देशभरका बालबालिकालाई यही ११ र १२ गते भिटामिन ए खुवाइने

काठमाडाैं । सरकारले यसवर्ष पहिलो चरण अन्तर्गत बालबालिकालाई भिटामिन–ए तथा जुकाको औषधि मंसिर ११ र १२ गते खुवाउने भएको छ । मंसिर ११ र १२ गते देशभर ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूलाई भिटामिन ए र १२ देखि ५९ महिनासम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाउने सरकारको तयारी छ ।

स्वास्थ्य मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन आवश्यक तयारी गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले भिटामिन ए क्याप्सुल खुवाउने समयमा यदि कुनै बच्चा वा स्याहारकर्तालाई ज्वरो आएको वा अन्य कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू देखिएको छ भने भिटामिन ए क्याप्सुल नखुवाउन आग्रह गरेको छ ।

ज्वरो निको भइसकेपछि मात्र नजिकको स्वास्थ्य संस्थाबाट भिटामिन ए क्याप्सुल खुवाउन मन्त्रालयको आग्रह छ । मन्त्रालयले कोरोना महामारीलाई ध्यानमा राखी ६० वर्ष नाघेका तथा गर्भवती, सुत्केरी महिला स्वास्थ्य स्वयंसेविकाको वैकल्पिक व्यवस्था गर्न सुझाएको छ । मंसिर ११ र १२ गते भिटामिन एसँगै ६ देखि २३ महिनाका बालबालिकालाई लक्षित गरी बालभिटा वितरण गर्न पनि मन्त्रालयले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *