दिनको दुई पटकसम्म छिरेको ‘ट्रयाक रेकर्ड’ महिनैपिच्छे भारतीय दुतावास धाउँछन् बाबुराम

नेपाली राजनीतिमा प्रधानमन्त्री भइसकेका डा. बाबुराम भट्टराईलाई भारतपरस्त नेताको आरोप लाग्दै आएको छ । उनका सहयोद्धा पुष्पकमल दाहाललेसमेत पार्टीको औपचारिक दस्तावेजमै भारतपरस्त नेताको आरोप लगाएका थिए । उनलाई पूर्वमाओवादीभित्रमात्र होइन, अन्य दलहरूले समेत यस्तो आरोप लगाउँदै आएका छन् ।

भारतीय दुतावाससँग जोडिएर पछिल्लो चार महिनामा देखिएको भट्टराईको गतिविधीले पनि यस्तो आरोपलाई बल पुर्याएको छ । प्रधानमन्त्री भइसकेको नेता, प्रमुख दलको मुख्य नेता बारम्बार अनाधिकृत रुपमा भारतीय दुतावास प्रवेशको घटनाले डा. बाबुराम भट्टराईमाथि गम्भीर प्रश्न उठाएको हो ।

नेपालवाच डट कमले पूर्वप्रधानमन्त्री भट्टराईको चार महिनाको भारतीय दुतावास आवत–जावतको ट्रयाक रेकर्ड फेला पारेको छ । ट्रयाक रेकर्ड अनुसार दुतावाससँग उनको सम्वन्ध अस्वभाविक बाक्लो छ । भदौ ९ गतेदेखि मंसीर १३ गतेसम्म मात्र बाबुराम भट्टराई ५ पटक भारतीय दुतावास लैनचौर पुगेका छन् ।
यसमध्ये कार्तिक महिनामा भने उनको गतिविधि शुन्य छ । यस अवधिमा भट्टराई कोरोना संक्रमण भएर घरमा आराम गरिरहेका थिए ।

कुन दिन, कति बजे, कति समय बसे बाबुराम भारतीय दुतावास ?

पछिल्लो समय मंसीर ५ गते शुक्रबार भट्टराई बा १८ च २८९८ नम्बरको गाडी चढेर साँझ ६ बजे भारतीय दुतावास लैनचौर छिरेका थिए ।

उनी ४० मिनेट पश्चात अर्थात ६ – ४० बजे दुतावासबाट बाहिरिए । यस्तै भदौ ९ गते राती ८ बजे, भदौ १३ गते विहान ९ बजे, भदौ २१ गते राती ७ बजे पनि भट्टराई भारतीय दुतावास पुगेका थिए । ट्रयाक रेकर्ड अनुसार भट्टराई एकै दिन दुई पटकसम्म दुतावास गएका छन् ।

गत असोज २ गते उनी दुई पटक दुतावास छिरेका थिए । असोज २ गते विहान १० बजे बा १८ च २८९८ को गाडी प्रयोग गरेर भट्टराई दुतावास छिरेका थिए ।

उनी ११ बजेर १० मिनेट जाँदा दुतावासबाट बाहिरिए । त्यहीदिन फेरि उनी साँझ ७ बजेर १९ बजे दुतावास छिरे । र ५० मिनेट बसेर फर्किए ।

पूर्वप्रधानमन्त्री भट्टराईको दुतावास प्रवेशको ट्रयाक रेकर्ड यस्तो छ

भदौ ९ गते – मंगलबार
दुतावास प्रवेश समय : रातको ८ बजे
दुतावासबाट बाहिरिएको समय : ८ – ४० बजे ।
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा ८ च ७५८

भदौ १३ गते– शनिबार
दुतावास प्रवेश समय : विहान ९ बजे
दुतावासबाट बाहिरिएको समय : ९ – २५
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा ८ च ७५८ (सेतो स्कार्पिओ)

भदौ २१ गते – आइतबार
दुतावास प्रवेश समय : साँझ ७ बजे ।
दुतावासबाट बाहिरिएको समय : ८ – १० बजे ।
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा १८ च २८९८ (सेतो स्कार्पिओ)

असोज २ गते – शुक्रबार
दुतावास प्रवेश समय : विहान १० बजे
दुतावासबाट बाहिरिएको समय : विहान ११ – १० बजे ।
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा १८ च २८९८ (सेतो स्कार्पिओ)

त्यही दिन
दुतावास प्रवेश समय : साँझ ७ बजे ।
दुतावासबाट बाहिरिएको समय : साँझ ७ – ५० बजे ।
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा १८ च २८९८ (सेतो स्कार्पिओ)

मंसिर ५ गते – शुक्रबार
दुतावास प्रवेश समय : साँझ ६ बजे ।
दुतावासबाट बाहिरिएको समय : साँझ ६- ४० बजे ।
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा १८ च २८९८ (सेतो स्कार्पिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *