Breaking News

सधै याद राख्नुहोस, जे हुन्छ राम्रोको लागि नै हुन्छ

१) सबै गलत कार्य मनबाट नै उत्पन्न हुन्छ, यदि मन नै परिवर्तन भयो भने के गलत कार्य रहन्छ र ?

२) जुन दिन मान्छेले अरुको मन संग खेल्न छोडीदिन्छ, त्यहीबेला बटा यो दुनियामा कुनै पनि सम्बन्ध अधुरो रहेने छैन ।

३) दुःख भोग्ने वाला अगाडि गएर खुशी हुन सक्छ, दुख दिने वाला कहिल्यै खुसी हुन सक्दैन ।

४) जो ठक्कर खाएर पनि लाग्दैन लड़दैन भने सम्झिनु कि भगवानले थामी राख्नु भएको छ !!!

५) मेहेनती र समझदार मान्छे कहिले पनि भिडको पछी लागेर भिडको हिस्सा बन्दैनन् बरु भिडलाई पछाडी छोडेर अगाडी बढ्ने गर्छन ।

६) सधै याद राख्नुहोस, जे हुन्छ राम्रोको लागि नै हुन्छ ।

७) कठिनाइहरु यसैले आउँदछन, ताकि तपाईं दुई कदम अझै अगाडि बढ्न सक्नुहोस ।

८) मान्छे हरेक कुरामा अब्बल हुदैन केहि कुरा उसले गल्ती बाट सिक्छ त केहि कुरा ज्ञान बाट ।

९) माफ गर्नुस बोल्न गारो हुने लाई म बारबार बोलाउदिन, बोलीको इज्जत नहुने ठाउमा बोल्नु भनेको आफ्नो इज्जत घटाउनु हो ।

१०) दिर्घायुको लागि खान आधा गर्नुहोस, पानी दुईगुना बढाउनुहोस, हास्न चारगुणा बढाउनुहोस र भगवानको ध्यान सय गुणा गर्नुहोस ।

११) यदि आज कमाई भन्दा धेरै मेहनत गर्नुहुन्छ भने, धेरै छिटै मेहनत भन्दा धेरै कमाई गर्नुहुनेछ ।

१२) जीवनमा जहिले पनि महान कार्यहरु तागतले होइन, निरन्तर प्रयासले सफल पार्ने गर्छ ।

१३) तमाशा अरु कसैले होइन बरु हामी आफै बनाउँछौ आफ्नो जिन्दगीको, हरेक कसैलाई आफ्नो कमजोरी बताएर ।

१४) बुझ्नु धेरै थियो जिन्दगीमा तर समय नै कम भइदियो त्यस मध्य तिमिलाइ बुझ्नमा ।

१५) जिन्दगी जिउन सजिलो छैन र बिना संघर्षको सफलता पनि सम्भव छैन, त्यसैले यो सत्यलाई सधै मनमा राख्नु कि हथौडाको चोट नपरेसम्म कुनै ढुंगा पनि देउता बन्दैन, त्यसैले संघर्षलाई आफ्नो जीवनमा अपनाउ ।

१६) अपमान कसैको नगर्नुहोस् महोदय, धमिलो पानी पिउन नसके पनि आगो निभाउन अवस्य काम लाग्छ ।

Check Also

विश्वकै यी अनौठी बच्ची, जसको औला ३१ वटा छन्

FacebookPinterestTwitterLinkedinकाठमाडौं । विश्वमा विभिन्न कारणले अनौठा बच्चाको जन्म भइरहेको हुन्छ । हामिले दुई ज्यान जोडिएका …