भब्य तयारीमा दोस्रो बिहे गर्दै नायिका स्वेता खड्का, बिहेको श्रीकृष्णलाई यसरी सम्झिन (भिडियो)

नायिका श्वेता खड्काले आफ्ना प्रेमी विजयेन्द्र सिंह रावतंग मंसिर २२ गते विवाह गर्ने भएकी छन् । केहि समयदेखि धनगढीका सिंहसंग नायिका खड्का प्रेम सम्बन्धमा रहेकी थिइन्।

बिहेका लागि नजिकका आफन्त र साथीभाइलाई निम्तो कार्ड समेत वाँडिएको छ । बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुने तय भएको छ। गत दशैंको दिनमा नायिका खड्का पहिला टिका नै विजयेन्द्रको परिवारसंग लगाउन चितवन आएकी थिइन् । त्यसपछि विजयेन्द्र र श्वेताको फोटो र सम्बन्ध सार्वजनिक भएको थियो।

धनगढी घर भएका विजयेन्द्र सिंह रावत चितवनमा आधुनिक झ्यालढोकाहरु निर्माण गर्ने भगत मेटलका संचालक हुन् । कहाँ भेटिएला’बाट डेब्यु गरेकी श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि साउन २५ गते भारतमा उपचारका क्रममा पति श्रीकृष्णको निधन भएको थियो।

पछिल्लो समय श्वेता कान्छी निर्माण गरिन् भने केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन्।

भिडियोमा हेर्नुस्