सम्झना ह’त्या आरोपित प’क्राउ अस्पतालबाट भागेका

धनगढी : बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना विकको ब’लात्कारपछि ह’त्या गरेको आरोपमा प’क्राउ परेर पुर्पक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहरा फरार भए लगत्तै पुनः प’क्राउ परेका छन्।

कोरोना पुष्टि भएपछि आइसोलेसनमा रहेका उनी बिहीबार राति १२ बजे भागेका थिए। उनलाई शुक्रबार बिहान ७ बजे प’क्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए। पूर्वी चौकी गाउँपालिकास्थित शान्तिनगर जंगलमा लुकिरहेको अवस्थामा उनलाई प’क्राउ गरिएको सिहंले बताए। सिंहले भने, ‘अस्पतालको आइसोलेसनबाट बोहरा भागेका हुन्। तर, फेरि हामीले उनलाई प’क्राउ गरिसकेका छौँ।’

त्यस्तै, आइसोलेसनमा उनको निगरानीका लागि खटिएका तीनजना प्रहरीलाई पनि निलम्बन गरिएको उनले जानकारी दिए। अस्पतालमा खटिएका प्रहरीको लापरबाहीका कारण बोहरा फरार भएपछि प्रहरी सक्रियताकै कारण उनलाई समयमै प’क्राउ गरिएको प्रवक्ता सिहंले बताए। सम्झना विकको ह’त्या आरोपित अस्पतालबाट फरार १६ वर्ष भएका कारण बोहरालाई जिल्ला कारागारबाट बाल सुधार गृह डोटीमा राखिएको थियो। कोराना पुष्टि भएपछि बालसुधार गृहकै अस्पतालको आइसोलेनमा राखेको बेला उनी गएराति अस्पतालबाटै भागेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *