीले ठक्कर दिएर मृ’त्यु भएको खबर शुक्रवार आएपछि उनको परिवार शोकमा थियो । दुर्घटना स्थलवाटै एक जना बंगाली ट्याक्सी चालकले परिवारका सदस्यलाई नेपालमा फोन गरेर गोबिन्दको मृ’त्यु भएको जानकारी दिएका थिए ।

दुवईमा आफन्त कोही नभएका कारण गोबिन्दलाई कहाँ र कसले लग्यो भन्ने समेत जानकारी नहुँदा परिवार निकै ठूलो चिन्तामा थियो । तर आइतवार आएको एउटा सुखद् खबरले भने परिवारमा केही खुसी छाएको छ । मृ’त्यु भएको भनिएका गोबिन्द घाइेत अवस्थामा उपचारार्थ अस्पतालमा रहेको जानकारी आएपछि परिवारमा खुसी छाएको छ । तर कसैले दिएको गलत र आधा सूचनाका कारण गोबिन्दको परिवारले २ दिन सम्म निकै तनाव मा बिताउनु परेको छ ।

दुवईको अस्पतालमा गोबिन्दलाई भेट्न गएका हर्क चन्द ठकुरीले घटनाको वास्तविकता खुलाएर सामाजिक सञ्जालमा फेसवुकमा स्टटास लेखेपछि गोबिन्दको अवस्थाको बारेमा वास्तविक जानकारी अथाहा पाएको हो । उनले नेपालवाट गोबिन्दको आफन्तले उनको मृ’त्यु भएको र अस्पतालमा श’व छ बुझ्न जानु भनेर खबर आएपछि आफु भेट्न जाँदा गोबिन्दलाई जिवितै फेला पारेको बताएका छन् ।
फेसवुकमा उनले लेखे मृ’त्यु भएको लास हस्पिटल राखिएको छ भनेर नेपाल देखि खबर सुनेर हामि हस्पिटल लास भेट्न जादा जिवित मान्छेलाई भेटेर आएको जानकारी गर्द्छु ।

जन्म घर सुर्खेत गुमि हाल बाँके कोहलपुर निवासी हाल युएई को रस अल खैमाह को खरान मा बस्दै आएका बर्ष ३८का गोबिन्द प्रसाद शर्मा हिजो मिति डिशेम्बर ११ तारिक शुक्रबार को बेलुकाको ६।३० बजे आफु बस्ने अगाडी खरान को रोड क्रस गर्ने क्रममा अरेबि केटिको गाडी देखि दुर्घटना भएर घाइते हुनु भएको रहेछ । घटनास्थलमा घाइतेको आफन्त र नेपाली कोहि नभएकोले पुलिसलाई जानकारी प्राप्त भएकोले पुलिस घटना स्थल पुगेर घाइते लाइ साकार हस्पिटल लगेर आईसियुमा भर्ना गरेको रहेछ ।

घटनास्थलको नजिक हुने बङाली ट्याक्सि ड्राइभरले नेपाल घाईतेको आफन्तलाई फोन गरि गोबिन्द प्रसाद शर्मा रोड एक्सिडेन्ट् परेर मृ’त्यु भैसकेको र ला’स सेफ हस्पिटल लगेको खबर पुर्‍याएको हालखबर बुझिदिनु भनेर मलाई फोन आयो । नेपालवाट आफन्त पर्ने दैलेख बजार निवासी दैलेख नेशनल इन्स्योरेन्स कम्पनी का एकाउन्टेन् मणि कुमार रिमाल दाजु ले मलाई बिहानै खबर गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *