बलत्कार पछि ह’त्या ६ वर्षीया बालिकाको आरोपित युवकको घरमा स्थानीयले लगाइदिए आगो (भिडियो)

महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको श व फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको श व प्रहरीले सोमबार मध्यराति फे ला पारेको हो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक ह राएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

बालिकाको श व बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बो रामा खाँ देको अवस्थामा फे ला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बर्दिवास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको श व भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिनुभयो ।

बालिकाको नियोजित ह त्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको ह त्या गरेको स्वीकार गरेका प्रहरी नायब उपरीक्षक चापागार्इँले बताउनुभयो ।

घटना प्रकृति हेर्दा बालिकालाई ब ला त्कार गरेर ह त्या भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले भने श व परीक्षणपछि थप कुरा खुल्दै जाने जनाएको छ । श व परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको र घटनास्थललाई घेरा हा लेर प्रमाण सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक चापागार्इँको भनाइ छ ।

यसै बीच ह त्या आरोपमा समातिएका युवकको घरमा सथानीयले आगजनी गरेका छन् । अरुण कुमार साहको घरमा स्थानीयले घेरा हा लेर आ-गो लगाइदिएपछि अहिले ठूलो संख्यामा घ टनास्थलमा प्रहरी र स श स्त्र प्रहरी परिचालन गरिएको छ ।

साहको घरमा लागेको आ गो निभाउन दमकल आएको भएता पनि ठूलो संख्यामा घर अगाडी जम्मा भएका स्थानीय र बालिकाका आफन्तको अ वरोधका कारण दमकल घ’टनास्थलसम्म पुग्न सकिरहेको छैन ।

थप भिडियोमा हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *