मोबाइल हेर्दै चिट चोरेको भिडियो भाइरल कक्षा १२ को परीक्षा (भिडियो)

जारी कक्षा १२ को परीक्षा दिने क्रममा अनियमितता भएको भिडियो भाइरल भएको छ । परीक्षा हलमा खिचिएको २६ सेकेन्डको सो भिडियोमा विद्यार्थीहरु मोबाइलको स्क्रीन हेर्दै उत्तर लेखिरहेका देखिएका छन् । परीक्षा हलमा निरीक्षक भने देखिँदैनन् ।

भिडियो खिच्ने विद्यार्थीले भनिरहेका छन्, ‘इग्जयाम भनेको यही हो है केटाहरु हो, सिर्जना मोबाइलमा, हाम्रो घिसिङ सर पनि मोबाइलमा, यतापनि मोबाइलमा हो, उतापनि मोबाइलमा हो सब केटाहरु, सर छैन । यही हो है केटाहरु इग्जाम भनेको यही हो । मेरो सकिसक्यो ।’

यो भिडियो कुन परीक्षा केन्द्रको हो भन्ने खुलिसकेको छैन भने केही विद्यार्थीहरुले मास्क लगाएका देखिएका छन् । यो भिडियो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा अहिले भाइरल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *