कोरोना अपडेट

दमक/झापाको दमकमा शनिबार (आज) सम्ममा कोरोना संक्रमितको संख्या ८ सय ५५ पुगेको छ । केही दिन अघि नमुना संकलन गरि परिक्षणमा पठाइएकाहरुको प्राप्त पछिल्लो विवरण अनुसार ६ जना नयाँ संक्रमित थपिएसंगै दमकमा कूल संक्रमितको संख्या ८ सय ५५ पुगेको हो ।

ति मध्ये २७३ जना उपचारमा छन । दमकका कोही पनि हाल जटिल अवस्थामा नरहेका बताइएको छ ।

स्वास्थ्य शाखा स्रोतले भन्यो – अहिले दमकका कोही पनि संक्रमित आइसियू वा भेन्टिलेटरमा रहेका छैनन , यसो हुनु भनेको तत्काल संक्रमित सबैको स्वास्थ्य अवस्था खतरामुक्त छ भन्ने हो । नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार हाल सम्म दमकमा ५५३ जना कोरोना संक्रमणमुक्त भएका छन भने २९ जना मृतकमा कोरोना संक्रमण देखिएको छ ।
कोभिड उपचार केन्द्रमा ११ जना उपचाररत
यसैबीच दमकको बेलडाँगीस्थित नगरपालिकाद्धारा सञ्चालित कोभिड उपचार केन्द्रमा हाल ११ जना कोरोना संक्रमित उपचाररत छन । शनिबार दिउँसो सम्मको यो तथ्याङक हो । ३० बेड क्षमताको सो कोभिड उपचार केन्द्रमा बेड खाली रहेको अवस्थामा दमकबाहिरका संक्रमितलाई सेवा दिने गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सो उपचार केन्द्रमा उपचाररत एक जनाको मृत्यु भएको छ भने त्यहाँबाट विराटनगर रेफर गरिएका अर्का एक र त्यहाँ ल्याइँदै गरेका अर्का एकको गेटमा ल्याइ पुरयाउनासाथ मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *