आज मंसिर २८ गते आइतबारदेखि पौष ४ गतेसम्मको साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नातेदारको सहयोगमा पुरानो काम सुचारु हुनेछ । साझेदारी काममा झमेला आउनेछ । काममा ढिलासुस्तीले खर्च बढ्नेछ । काममा अपजस आउनेछ । स्वास्थ्यमा समस्या आउनाले काम अधुरो रहनेछ । साताको मध्यमा भने विदेशबाट फाइदा मिल्ने, धार्मिक यात्रा हुने एवम्प रोपकारको क्षेत्रमा प्रशंसा मिल्नेछ । साताको अन्त्यमा भने रोजगारीको अवसर मिल्ने, काममा प्रगति देखिने एवम् आफन्तले सहयोग गर्नेछन् । सरकारी काममा प्रगति हुनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यावसायिक व्यस्तता हुनेछ । वैवाहिक एवं पारिवारिक सुखसयल बढनेछ । । पारिवारिक भेटघाट हुने एवम् नयाँ रोजगारीमा प्रस्ताव आउनेछ । पारिवारिक प्रेममा प्रगति देखिन्छ । साताको मध्यमा भने स्वास्थ्यमा प्रतिकुलता आउने एवम् अचानक काम रोकिनेछ । काममा गडबडी हुनाले गालीगलौज मिल्न सक्नेछ । साताको अन्त्यमा भने विदेशबाट सुखद् समाचार आउने, काममा प्रगति देखिने एवम् भाग्यले साथ दिनेछ । पुराना काममबाट फाइदा आउन थाल्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

साथीभाइको साथमा यात्रामा अनावस्यक खर्च हुनेछ । खानपिन र साथीभाइसँगको काममा एवम् मनोरञ्जनमा बढी समय बित्नेछ । स्वास्थ्यमा भने सुधार आउने तथा ऋणको भार कम हुनेछ । मावली पक्षबाट फाइदा एवम पशु चौयायाबाट लाभ हुनेछ । अरुको सहयोग मिल्नाले अधुरा कामहरु बन्नेछन् । साझेदारी व्यवसायमा नयाँ योजना बन्नेछ । साताको अन्त्यमा भने अपजसको समस्या हुने, ठूलाबडाले साथ छोडिदिने एवम् मित्रबाट धोका हुनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

धनको लाभ हुनेछ । कृषिबाट आम्दामी हुनेछ । सन्तानको सहयोग मिल्नेछ । कला संगीत एवम् आध्यात्मिक क्षेत्रमा व्यस्तता बढ्नेछ। अध्ययनको क्षेत्र बलियो बन्नेछ । आम्दानीको स्तर बढ्नाले धनको सञ्चय बढ्नेछ । मुद्दा मामिलामा प्रगति एवम् विपक्षीको डर हटेर जानेछ । स्वास्थ्यमा सुधार आउने तथा नयाँ कामको थालनी हुनेछ । साताको अन्त्यमा भने पारिवारिक मेलमिलाप वैदेशिक यात्रा एवम् नाता सम्बन्ध नयाँ बन्ने अवसर मिल्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पद प्रतिष्ठाको कारणले मानसिक अशान्ति बढ्नेछ । महिला वर्गसँग सम्बन्ध बिग्रिनेछ । घरायसी समस्यामा परिनेछ । आफन्तमा कुरा नमिल्नाले पारिवारिक द्वन्द्व बढ्नेछ । मानसिक अशान्ति एवम् काममा रोकावट आउनाले योजना विफल हुनेछ । साताको मध्यमा भने आम्दानी बढ्नाले व्यापारमा सन्तुष्टि मिल्नेछ । अध्ययनमा रुचि जाने एवम् कला संगीतमा प्रगति हुनेछ । अन्त्यमा स्वास्थ्यलाभ मिल्ने यात्रामा खर्च बढीहुनेछ एवं खेलकुदमा रुचि बढ्ने तथा प्रतिस्पर्धामा जित हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

घर बाहिरको काममा नया जिम्मेवारी थपिनेछ । । उत्साह जागर बढ्नाले काम पुरा हुनेछ । छोटो यात्राको तय हुनेछ । साथीभाइको सहयोग मिल्नाले काम छिटो बन्नेछ । साताको मध्यमा भने काममा झमेला एवम स्वास्थ्यमा समस्या आउनेछ । महिला वर्गसँग दुश्मनी एवम् आफन्त तोडिनेछन् । साताको अन्त्यमा भने अध्ययनमा सफलता एवम् सन्तानबाट सुख एवम शान्तिको अनुभव मिल्नेछ । व्यापारमा सन्तुष्टि मिल्ने एवम् धनको कारोबार बढ्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बोलीवचनको प्रभाव राम्रो पर्नेछ । साथिभाइसँग भेटघाट बढ्नेछ । भोजन एवम् खानपिनमा रमाइलो मिल्नेछ । बोली बचनले प्रभाव पार्नेछ । कुटुम्बसँग नयाँ सम्बन्ध बढ्ने एवम् धनको कारोबारमा प्रगति हुनेछ । दाजुभाइले सहयोग गर्नेछन् एवम् जिम्मेवारी थपिनाले काममा बोझ बढ्नेछ । साताको अन्त्यमा भने शंकाले समस्या ल्याउने, पारिवारिक द्वन्द बढ्ने एवम् जग्गा जमिन एवम् सम्पतिमा कलह आउनेछ । नयाँ योजनामा धोका मिल्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

माया प्रेममा प्रगति हुनेछ । मित्रबाट धनको सहयोग हुनेछ । साथीभाइसँग घुमघाम हुनेछ । मनोरञ्जनमा खर्च हुने एवम् भ्रमणको अवसर आउनेछ । सानो यात्रा हुनेछ एवम् पारिवारिक सहयोग मिल्नेछ । सेमिनार, गोष्ठीमा सहभागिता मिल्ने एवम् नयाँ परिकारको स्वाद मिल्नेछ । धन सम्पत्तिमा सन्तुष्टि मिल्ने तथा काममा प्रगति हुनाले पुराना कामबाट फाइदा मिल्नेछ । साताको अन्त्यमा भने दाजुभाइको साथले पुरानो काममा सहजता मिल्नेछ । स्थान परिवर्तन हुने एवम् नयाँ कामको योजना बन्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापारिक काममा तनाव बढ्नेछ । यात्रामा झन्झट हुनेछ । काममा बढी लागत आउनेछ । खर्चमा बृद्धि हुनेछ । स्वास्थ्यले प्रतिकुलता देखाउनेछ । अनावश्यक विवाद बढ्ने एवम् धन सम्पति नोक्सानी हुनेछ । साताको मध्यमा भने परिवारको सुख मिल्ने, आफन्तमा मित्रता बढने एवम् नयाँ साथीसँग भेटघाट हुनेछ । साताको अन्त्यमा भने व्यापार व्यवसायमा लाभ एवम् साथीभाइको सहयोगले अधुरा काममा सफलता मिल्नेछ । कृषि काममा राहत एवम् धनआर्जन हुनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

जग्गा जमीनको कारोवार बढ्नेछ । आकस्मिक धन आउनेछ । मित्रको सहयोगले आर्थिक समस्या टर्नेछ । कृषि चौपायाबाट फाइदा हुनेछ । मातृपक्षबाट सहयोग एवम मावली पक्षबाट राहत मिल्नेछ । साताको मध्यमा भने सरसामान हराउन सक्ने एवम अनावश्यक खर्चले तनाव ल्याउनेछ । यात्रामा ढिलासुस्ती एवम बाधा अड्चन आउनेछ । साताको अन्त्यमा भने पारिवारिक प्रेम बढ्ने एवम प्रेमी प्रेमिकामा मेलमिलाप कायम रहनेछ । व्यवसायिक एवं साझेदरी काममा सन्तुष्टि मिल्नेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सुखसयलमा धनको व्यय हुनेछ । नोकरी रोजगारीमा अवसर मिल्नेछ । राजनितीमा जिम्मेवारी थपिनेछ । ठुलाबडाले साथ दिने एवम पद प्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीको स्तर बढ्नाले धनको सुख मिल्नेछ । पुरानो कार्यबाट अकश्मात लाभ हुने एवम सवारी सुखमा वृद्धि हुनेछ । कृषि चौपायाबाट फाइदा एवम व्यापारमा लाभ मिल्नेछ । धनसम्पत्तिको लाभ हुनेछ । साताको अन्त्यमा भने काममा झमेला आउने, नमिठो खबर मिल्ने एवम स्वास्थ्यमा समस्या देखिनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

राजनीतिमा अवसर आउनेछ । सामाजिक एवं परोपकारी काममा व्यस्तता बढ्नेछ । वैदेशिक काममा फाइदा मिल्नेछ । धर्मकर्ममा रुचि जाने एवम ठुलाबडाले आश्वासन दिनेछन् । काममा प्रगति देखिने एवम नयाँ योजनामा सहयोग मिल्नेछ । काममा प्रशंसा मिल्नाले सामाजिक प्रतिष्ठा बढ्नेछ । साताको अन्त्यमा भने धनको सहयोग मिल्नेछ । व्यापारमा सामान्या लाभ हुने एवम अन्न बालीबाट धन सञ्चय हुनेछ । माइती मावली एवं आफन्तको साथ सहयोग पाइनेछ।

तपाईको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *