ढुंगा तथा सीसाको बोतल प्रदर्शनमा बर्दिबासमा लागेर सात प्रहरी घाइते

जनकपुरधाम– ६ वर्षीया बालिका गुलाब साहको ह’त्या भएको विरोधमा बर्दिबासमा जारी प्रदर्शनमा सातजना प्रहरी घाइते भएका छन्।

साहको हत्यापछि बर्दिवासमा जारी प्रदर्शनमा प्रदर्शनकारीले हानेको ढुंगा तथा सीसाको बोतल लागेर सातजना प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईले जानकारी दिए।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको उनले बताए। बालिका हत्या प्रकरणमा मंगलबार भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागि घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएपछि बर्दिवासमा लगाइएको निषेधाज्ञा तोडेर स्थानीयले गरेको प्रदर्शनमा सात प्रहरी घाइते भएका हुन्।

घाइतेमध्ये प्रहरी जवान अर्जुनप्रसाद बानियाँको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक चापागाईले बताए।

उनले भने, ‘घाइतेमध्ये सबैको अवस्था सामान्य हो तर एकजनाको अवस्था गम्भीर हो। प्रहरी जवान अजुर्नप्रसाद बानियाँका मुखमा बियरले लागेकोले मुखमा काटिएको छ।’

घाइतेहरुको उपचार बर्दिबासस्थित अस्पतालमा भइरहको उनले बताए। यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पीडित पक्षसँग वार्तामा सहमति भइसकेको अवस्थामा केही उच्छृङ्खल तत्वहरुले प्रदर्शनलाई जारी राखेको आरोप लगाए।

उनले भने, ‘वार्तामा उनीहरुको माग सम्बोधन गर्नका लागि पहल गर्ने सहति भइसकेको छ तैपनि केही उच्छृङ्खल तत्वले प्रदर्शन गरिरहेका छन्।’ निषेधाज्ञाको समयमा प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले प्रहरीलाई ढुंगा र खाली बियरका बोतलले प्रहार गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *